• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २९, २०८३ Mon, Sep 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

गण्डकी प्रदेश: यस्ता छन् आगामी सरकारका सम्भावनाहरू!

64x64
रिखिराम जिसी सोमबार, मंसिर १२, २०७९  २०:२२
1140x725

काठमाडौं- गण्डकी प्रदेश अन्तर्गतका ३६ निर्वाचन क्षेत्रमध्ये ३४ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ। मतगणना बाँकी स्याङ्जाका दुई निर्वाचन क्षेत्रको नतिजा कहिले आउँछ भन्ने चाहिँ टुंगो छैन।

आइतबारसम्म सार्वजनिक भएका ३४ निर्वाचन क्षेत्रमध्ये कांग्रेसका उम्मेदवार सर्वाधिक १६ ठाउँमा निर्वाचित भएका छन्। त्यस्तै, एमाले १२, माओवादी केन्द्र ४, नेपाल समाजवादी पार्टी १ र स्वतन्त्र १ ठाउँमा निर्वाचित भइसकेका छन्।

प्रत्यक्षतर्फ मात्रै हेर्दा कांग्रेस सबैभन्दा ठूलो पार्टी देखिन्छ। तर, जारी समानुपातिक मत गणनामा एमालेले अग्रता लिइरहेको छ। आइतबार दिउँसम्म गणना भइसकेको  ९ लाख १८ हजार ९०३ मतमा भने एमाले अगाडि छ। उसले गणना भइसकेको मतको आधारमा ३७. ०६ प्रतिशत मत पाएको छ। त्यस्तै, कांग्रेसले ३४.५६ प्रतिशत, माओवादी केन्द्रले १२.५५ प्रतिशत र राप्रपाले ६.२१ प्रतिशत मत पाइसकेका छन्।

समानुपातिकतर्फ पनि अहिलेकै मत ट्रेन्ड कायम रहेमा कांग्रेसले ८-१० सिट पाउने आकलन गर्न सकिन्छ। त्यसो हुँदा प्रदेश सभामा २४-२६ सिट हुनेछ। यस्तै गरी, एमालेको २२-२४, माओवादी केन्द्रको ७-८ र राप्रपाको २-३ सिट हुनसक्नेछ।

समानुपातिकतर्फको मत गणना जारी भएकाले अन्तिममा केही सिट तलमाथि पर्ने सम्भावना छ। तर मूलभूत रुपमा पहिलो दल कांग्रेस, निकटम अन्तरमा रहेर दोस्रो दल एमाले र तेस्रो दल माओवादी केन्द्र हुने देखिन्छ। तर मत गणना बाँकी रहेको स्याङ्जामा एमालेले जित निकालेमा कांग्रेसकै हाराहारी र कांग्रेसले जितेमा ऊ केही ठूलो हुनसक्छ।

६० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि कम्तिमा ३१ सिट चाहिन्छ। तेस्रो दल माओवादी केन्द्रको साथ लिएर कांग्रेस वा एमालेले सरकारको नेतृत्व गर्न सक्ने सहज सम्भावना छ। एमालेलाई भने थप अन्य दलको साथ लिनुपर्ने हुनसक्छ।

संघीय सरकारमा अहिले कायम रहेको गठबन्धन अब पनि निरन्तर रहेमा गण्डकी प्रदेशमा कांग्रेस-माओवादी केन्द्रको सरकार बन्ने सम्भावना उच्च छ। अझै, नेपाल समाजवादी पार्टी र स्वतन्त्र सांसद राजीव गुरुङ पनि यही गठबन्धनमा जोडिने सम्भावना छ।

को बन्ला मुख्यमन्त्री?
सत्ता गठबन्धनमा रहेकामध्ये माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी जस्ता दलहरु गण्डकी प्रदेशमा साह्रै कमजोर छन्। एकीकृत समाजवादीको त संसद्‌मा प्रतिनिधित्व पनि नहुने स्पष्ट जस्तै छ। त्यसैले अहिलेकै गठबन्धन कायम रहेको स्थितिमा कांग्रेसले नै मुख्यमन्त्री पाउने निश्चितप्रायः छ।

Ncell 2
Ncell 2
nimb
nimb

कांग्रेसबाट अहिले मुख्यमन्त्रीका रुपमा तीन नेताको चर्चा छ – सुरेन्द्रराज पाण्डे, बिन्दुबहादुर थापा र शुक्रराज शर्मा। पाण्डे गोरखा २ (ख) र थापा कास्की २ (ख)बाट निर्वाचित भइसकेका छन्। शर्मा समानुपातिक सूचीमा छन्।

पाण्डेलाई निर्वाचनताका नै मुख्यमन्त्रीका रुपमा चर्चामा गरिएको थियो। खासगरी नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले आफ्नो भाषणका क्रममा उनलाई मुख्यमन्त्रीको रुपमा प्रस्तुत गर्ने गरेका थिए। थापा गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री हुन्। शर्मा कांग्रेसको गण्डकी प्रदेशका सभापति हुन्।

तर उनी समानुपातिक सूचीमा छन्। उनको नाम खस आर्य सूचीको पुरुषतर्फ पहिलो नम्बरमा छ। उनी सांसद बन्ने सम्भावना उच्च छ।

उल्लेखित सबै नेताहरुले आकांक्षा देखाएको स्थितिमा संसदीय दलको नेताका लागि प्रतिस्पर्धा हुनसक्नेछ। एमालेबाट सरकारको नेतृत्व हुने स्थिति बनेका खगराज अधिकारी नै बन्ने लगभग निश्चित छ। संघीय पनि भइसकेका उनी यसपटक प्रदेश सरकारको नेतृत्व गर्ने आकांक्षा राखेरै प्रदेश सभामा उम्मेदवार बनेका थिए। उनी कास्की- १ (क)बाट निर्वाचित भइसकेका छन्।

याे पनि पढ्नुहाेस् ।

सुदूरपश्चिम प्रदेशबाट मुख्यमन्त्री को?

लुम्बिनी प्रदेशमा ठूलो दल एमाले,  सरकार बनाउन नागरिक उन्मुक्ति र स्वतन्त्र निर्णायक

बागमती प्रदेशमा सत्ता-गठबन्धनलाई बहुमत पुग्ने निश्चित, मुख्यमन्त्री को?

कर्णाली मतपरिणाम : प्रत्यक्षमा शून्य बनेको एमाले समानुपातिकमा पहिलो

मधेस प्रदेशमा सरकार बनाउने जोड-घटाउ: स्वतन्त्र सांसद नै निर्णायक

प्रदेश- १ मा ठूलो दल बनेको एमालेले सरकार बनाउने सम्भावना कति ?

प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९  २०:२२
  • #चुनाव_२०७९
  • #प्रदेश सरकार

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रिखिराम जिसी
लेखकबाट थप
यसरी भएको थियो विमान दुर्घटना
फेवाताल क्षेत्र: अतिक्रमण बढी संरक्षण कम
अवैध संरचना हटाउँदै पोखरा महानगर
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
ईशानले ३ महिने ‘नेपाल ई–स्पोर्ट्स लिग’ गर्ने सोमबार, भदौ २९, २०८३
भोटेकोशी बाढीमा अहिलेसम्म १ हजार ३९० जनाको शव फेला सोमबार, भदौ २९, २०८३
२०२८ मा जेडी भान्सलाई समर्थन गर्नेबारे ट्रम्प भन्छन्, ‘अहिले कुनै निर्णय भएको छैन’ सोमबार, भदौ २९, २०८३
आगामी निर्वाचनमा रास्वपाले व्यक्ति विशेषभन्दा सोच र क्षमता भएको उम्मेदवार चयन गर्छ : बलायर सोमबार, भदौ २९, २०८३
काठमाडौंको बन्द कोठामा बसेर पाठ्यक्रम निर्माण गर्ने अभ्यास अन्त्य गर्नुपर्छ : शिक्षामन्त्री सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा आइतबार, भदौ २८, २०८३
रविको जन्मदिनमा बालेनको शुभकामना देखिएन, बढ्दो दूरीको संकेत हो? आइतबार, भदौ २८, २०८३
देउवा पक्षका नेताका लागि कांग्रेसमा फर्किने बाटो खुल्यो, महाधिवेशन आयोजक बन्न आह्वान आइतबार, भदौ २८, २०८३
ढोगेको तस्बिर सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले लेखे– ‘राष्ट्रपति कार्यालयमा पुग्दा शरीरमा रगतले लतपतिएको ज्याकेट थियो’ आइतबार, भदौ २८, २०८३
कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङको राजीनामा स्वीकृत आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्