• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

प्रदेश- १ मा ठूलो दल बनेको एमालेले सरकार बनाउने सम्भावना कति ?

64x64
ईश्वर बराल सोमबार, मंसिर १२, २०७९  १८:५०
1140x725

काठमाडौं- मत परिणाम आउने क्रम अन्तिम चरणमा पुग्दा प्रदेश- १ मा सरकार गठनको चर्चा सुरु भएको छ। यो प्रदेशमा नेकपा एमाले पहिलो पार्टी बनेको छ। उसले प्रत्यक्षतर्फ २४ सिट जितिसकेको छ भने १ सिटमा अग्रता लिएको छ।

१५ स्थानमा जित र ३ मा अग्रता लिँदै नेपाली कांग्रेस प्रदेश- १ को दोस्रो ठूलो दल बनेको छ भने ९ क्षेत्रमा जित निकालेको माओवादी केन्द्र तेस्रो पार्टी बनेको छ। यस्तै, २ क्षेत्रमा जित र १ क्षेत्रमा अग्रतासहित एकीकृत समाजवादी चौथो र २ क्षेत्रमा जित निकालेको राप्रपा पाँचौं स्थानमा छ। 

प्रदेश सभामा कुल ९३ सांसदमध्ये ५६ सांसद प्रत्यक्षतर्फ निर्वाचित हुने र ३७ सांसद समानुपातिक प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ। 

मंसिर ४ मा सम्पन्न प्रदेश सभा निर्वाचनमा कुल ५६ मध्ये आइतबार साँझसम्म ५१ क्षेत्रको नतिजा आइसकेको छ भने ५ स्थानको अन्तिम नतिजा आउन बाँकी छ। 

समानुपातिकमा कुन दललाई कति मत?
सोमबार मध्याह्नसम्मको मतगणना अनुसार प्रदेश- १ मा नेकपा एमाले ५ लाख ७६ हजार ३३९ मत सहित पहिलो, ४ लाख ८६ हजार ३९८ मत सहित कांग्रेस दोस्रो, १ लाख ७७ हजार ३०९ मत सहित राप्रपा तेस्रो, १ लाख ६२ हजार २१५ मत सहित माओवादी केन्द्र चौथो, ५४ हजार १ सय सहित जसपा पाँचौं र ५० हजार २९० सहित एकीकृत समाजवादी छैटौं स्थानमा छन्। 

उक्त मतलाई विश्लेषण गर्ने हो भने एमालेले समानुपातिकतर्फ कुल ३७ सांसद मध्ये १२ देखि १४ पाउने देखिन्छ। प्रत्यक्षतर्फ प्राप्त सिटसहित एमाले ४० वरिपरिको सांसद संख्या सहित ठूलो पार्टी बन्ने देखिन्छ।

समानुपातिकमा कांग्रेसले ८ देखि १० सिट, माअ‍ोवादी केन्द्र र राप्रपाले समान ४-४ सिट पाउने देखिन्छ भने जसपाले २ र एकीकृत समाजवादीले १ सिट पाउन सक्छन्। 

समग्र प्रणालीबाट प्राप्त सिट संख्यालाई योग गर्ने हो भने प्रदेश सभामा कांग्रेसका २७ सांसद, माओवादीका १४ सांसद, राप्रपाको ६ सांसद, एकीकृत समाजवादीका ४ देखि ५ र जसपाका २ सांसद हुन सक्ने आंकलन गर्न सकिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

कुन पार्टीको सरकार बन्ला?
उल्लेखित सांसद संख्यालाई हेर्ने हो भने प्रदेश- १ मा गठबन्धन सरकार बन्नेछ। तर मंसिर ४ मा सम्पन्न निर्वाचनमा बनेको वर्तमान सत्ता-गठबन्धलाई ४७ सांसद सहितको आवश्यक बहुमत पुर्याउन निकै कठिन देखिन्छ।

यता, एमाले नेतृत्वमा राप्रपा र जसपा गठबन्धन कायम रहेमा भने झिनो बहुमत भने पुग्ने देखिन्छ। यसकारण प्रदेश- १ मा एमाले नेतृत्वमा सरकार गठन हुने सम्भावना देखिन्छ।

को बन्ला मुख्यमन्त्री?
यो प्रदेशमा वर्तमान सत्ता-गठबन्धनबाटै सरकार बन्ने अवस्था आए एकीकृत समाजवादीले दावी गरेमा वर्तमान मुख्यमन्त्री तथा भोजपुर १(क) बाट निर्वाचित सांसद राजेन्द्रकुमार राई मुख्यमन्त्री हुन सक्छन्। तर यो झिनो सम्भावना छ। 

त्यस्तै माओवादी केन्द्रले दावी गरेमा यो प्रदेशका वर्तमान मन्त्री तथा पाँचथर १(ख) बाट निर्वाचित ईन्द्रबहादुर आङ्वोको सम्भावना रहन्छ। यस्तै, मोरङ ६(१) बाट निर्वाचित जीवन आचार्यलाई पनि माओवादी केन्द्रले अघि बढाउन सक्छ। आचार्यको माओवादी नेतृत्वसँगको पारिवारिक सम्बन्धले काम गर्न सक्छ। तर यो पनि त्यत्तिकै झिनो सम्भावना हो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यो प्रदेशमा वर्तमान सत्ता-गठबन्धनबाट कांग्रेसले नै प्रबल रुपमा मुख्यमन्त्रीमा दावी गर्न सक्छ। त्यस्तो अवस्था आए पार्टी केन्द्रीय सदस्य तथा मोरङ ५(ख) बाट निर्वाचित सांसद अमृतकुमार अर्याल मुख्यमन्त्री बन्ने सम्भावना छ। 

त्यसो त मोरङ ४(ख) बाट निर्वाचित भीम पराजुली पनि मुख्यमन्त्री दावी गर्न सक्छन्। पार्टीको केन्द्रीय सदस्य समेत रहेका पराजुली विराटनगर महानगरपालिकाका पूर्व मेयर हुन्। पराजुली मुख्यमन्त्री दावी गर्दै निर्वाचनमा होमिएका थिए। 

यस्तै, कांग्रेस प्रदेश- १ का सभापति उद्धव थापा पनि मुख्यमन्त्रीको ‘रेस’ मा छन्। यद्यपि, थापा समानुपातिक सूचीमा छन्। 

यता, नेकपा एमालेबाट मुख्यमन्त्री बन्ने अवस्था आए सुनसरी २(क) बाट निर्वाचित रेवतीरमण भण्डारी, झापा ५(क) बाट निर्वाचित पार्टी स्थायी कमिटी सदस्य हिक्मतकुमार कार्की, ताप्लेजुङ (क) बाट निर्वाचित पोलिटब्यूरो सदस्य तिलकुमार म्यानेङ्वो मुख्यमन्त्री बन्ने सम्भावना देखिन्छ। प्रतिनिधि सभाको लागि अन्तिम अवस्थासम्म दावी गरेका उनले पार्टी सचिव योगेशकुमार भट्टराईलाई छोडेर प्रदेशको मुख्यमन्त्री बन्ने आश्वासनमा प्रदेशमा प्रतिस्पर्धा गरेका हुन्। तर अध्यक्ष ओलीले आफ्नै क्षेत्रका कार्कीलाई अघि बढाउने आवश्यकता ठान्न सक्छन्। 

त्यसो त,  समानुपातिकबाट दलहरुले पठाउने सांसदहरु र आसन्न राजनीतिक समीकरणले पनि मुख्यमन्त्रीमा उल्लेखित अनुहार बाहेक नयाँ अनुहार पनि आउन सक्ने सम्भावना भने जीवितै छ। 

याे पनि

सुदूरपश्चिम प्रदेशबाट मुख्यमन्त्री को?

लुम्बिनी प्रदेशमा ठूलो दल एमाले,  सरकार बनाउन नागरिक उन्मुक्ति र स्वतन्त्र निर्णायक

बागमती प्रदेशमा सत्ता-गठबन्धनलाई बहुमत पुग्ने निश्चित, मुख्यमन्त्री को?

कर्णाली मतपरिणाम : प्रत्यक्षमा शून्य बनेको एमाले समानुपातिकमा पहिलो

मधेस प्रदेशमा सरकार बनाउने जोड-घटाउ: स्वतन्त्र सांसद नै निर्णायक

गण्डकी प्रदेश: यस्ता छन् आगामी सरकारका सम्भावनाहरू!

प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९  १८:५०
  • #चुनाव_२०७९
  • #प्रदेश सरकार

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
रोहित, दीपेन्द्र र देवको अर्धशतकमा ओमानमाथि नेपालको रोमाञ्चक जित सोमबार, कात्तिक २, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते सोमबार, कात्तिक २, २०८३
‎सप्तरीका दुई शक्तिपीठमा नेपाली सेनाले पुष्पवृष्टि गर्ने सोमबार, कात्तिक २, २०८३
काठमाडौँ उपत्यकामा सशस्त्र प्रहरीद्वारा नि:शुल्क बस सेवा सञ्चालन सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्