• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २९, २०८३ Mon, Sep 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

प्रदेश- १ मा ठूलो दल बनेको एमालेले सरकार बनाउने सम्भावना कति ?

64x64
ईश्वर बराल सोमबार, मंसिर १२, २०७९  १८:५०
1140x725

काठमाडौं- मत परिणाम आउने क्रम अन्तिम चरणमा पुग्दा प्रदेश- १ मा सरकार गठनको चर्चा सुरु भएको छ। यो प्रदेशमा नेकपा एमाले पहिलो पार्टी बनेको छ। उसले प्रत्यक्षतर्फ २४ सिट जितिसकेको छ भने १ सिटमा अग्रता लिएको छ।

१५ स्थानमा जित र ३ मा अग्रता लिँदै नेपाली कांग्रेस प्रदेश- १ को दोस्रो ठूलो दल बनेको छ भने ९ क्षेत्रमा जित निकालेको माओवादी केन्द्र तेस्रो पार्टी बनेको छ। यस्तै, २ क्षेत्रमा जित र १ क्षेत्रमा अग्रतासहित एकीकृत समाजवादी चौथो र २ क्षेत्रमा जित निकालेको राप्रपा पाँचौं स्थानमा छ। 

प्रदेश सभामा कुल ९३ सांसदमध्ये ५६ सांसद प्रत्यक्षतर्फ निर्वाचित हुने र ३७ सांसद समानुपातिक प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ। 

मंसिर ४ मा सम्पन्न प्रदेश सभा निर्वाचनमा कुल ५६ मध्ये आइतबार साँझसम्म ५१ क्षेत्रको नतिजा आइसकेको छ भने ५ स्थानको अन्तिम नतिजा आउन बाँकी छ। 

समानुपातिकमा कुन दललाई कति मत?
सोमबार मध्याह्नसम्मको मतगणना अनुसार प्रदेश- १ मा नेकपा एमाले ५ लाख ७६ हजार ३३९ मत सहित पहिलो, ४ लाख ८६ हजार ३९८ मत सहित कांग्रेस दोस्रो, १ लाख ७७ हजार ३०९ मत सहित राप्रपा तेस्रो, १ लाख ६२ हजार २१५ मत सहित माओवादी केन्द्र चौथो, ५४ हजार १ सय सहित जसपा पाँचौं र ५० हजार २९० सहित एकीकृत समाजवादी छैटौं स्थानमा छन्। 

उक्त मतलाई विश्लेषण गर्ने हो भने एमालेले समानुपातिकतर्फ कुल ३७ सांसद मध्ये १२ देखि १४ पाउने देखिन्छ। प्रत्यक्षतर्फ प्राप्त सिटसहित एमाले ४० वरिपरिको सांसद संख्या सहित ठूलो पार्टी बन्ने देखिन्छ।

समानुपातिकमा कांग्रेसले ८ देखि १० सिट, माअ‍ोवादी केन्द्र र राप्रपाले समान ४-४ सिट पाउने देखिन्छ भने जसपाले २ र एकीकृत समाजवादीले १ सिट पाउन सक्छन्। 

समग्र प्रणालीबाट प्राप्त सिट संख्यालाई योग गर्ने हो भने प्रदेश सभामा कांग्रेसका २७ सांसद, माओवादीका १४ सांसद, राप्रपाको ६ सांसद, एकीकृत समाजवादीका ४ देखि ५ र जसपाका २ सांसद हुन सक्ने आंकलन गर्न सकिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

कुन पार्टीको सरकार बन्ला?
उल्लेखित सांसद संख्यालाई हेर्ने हो भने प्रदेश- १ मा गठबन्धन सरकार बन्नेछ। तर मंसिर ४ मा सम्पन्न निर्वाचनमा बनेको वर्तमान सत्ता-गठबन्धलाई ४७ सांसद सहितको आवश्यक बहुमत पुर्याउन निकै कठिन देखिन्छ।

यता, एमाले नेतृत्वमा राप्रपा र जसपा गठबन्धन कायम रहेमा भने झिनो बहुमत भने पुग्ने देखिन्छ। यसकारण प्रदेश- १ मा एमाले नेतृत्वमा सरकार गठन हुने सम्भावना देखिन्छ।

को बन्ला मुख्यमन्त्री?
यो प्रदेशमा वर्तमान सत्ता-गठबन्धनबाटै सरकार बन्ने अवस्था आए एकीकृत समाजवादीले दावी गरेमा वर्तमान मुख्यमन्त्री तथा भोजपुर १(क) बाट निर्वाचित सांसद राजेन्द्रकुमार राई मुख्यमन्त्री हुन सक्छन्। तर यो झिनो सम्भावना छ। 

त्यस्तै माओवादी केन्द्रले दावी गरेमा यो प्रदेशका वर्तमान मन्त्री तथा पाँचथर १(ख) बाट निर्वाचित ईन्द्रबहादुर आङ्वोको सम्भावना रहन्छ। यस्तै, मोरङ ६(१) बाट निर्वाचित जीवन आचार्यलाई पनि माओवादी केन्द्रले अघि बढाउन सक्छ। आचार्यको माओवादी नेतृत्वसँगको पारिवारिक सम्बन्धले काम गर्न सक्छ। तर यो पनि त्यत्तिकै झिनो सम्भावना हो।

यो प्रदेशमा वर्तमान सत्ता-गठबन्धनबाट कांग्रेसले नै प्रबल रुपमा मुख्यमन्त्रीमा दावी गर्न सक्छ। त्यस्तो अवस्था आए पार्टी केन्द्रीय सदस्य तथा मोरङ ५(ख) बाट निर्वाचित सांसद अमृतकुमार अर्याल मुख्यमन्त्री बन्ने सम्भावना छ। 

त्यसो त मोरङ ४(ख) बाट निर्वाचित भीम पराजुली पनि मुख्यमन्त्री दावी गर्न सक्छन्। पार्टीको केन्द्रीय सदस्य समेत रहेका पराजुली विराटनगर महानगरपालिकाका पूर्व मेयर हुन्। पराजुली मुख्यमन्त्री दावी गर्दै निर्वाचनमा होमिएका थिए। 

यस्तै, कांग्रेस प्रदेश- १ का सभापति उद्धव थापा पनि मुख्यमन्त्रीको ‘रेस’ मा छन्। यद्यपि, थापा समानुपातिक सूचीमा छन्। 

यता, नेकपा एमालेबाट मुख्यमन्त्री बन्ने अवस्था आए सुनसरी २(क) बाट निर्वाचित रेवतीरमण भण्डारी, झापा ५(क) बाट निर्वाचित पार्टी स्थायी कमिटी सदस्य हिक्मतकुमार कार्की, ताप्लेजुङ (क) बाट निर्वाचित पोलिटब्यूरो सदस्य तिलकुमार म्यानेङ्वो मुख्यमन्त्री बन्ने सम्भावना देखिन्छ। प्रतिनिधि सभाको लागि अन्तिम अवस्थासम्म दावी गरेका उनले पार्टी सचिव योगेशकुमार भट्टराईलाई छोडेर प्रदेशको मुख्यमन्त्री बन्ने आश्वासनमा प्रदेशमा प्रतिस्पर्धा गरेका हुन्। तर अध्यक्ष ओलीले आफ्नै क्षेत्रका कार्कीलाई अघि बढाउने आवश्यकता ठान्न सक्छन्। 

त्यसो त,  समानुपातिकबाट दलहरुले पठाउने सांसदहरु र आसन्न राजनीतिक समीकरणले पनि मुख्यमन्त्रीमा उल्लेखित अनुहार बाहेक नयाँ अनुहार पनि आउन सक्ने सम्भावना भने जीवितै छ। 

याे पनि

सुदूरपश्चिम प्रदेशबाट मुख्यमन्त्री को?

लुम्बिनी प्रदेशमा ठूलो दल एमाले,  सरकार बनाउन नागरिक उन्मुक्ति र स्वतन्त्र निर्णायक

बागमती प्रदेशमा सत्ता-गठबन्धनलाई बहुमत पुग्ने निश्चित, मुख्यमन्त्री को?

कर्णाली मतपरिणाम : प्रत्यक्षमा शून्य बनेको एमाले समानुपातिकमा पहिलो

मधेस प्रदेशमा सरकार बनाउने जोड-घटाउ: स्वतन्त्र सांसद नै निर्णायक

गण्डकी प्रदेश: यस्ता छन् आगामी सरकारका सम्भावनाहरू!

प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९  १८:५०
  • #चुनाव_२०७९
  • #प्रदेश सरकार

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेनको छलफल सोमबार, भदौ २९, २०८३
जलबायू न्यायका लागि सोमबार, भदौ २९, २०८३
ईशानले ३ महिने ‘नेपाल ई–स्पोर्ट्स लिग’ गर्ने सोमबार, भदौ २९, २०८३
भोटेकोशी बाढीमा अहिलेसम्म १ हजार ३९० जनाको शव फेला सोमबार, भदौ २९, २०८३
२०२८ मा जेडी भान्सलाई समर्थन गर्नेबारे ट्रम्प भन्छन्, ‘अहिले कुनै निर्णय भएको छैन’ सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा आइतबार, भदौ २८, २०८३
रविको जन्मदिनमा बालेनको शुभकामना देखिएन, बढ्दो दूरीको संकेत हो? आइतबार, भदौ २८, २०८३
देउवा पक्षका नेताका लागि कांग्रेसमा फर्किने बाटो खुल्यो, महाधिवेशन आयोजक बन्न आह्वान आइतबार, भदौ २८, २०८३
ढोगेको तस्बिर सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले लेखे– ‘राष्ट्रपति कार्यालयमा पुग्दा शरीरमा रगतले लतपतिएको ज्याकेट थियो’ आइतबार, भदौ २८, २०८३
खोलाको अधिकारमा सर्वोच्चको पहिलो व्याख्या : ‘जीवित व्यक्तित्व’को मान्यता सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जलबायू न्यायका लागि प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्