• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

गोठाटारमा मारिएका मोहम्मद: नक्कली भारुको कारोबार, काठमाडौंमा बलरामको हत्या र पाकिस्तानी एजेन्टलाई फोन

64x64
नारायण अधिकारी बुधबार, असोज ५, २०७९  १२:४८
1140x725

काठमाडौं– सर्लाहीका थापाजी भनिने लाल मोहम्मद दर्जी हत्याको कारण खोज्न १५ वर्षअघि (२०६४ असार २० गते) भएको बलराम पटुवाको हत्यासम्मको घटनासम्म पुग्नुपर्ने देखिएको छ। 

मोहम्मद हत्याको अनुसन्धानमा जुटेको प्रहरी टोलीले उनको विगतको पृष्ठभूमिदेखि बलराम हत्यासम्मको फाइल पल्टाएर अनुसन्धानलाई अघि बढाएको छ। अनुसन्धानका क्रममा नयाँ–नयाँ तथ्यहरु फेला पर्दै गएका छन्।

बलराम हत्या घटनामा पक्राउ परेका तथा हाल मारिएका मोहम्मदको त्यतिबेलाको बयान, प्रहरी अनुसन्धान रिपोर्ट, हत्यामा संलग्न अन्य व्यक्तिहरुको बयान, सबूद प्रमाणलगायतका आधारमा त्यतिबेलाको बलराम हत्यामा पनि अन्तरदेशीय अपराध जोडिएको देखिएको छ। 

हाल मारिएका मोहम्मद, मोहम्मदकै समूहबाट मारिएका बलराम थापा, उपेन्द्र चौधरी, मुन्ना खान, वाहिद, असरफ अली समेतका व्यक्ति मिलेर नक्कली भारुको कारोबार गर्दै आएका थिए।

यी व्यक्तिहरुका लागि नक्कली भारु नोट नेपालमै छपाइ नभएर बंगलादेश र पाकिस्तानबाट आउने गरेको थियो। नक्काली भारु नोट नेपाल आइसकेपछि त्यसको वितरण गर्ने मुख्य जिम्मा मोहम्मदको थियो।

मुन्ना खानको गुटमा बलराम पटुवा र उपेन्द्र चौधरी देखिन थाले। बलराम र उपेन्द्र मुन्नाप्रति झनै बफदार बने। यो कुरा मोहम्मदलाई मन परेको थिएन। अर्कै गुटबाट धन्दा चलाउन सुरु गरेको र आफूहरुविरुद्ध गतिविधि गर्न थालेपछि बलरामबाट मोहम्मद समूहले असुरक्षित महसुस गरेको थियो। अनि मोहम्मद समूहको टार्गेटमा परेका थिए बलराम। 

बलरामलाई मार्ने योजना बनाएर ५ लाख नक्कली भारु चाहिएको छ भन्दै २०६४ असार २० गते बानेश्वरस्थित रामप्रसाद शाहको पसलमा ल्याइदिन भनेर बोलाउने र बलरामलाई आजै मार्ने भन्दै मोहम्मदले फोनमार्फत् मुन्नालाई समेत जानकारी गराएका थिए। 

त्यसपछि मोहम्मद आफैं रामप्रसादको पसलमा गएर बलरामलाई भेटी मेलम्ची खानेपानीको अफिस अगाडि लगे। उक्त ठाउँमा पहिला नै वाहिद, मुन्ना र असरफ अली बसिसकेका थिए। ‘भारु आउन ढिलो भयो’ भन्दै मोटरसाइकलमा बलरामलाई धोविखोला किनारमा पुर्‍याएर ४ राउण्ड गोली हानी मोहम्मदको समूहले हत्या गरेको थियो। 

nimb
nimb
Ncell 2
Ncell 2

पाकिस्तानमा रहेको ‘बोस’ लाई जानकारी

हत्यापछि कुरो यत्तिमै सकिएन। बलराम हत्याको जानकारी पाकिस्तानमा रहेको ‘बोस’ लाई समेत गराएको बयान त्यतिबेला मोहम्मदले प्रहरीसमक्ष नै दिएका थिए। 

‘बलरामको हत्या गरेपश्चात् मैले पाकिस्तानमा बोसलाई फोन गरी हामीले बलरामलाई मार्‍यौं भनि जानकारी गराएको हुँ’, मोहम्मदले बयानमा भनेका थिए। 

मोहम्मदको बयानलाई मात्रै आधार मानेर पाकिस्तानको खुफिया एजेन्सी इन्टर सर्भिसेस इन्टेलिजेन्स (आईएसआई) सँग जोडेर मोहम्मदलाई हेर्दा पुष्टि हुने आधार कम हुन्थ्यो। तर, प्रहरी यतिमै रोकिएन। मोहम्मदको बयानबाट चकित भएको प्रहरीले थप अनुसन्धान गर्दा उक्त कुरा पुष्टि हुने आधार भेटायो। 

बलरामको हत्यापछि उनकै मोबाइल ९८०३४५४०७७ बाट मोहम्मदले राति ९ बजेर १८ मिनेटमा कान्तिपुर टेलिभिजनको ०१–४४६६३०० मा फोन समेत गरेको अनुसन्धानबाट पुष्टि भएको थियो। 

मोहम्मदले चलाउने गरेको ९८०३४५७६२७ को मोबाइलबाट पाकिस्तानको फोन नम्बर ००९२–३०६२८५९०५४ मा बलरामको हत्या गरिएपछि २०६३ असार २० गते राति ८ बजेर ३८ मिनेटदेखि ८ बजेर ४२ मिनेटसम्म गरी ४ मिनेट कुराकानी भएको कल स्टेटमेन्टबाट प्रहरीले पुष्टि गरेको थियो। 

पाकिस्तानी बोसलाई फोन गरेर बलरामको हत्याको जानकारी दिएको भन्ने मोहम्मदले बयानलाई कल स्टेटमेन्टले पुष्टि गरेपछि अनुसन्धानमा खटिएको प्रहरी टोली नै चकित भएको थियो। त्यतिबेला अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार पाकिस्तानी बोस भन्दै उनले आईएसआईका एजेन्टलाई फोन गरेर बलराम हत्याको जानकारी गराएका थिए। 

बलरामको हत्यामा संलग्न रहेको ठहर गर्दै जिल्ला अदालतले मोहम्मदलाई जन्म कैदको सजाय सुनाएको थियो। त्यसपछि उनी उच्च हुँदै सर्वोच्च पुगे पनि जिल्लाकै फैसला सदर भएको थियो। वरिष्ठ अधिवक्ता शम्भु थापादेखि देव मैनाली सम्मले मोहम्मद निर्दोष रहेको भन्दै बहस समेत गरेका थिए। 

जन्म कैदको सजाय तोकिएका उनै मोहम्मद २०७४ सालमा कैद माफी मिनाहा पाएर छुटेका थिए। जेलबाट छुटेको ५ वर्षपछि सोमबार साँझ काठमाडौंको गोठाटारमा उनको गोली हानी हत्या गरिएको छ। 

मोहम्मदको हत्याको कारण बलराम हत्याको अनुसन्धान गर्दा खुलेका तथ्यहरुसँग जोडेर अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ। नक्कली भारुको कारोबार गर्नु, पाकिस्तानी खुफिया एजेन्सी आईएसआई तथा पाकिस्तानकै संरक्षणमा रहेका अन्डरवर्ल्ड डन दाउद इब्राहिमको निकट भएर काम गर्नु र बलरामको हत्यापछि पाकिस्तानमा रहेका आईएसआईका एजेन्टलाई फोन गरेर हत्याको जानकारी गराउनुसम्मका गतिविधिले मोहम्मद भारतीय खुफिया एजेन्सी रिसर्च एण्ड एनालाईसिस विंङ (रअ) को टार्गेटमा परेको हुनसक्ने प्रहरीको विश्लेषण छ।

अर्कोतर्फ प्रहरीले भारतीय 'रअ' को हात रहेका भनिएका घटनासँग यो घटनाको प्रकृति पनि मिलेकाले 'रअ' सम्मको संलग्नता हुनसक्ने आकलन गरेको छ। पूर्वडीआईजी हेमन्त मल्ल पनि मुस्लिम अगुवा मारिएका यसअघिका हत्या र अहिलेको हत्या एकै प्रकृतिको देखिएकाले जोडेर हेर्नुपर्ने बताउँछन्। 

बा ६ च ५१५२ नम्बरको कारमार्फत् सोमबार साँझ पौन ७ बजेतिर गोठाटारमा रहेको आफ्नो गार्मेन्टको पसलमा आइपुगेका बेला रातो रङको सर्ट लगाएका व्यक्तिले मोहम्मदमाथि गोली प्रहार गर्न सुरु गरेको सीसीटीभी फुटेजमा देखिन्छ। सुटर उनलाई लडाएर छाती, कन्चट, टाउकोमा गरी ४ राउण्ड गोली प्रहार गरी फरार भएका थिए।

घटनामा संलग्नको पहिचान प्रहरीले अहिलेसम्म गर्न सकेको छैन। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी जनक भट्टराईको संयोजकत्वमा समिति गठन गरेर अनुसन्धान सुरु गरिएको छ। 

प्रकाशित मिति: बुधबार, असोज ५, २०७९  १२:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। बुधबार, भदौ १०, २०८३
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
साढे तीन क्वीन्टल बढी गाँजासहित तीन जना पक्राउ उदयपुर, कटारी नगरपालिका—४ मरूवा खोला नजिकबाट लागूऔषध गाँजा १९९ किलो ३२० ग्राम सहित कटारी नगरपालिका—४ कान्छी बजार बस्ने रूपन्देही घर... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
पुल बगाएपछि धादिङबेँसीमा पेट्रोल लिन सर्वसाधारणको भिड बुधबार, भदौ १०, २०८३
रसुवासहित ६ जिल्लालाई गर्‍यो संकटग्रस्त जिल्ला घोषणा, अरु के–के निर्णय भए? बुधबार, भदौ १०, २०८३
केरुङमा पनि पहिरो, उद्धारमा जुट्न सी जिनपिङको निर्देशन बुधबार, भदौ १०, २०८३
विदुरस्थित एक माध्यमिक विद्यालय बाढीले बगायो बुधबार, भदौ १०, २०८३
प्रतिनिधि सभा बैठक [लाइभ] बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्