• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ४, २०८३ Thu, Aug 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

सुदूरपश्चिम प्रदेशबाट मुख्यमन्त्री को? 

64x64
भूपेन्द्र शाह ठकुरी सोमबार, मंसिर १२, २०७९  १०:२२
1140x725

काठमाडौं– गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम मतपरिणाम आउनेक्रम जारी छ। हालसम्म १ सय ५६ स्थानको मत परिणाम सार्वजनिक भइसकेको छ। 

बाजुरा, दोलखा र स्याङ्जामा मत गणना अझै हुन सकिरहेको छैन। मतणना सम्पन्न नहुँदै मुख्यमन्त्रीहरूको चर्चा समेत भइरहेको छ। 

सुदूरपश्चिम प्रदेशका ९ जिल्लामध्ये बाजुरा दुई स्थान बाहेक प्रत्यक्षतर्फका ३२ वटा निर्वाचन क्षेत्रमध्ये कांग्रेसका ११, माओवादीका ८, नागरिक उन्मुक्ति पार्टीका ५, एकीकृत समाजवादीका २, एमालेका ३ स्वतन्त्र उम्मेदवारका १ निर्वाचित भएका छन । 

को कहाँबाट निर्वाचित भए? 
बझाङ क्षेत्र नम्बर १(१)बाट नेपाली कांग्रेसका पृथ्वी बहादुर सिंह विजयी भएका छन्। सिंहले प्रतिद्वन्द्वी एमालेका अफिलाल उखेडालाई पराजित गरेर जित हासिल गरेका हुन्। 

सिंहले १७ हजार १ सय १२ मत ल्याउँदा उखेडाले १३ हजार ३ सय ३६ मत ल्याएर पराजित भए। त्यसैगरी सो क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका ४ सय २६ र राप्रपाका हरिलाल भट्टराई भट्टराईले ४ सय ४ मत प्राप्त गरेका थिए। 

त्यस्तै बझाङ क्षेत्र नम्बर १ (ख)बाट माओवादी केन्द्रका भीम बहादुर भण्डारी विजयी बनें। उनले लाल बहादुर रावललाई पराजित गरेका हुन। भण्डारीले १३ हजार ८ सय ७९ मत प्राप्त गर्दा रावलले ११ हजार ३ सय ३७ मत प्राप्त गरेर पराजित भए।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार वीरेन्द्र बहादुर मल्लले २ हजार २ सय २७ मत प्राप्त गरे भने राप्रपा नेपालका कृष्ण बहादुर सिंहले ४ सय ३८ मत प्राप्त गरेका छन्। 

अछाम
दुईवटा निर्वाचन क्षेत्र भएको अछाम जिल्लामा सत्ता गठबन्धनका तर्फबाट दुई जना कांग्रेस र दुई माओवादी गरी ४ जना निर्वाचित भएका छन्।

nimb
nimb
Ncell 2
Ncell 2

अछाम निर्वाचन क्षेत्र १ (१) मा नेपाली कांग्रेसका मेघराज खड्का निर्वाचित भए। खड्काले एमालेका देव बहादुर कुँवरलाई पराजित गरे। खड्काले १२ हजाार ३ सय ३७ मत प्राप्त गर्दा, उनका प्रतिस्पर्धी कुँवरले ६ हजार ४ सय ९७ मत प्राप्त गरेका थिए। 

त्यसैगरी क्षेत्र नम्बर १(२)मा माओवादी केन्द्रका झपड बहादुर साउदले जित हासिल गरेका छन्। उनले एमालेका उम्मेदवार कृष्ण प्रसाद जैशीलाई पराजित गरेका हुन्। साउदले १२ हजार १ सय १५ मत प्राप्त गर्दा जैशीले ९ हजार १९ मत प्राप्त गरेर पराजय भएका छन्। 

त्यस्तै अछाम क्षेत्र नम्बर २(१)मा अक्कल बहादुर रावलले जित हासिल गरेका छन्। उनले एमालेका भीम बहादुर विष्टलाई पराजित गरेका हुन। रावलले ११ हजाार २ सय ३० मत प्राप्त गर्दा विष्टले ८ हजार ४ सय ८३ मत प्राप्त गर्दै पराजित भएका हुन। त्यसैगरी क्षेत्र नम्बर २(२)बाट कांग्रेसका मान बहादुर रावल विजयी भएका छन्। उनले एमालेका शिव प्रसाद उपाध्यायलाई पराजित गरेका छन्। रावलले ११ हजार २ सय १६ मत प्राप्त गर्दै जित हासिल गर्दा उपाध्यायले ८ हजार ६ सय ६४ मतमा चित्त बुझाउनु पर्यो। 

डोटी 
डोटी क्षेत्र नम्बर १(१)मा नेकपा एमालेका चक्र बहादुर मल्ल विजयी बनेका छन्। उनले कांग्रेसका नरेन्द्र बहादुर सिंहलाई पराजित गरेका हुन्। मल्लले १५ हजार २ सय ७९ मत प्राप्त गर्दा सिंहले १४ हजार ८ सय २९ मत प्राप्त गर्दै हार व्यहोरेका छन्। 

क्षेत्र नम्बर १(२)मा माओवादी केन्द्रका शिव सिंह ओली विजयी बनेका छन्। ओलीले एमालेका टेक बहादुर बमलाई पराजित गरेका हुन्। ओलीले १४ हजार ४७ मत प्राप्त गर्दा बमले १३ हजार १ सय २८ मत प्राप्त गरेका थिए। 

ओली माओवादी केन्द्रका तर्फबाट मुख्यमन्त्री बनेका त्रिलोचन भट्टका स्वकीय सचिव थिए। भट्ट प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेदवार बन्न सकेनन्। तर भट्टका स्वकीय सचिव ओलीले प्रदेश सभाको टिकट पाएसँगै चर्चामा आएका थिए।

डडेल्धुरा
डडेल्धुरा क्षेत्र नम्बर १(१)मा माओवादी केन्द्रका खगराज भट्टले एमालेका पठानसिंह बोहोरालाई पराजित गरेका छन्। भट्टले  १२ हजार ११२ मत प्राप्त गरी विजयी हासिल गर्दा बोहोराले ९ हजार १ सय ९५ मत प्राप्त गर्दै पराजित भए। 

त्यसैगरी क्षेत्र नम्बर १(२)मा स्वतन्त्र उम्मेदवार तारा प्रसाद जोशीले जित हासिल गरेका छन्। उनले सत्ता गठबन्धनका गोविन्द राज बोहोरालाई पराजित गरेका हुन्। जोशीले ११ हजार १ सय ६२ मत प्राप्त गर्दा बोहोराले १० हजार ३ सय ३७ मत प्राप्त गरेका थिए। 

बैतडी
बैतडी जिल्लामा प्रदेश सभा १(१)बाट नेकपा एमालेका सुरेन्द्र बहादुर पालले जित हासिल गरेका छन्। पालले १२ हजार ८ सय ३१ मत प्राप्त गर्दा स्वतन्त्रका हरि भण्डारीले ११ हजार १८, कांग्रेसका वीर बहादुर विष्टले १० हजार ९ सय ५३, नेकपा समाजवादीका नरेन्द्र बहादुर विष्टले २ हजार १ सय ९४ मत प्राप्त गरेका छन्।

यस प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवारहरू नमिल्दा त्यसको प्रत्यक्ष फाइदा एमालेका पाललाई पुगेको देखिन्छ। 

त्यसैगरी प्रदेश सभा १(२)मा कांग्रेसका शिवराज भट्ट निर्वाचित भएका छन्। उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका नारायणदत्त जोशीलाई पराजित गरेका छन्। भट्टले १६ हजार ६ सय १६ प्राप्त गरी जित हासिल गर्दा राप्रपाका जोशीले १ हजार २ सय १मत प्राप्त गरेका थिए। 

दार्चुला
दार्चुला प्रदेश सभा १(१)मा कांग्रेसका विक्रमसिंह धामी विजयी भएका छन। धामीले एमालेका हरदेव जोशीलाई पराजित गरेका छन्। धामीले १५ हजार १ सय २७ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी जोशीले १३ हजार ४ सय ५१ मत प्राप्त गर्दै पराजय भोकेका छन्। 

त्यसैगरी दार्चुला प्रदेश सभा १(२)मा माओवादी केन्द्रका मान बहादुर धामी निर्वाचित भएका छन्। धामीले १३ हजार १ सय ७१ मत प्राप्त गरेर विजयी हासिल गर्दा एमालेका रामदत्त जोशीले ११ हजार ८ सय ५६ मत प्राप्त गर्दै धामीसँग पराजित भएका हुन्।

कञ्चनपुर
कञ्चनपुरका ३ वटा निर्वाचन क्षेत्रका प्रदेश तर्फका ३ कांग्रेस,१ एमाले,१ माओवादी र १ ठाउँमा नेकपा समाजवादी पार्टीका उम्मेदवार निर्वाचित भएका छन्। 

जसमध्ये कञ्चनपुर १ (१)मा एमालेका बीर बहादुर थापा निर्वाचित भएका छन्। थापाले कांग्रेसका बन्धु रानालाई पराजित गर्दै जित हासिल गरेका हुन्। थापाले १२ हजार ३ सय ५९ मत सहित प्राप्त गर्दा रानाले ११ हजार ६ मत प्राप्त गरे।

प्रदेश सभा१(२)मा कांग्रेसका दिवानसिंह विष्ट निर्वाचित भए। विष्टले एमालेका पल्पब राज भट्टलाई पराजित गरेका हुन्।
विष्टले ८ हजार ५ सय २० मत प्राप्त गर्दा भट्टले ७ हजार ६ सय ३ मत प्राप्त गरी पराजय भोगेका छन्।

कञ्चनपुर २(१)मा माओवादी केन्द्रका ओम विक्रम भाट निर्वाचित भएका छन्। भाटले एमालेका बचन बहादुर सिंहलाई पराजित गरेका छन्। भाटले १० हजार ९ सय २५ मत प्राप्त गर्दा सिंहले १० हजार ४ सय ५० मतमा चित्त बुझाउनु परेको थियो। 

त्यसैगरी कञ्चनपुर २(२)मा कांग्रेसका बहादुर सिंह धामी विजयी भएका छन्। धामीले एमालेका कृपाराम लामालाई पराजित गरेका थिए। धामीले १० हजार ६ सय ६८ मत प्राप्त गर्दा रानाले ८ हजार ९ सय ४२ मत प्राप्त गर्दै पराजित भएका छन्। 

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३(१)मा नेकपा एकीकृत समाजवादीका प्रकाश रावलले जित हासिल गरेका छन्। पूर्व प्रदेश सभा सदस्य समेत रहेका रावलले राष्ट्रिय प्रजातन्त्र पार्टीका धर्मराज जोशीलाई पराजित गरेका हुन्।

रावलले ८ हजार ७ सय १८ मत प्राप्त गरी विजय हुँदा राप्रपाका जोशीले ६ हजार ८ सय ५८ मत प्राप्त गर्दै पराजित भएका थिए। 
त्यसैगरी निर्वाचन क्षेत्र ३(२)मा कांग्रेसका बल बहादुर राना मगर निर्वाचित भएका छन्। रानाले  एमालेका सुरेन्द्र बहादुर विष्टलाई पराजित गरेका छन्। रानाले १६ हजार १ सय ५२ मत प्राप्त गरी विजयी हासिल गर्दा विष्टले १० हजार ५ सय ४८ मत प्राप्त गर्दै पराजित भएका छन्।

कैलाली 
कैलाली जिल्लामा ५ निर्वाचन क्षेत्र छन्। जसमध्ये प्रदेश सभामा ५ जना नागरिक उन्मुक्ति, ३ कांग्रेस, माओवादी १, नेकपा समाजवादी १ गरी १० जना उम्मेदवारहरुले प्रदेश सभा सदस्यमा जित हासिल गरेका छन्। 

कैलाली १(१) मा नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरी विजयी भएका छन। चौधरीले माओवादी केन्द्रका दीर्घराज बिडारीलाई पराजित गरेका हुन। चौधरीले १५ हजार १ सय १ मत प्राप्त गर्दा बिडारीले १० हजार ३ सय ७७ मत प्राप्त गदै पराजित भए। 

त्यसैगरी कैलाली १(२)मा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरी ११ हजार ३ सय १८ मतसहित विजयी भए। उनका प्रतिद्वन्द्वी कांग्रेसका रण बहादुर रावलले ८ हजार ५३ प्राप्त गर्दै पराजित भए। रावल यसअघि प्रदेश सभा सदस्य समेत हुन्। 

कैलाली क्षेत्र नम्बर २(१)बाट नेपाली कांग्रेसका कमल बहादुर शाह १० हजार ४ सय ३३ मतसहित निर्वाचित भए। उनका प्रतिद्वन्द्वी रतन बहादुर थापााले ८ हजार ७ सय ७५ मतसहित पराजित हुन पुगे। त्यस्तै कैलाली २(२)मा नागरिक उन्मुक्ति पार्टीका रामेश्वर चौधरी १० हजार ६ सय ६५ मतसहित निर्वाचित भए। एमालेका डिजे पाण्डे ६ हजार ९१२मत सहित पराजय भए। 

कैलाली ३(१)बाट नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी १३ हजार ९ सय २३ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी कांग्रेसका खेमराज डगौरा थारुले ११ हजार ५ सय ७२ मत प्राप्त गरेर पराजित भए।  त्यसैगरी ३(२)बाट पनि नागरिक उन्ममुक्ति पार्टीकै खुसी राम डगौरा थारु निर्वाचित भएका छन्।

थारुले ७ हजार ५ सय ३९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेकपा समाजवादीका अम्मर बहादुर साउदले ६ हजार ६ सय १९ मत प्राप्त गरी पराजित भएका छन्।

निर्वाचन क्षेत्र नम्बर ४(१)मा नेकपा एकीकृत समाजवादी पार्टीका १३ हजार ४ सय ७९ मत प्राप्त गर्दै दीर्घराज सोडारी निर्वाचित भए। उनका प्रतिस्पर्धी एमालेका भीम बहादुर देउवाले ९ हजार ४ सय १३ मत प्राप्त गर्दै पराजित भएका छन्। ४(२)मा कांग्रेसका प्रकाश बहादुर बम निर्वाचित भएका छन। बमले १२ हजार ४ सय ७३ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी एमालेका ११ हजार ९ सय ५७ मतसहित पराजित भए। 

त्यसैगरी निर्वाचन क्षेत्र नम्बर ५ माओवादी केन्द्रका रमेश सिंह धामीले ९ हजार ३ सय ८७ मतसहित एमालेका नेपालु चौधरीलाई पराजित गरे। चौधरीले ९ हजार २ सय ६२ मत प्राप्त गरेका थिए। निर्वाचन क्षेत्र ५(२)मा कांग्रेसका प्रकाश बहादुर देउवा ९ हजार ५ सय ९१ सहित निर्वाचित भए। उनले एमालेका दुर्गा प्रसाद जोशीलाई पराजित गरे। जोशीले ६ हजार ३ सय ५१ मत प्राप्त गरेका थिए। 

को बन्लान् त सुदूरपश्चिमको मुख्यमन्त्री?
०७४ सालको निर्वाचनमा तत्कालीन नेकपाको सरकार बन्दा प्रदेश सभामा अल्पमत भए पनि माओवादी केन्द्रका तर्फबाट त्रिलोचन भट्ट मुख्यमन्त्री बनेका थिए।

नेकपा विघटनपछि पनि भट्टले नै निरन्तरता पाए। सुदूरपश्चिमका बाजुरा बाहेकका ८ जिल्लाका उम्मेदवारको अंक गणित हेर्ने हो भने लोकतान्त्रिक बाम गठबन्धनको नै बहुमत देखिएको छ। 

मुख्यमन्त्रीको चर्चामा खगराज भट्ट, कांग्रेसका बहादुरसिंह थापा र दिवानसिंह विष्टको चर्चा भइरहेको छ। 

खगराज भट्ट प्रधानमन्त्री देउवाको गृह जिल्ला डडेल्धुराबाट निर्वाचित प्रदेश सभा सदस्य हुन्। देउवाले आफ्नो चुनावी प्रचारप्रसारको क्रममा गृह जिल्ला डडेल्धुराको आलिताल र परशुराम नगरपालिकाको जोगबुढाको कार्यक्रमलाई सम्बोधन गर्दा खगराजलाई मुख्यमन्त्री बनाउने उद्घोष गरेका थिए। 

सम्बोधनका क्रममा उनले भनेका थिए, ‘मेरो पार्टीले पनि भने त भइहाल्यो नि। यसपछि गठबन्धनको सरकारमा मुख्यमन्त्री खगराज भट्ट नै हो,’ देउवाले भने, ‘तपाईँहरू जिताएर पठाउनुस्।’ 

सत्ता गठबन्धनबीच भागबण्डामा माओवादी केन्द्रको भागमा सुदूरपश्चिम प्रदेश परेको अवस्थामा खगराज भट्ट नै सम्भावित मुख्यमन्त्री हुनेछन्।

सुदूरपश्चिम प्रदेशबाट कांग्रेसबाट हालसम्म ११ जना सबै भन्दा बढी उम्मेदवार निर्वाचित भएका कारण कांग्रेसका निर्वाचित सांसदहरूले मुख्यमन्त्री कांग्रेसले नै पाउनु पर्नेमा जोड दिएका छन्।

जसमध्ये कञ्चनपुर २(२)बाट निर्वाचित बहादुर सिंह थापा र कञ्चनपुर २(१)बाट निर्वाचित भएका प्रदेश सभा सदस्य दिवानसिंह विष्टले समेत मुख्यमन्त्रीमा दाबी गरेको चर्चा भइरहेको छ। 

याे पनि पढ्नुस ।

प्रदेश- १ मा ठूलो दल बनेको एमालेले सरकार बनाउने सम्भावना कति ?

लुम्बिनी प्रदेशमा ठूलो दल एमाले,  सरकार बनाउन नागरिक उन्मुक्ति र स्वतन्त्र निर्णायक

बागमती प्रदेशमा सत्ता-गठबन्धनलाई बहुमत पुग्ने निश्चित, मुख्यमन्त्री को?

कर्णाली मतपरिणाम : प्रत्यक्षमा शून्य बनेको एमाले समानुपातिकमा पहिलो

मधेस प्रदेशमा सरकार बनाउने जोड-घटाउ: स्वतन्त्र सांसद नै निर्णायक

प्रदेश- १ मा ठूलो दल बनेको एमालेले सरकार बनाउने सम्भावना कति ?

प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९  १०:२२
  • #प्रतिनिधि सभा निर्वाचन २०७९
  • #प्रदेश सरकार

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
देउवालक्षित गगनको कटाक्ष–पाँचपटक प्रधानमन्त्री भइसकेको मान्छे अझै हुन पाइनँ भनेर असन्तुष्ट छन् ! बिहीबार, भदौ ४, २०८३
शुक्ला गण्डकीले निर्माण कम्पनीबाट असुल गरेको ८२ लाख फिर्ता गर्नुपर्ने, सर्वोच्चले दियो परमादेश बिहीबार, भदौ ४, २०८३
सर्वोच्चका कतिपय फैसला पुनरवलोकन गर्नुपर्ने सभापति थापाको टिप्पणी, संख्याको बलमा हुने फैसलाले लोकतन्त्रलाई कमजोर बनाउने चेतावनी बिहीबार, भदौ ४, २०८३
फेरि तेस्रो नम्बरमा उक्लिए दीपेन्द्र ऐरी बिहीबार, भदौ ४, २०८३
ग्यास सिलिण्डरमा डिजिटल ट्रयाकिङदेखि रंग फरक गर्नेसम्मको तयारी बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
रास्वपा सांसद र मन्त्रीबीच चर्काचर्की बुधबार, भदौ ३, २०८३
सीमामा कडाइ गरिएको विषयबारे पार्टी बैठकमा अमरेशले भने– छठपछि तराईंमा रास्वपाका सांसदमाथि कुटपिट हुन सक्छ! बुधबार, भदौ ३, २०८३
राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त, को हुन् उनी? बुधबार, भदौ ३, २०८३
जितपुरसिमरामा तीन वर्षीया बालिकाको हत्या, दुई जना पक्राउ बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्