• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

मधेस प्रदेशमा सरकार बनाउने जोड-घटाउ: स्वतन्त्र सांसद नै निर्णायक

64x64
नेपाल लाइभ सोमबार, मंसिर १२, २०७९  १३:४९
1140x725

काडमाडौं– मधेस प्रदेश सभाको अन्तिम नतिजा सार्वजनिक हुनै लाग्दा सरकार बनाउने जोडघटाउ सुरु भएको छ। प्रदेश सभाका प्रत्यक्षतर्फ ६४ सिटमध्ये ६३ सिटको परिणाम आइसकेको छ भने एक सिटको परिणाम पनि आजै रातिसम्म आउने सम्भावना छ।

सार्वजनिक भएका ६३ सिटको मतपरिणाम अनुसार नेकपा एमाले १४ सिटसहित पहिलो स्थानमा, १३ सिटसहित नेपाली कांग्रेस दोस्रो स्थानमा र ९ सिटसहित जसपा तेस्रो स्थानमा देखिएका छन्। 

यस्तै मधेसको प्रदेश सभामा लोसपाले ७, जनमत पार्टीले ६, माओवादी र नेकपा एसले ४/४ सिट जितेका छन् भने ६ जना स्वतन्त्र उम्मेदवार पनि निर्वाचित भएका छन्। 

स्वतन्त्र सहित ७ दलका प्रतिनिधिको उपस्थिति रह्ने मधेस प्रदेशमा कस्तो सरकार बन्छ भन्ने बहस सुरु भइसकेको छ। यद्यपि, समानुपातिकतर्फको पूर्ण मतरिणाम नआई दलहरुको वास्तविक स्वरुप भने थाहा हुँदैन। 

१ सय ७ सदस्यीय मधेस प्रदेश सभामा ६४ प्रत्यक्ष र ४३ समानुपातिक सिट छन्। सरकार बनाउन ५४ सिट आवश्यक पर्छ।

२०७४ को निर्वाचनमा तत्कालीन समाजवादी र राजपाले मिलेर आवश्यक संख्या पुर्‍याउँदै बहुमतको सरकार बनाएका थिए। तर यो पटक दुई दल मिलेर मात्र बहुमत पुग्ने अवस्था छैन।

सत्ता गठबन्धनमा रहेका पाँच दलमध्ये मधेस प्रदेशमा कांग्रेस, लोसपा, माओवादी र नेकपा एस गरी चार दल छन्। यी दलहरुले प्रत्यक्षतर्फ पाएको सिट संख्या २८ मात्र छ। त्यसैले बहुमतका लागि ६ स्वतन्त्र वा जनमत पार्टीको सहारा लिनुपर्ने हुन्छ। 

दलहरु समानुपातिकको पूर्ण नतिजा नआई प्रदेश सरकारको समीकरणबारे टिप्पणी गर्न नमिल्ने गठबन्धनका एक नेताले बताए।

Ncell 2
Ncell 2
nimb
nimb

यद्यपि, गठबन्धनका नेताहरु अनुसार समानुपातिको सिट जोडेर बहुमत पुग्ने आकलन गरिरहेका छन्। सरकार बनाउन आवश्यक बहुमत संख्या ५४ कांग्रेस, माओवादी, लोसपा र नेकपा एसको सिटसहित पुग्ने आशमा गठबन्धन देखिन्छ भने एमाले र जसपा पनि जनमत र स्वतन्त्र जोडेर बहुमत पुर्‍याउने ध्येयमा लागेका छन्।

एमाले र जसपाले जनमत पार्टीलाई आफ्नो पक्षमा ल्याउन सकेमा प्रत्यक्षतर्फ सत्त-गठबन्धनभन्दा एक सिट बढी संख्या पुग्ने देखिन्छ। त्यस्तो अवस्थामा स्वतन्त्रहरुलाई पनि तान्न सकिन्छ भन्ने पक्ष पनि छ। तर जनमत पार्टी एमाले-जसपाको साथमा जान्छ कि जाँदैन भन्ने यकिन छैन। तर, समीकरण बनाउन दुवै पक्षलाई स्वतन्त्रको ६ सिट भने आवश्यक पर्छ।

प्रदेशतर्फ जितेका स्वतन्त्र सांसदहरुमा प्रतिनिधि सभामा स्वतन्त्र जितेका प्रभु साह पक्षको प्रभाव देखिन्छ। उनले प्रतिनिधि सभा जितेको क्षेत्रका दुई प्रदेश सभामध्ये एउटामा स्वतन्त्र उम्मेदवारले जितेका छन्। जितेका अन्य ५ स्वतन्त्र उम्मेदवारमा केहीमा साहको प्रभाव रहेको देखिन्छ।

मधेस प्रदेशबाट प्रतिनिधि सभामा जितेका ३ नेताले एक आसपमा सहकार्य गरेर जाने संकेत गरेका छन्। रौतहट- ३ बाट जितेका साह, उनकै पक्षका रौतहट २ का किरण साहसहित सर्लाही- ४ बाट अमरेश सिंह स्वतन्त्र रुपमा निर्वाचित भएका छन्। 

मुख्यमन्त्रीमा यी अनुहार चर्चामा 
निर्वाचनको अन्तिम परिणाम आउनै लाग्दा नयाँ सरकारका बारेमा विभिन्न अड्कलबाजी सुरु भएका छन्। मधेस प्रदेशको मुख्यमन्त्री को हुने भन्ने विषयमा पनि चर्चा सुरु भएको छ।

नेपाली कांग्रेसले मधेसमा सरकारको नेतृत्व गर्ने अवस्थामा कसलाई अगाडि सार्छ भन्ने औपचारिक रुपमा केही भनेको छैन। तर कांग्रेसका मधेस प्रदेश सभापति कृष्णा यादव प्रदेश सभामा निर्वाचित भएका छन्। निर्वाचनका क्रममा उनलाई भावी मुख्यमन्त्रीको रुपमा समेत प्रचार गरिएको थियो। साथै समाजिक सन्जालमा समेत मुख्यमन्त्रीमा यादवको नाम चर्चामा ल्याइएको थियो।

कांग्रेस मधेस प्रदेशका संसदीय दलका नेता तथा प्रदेश सरकारका भौतिक मन्त्री रामसरोज यादवले पनि मुख्यमन्त्रीमा दावी गर्ने देखिन्छ। तर रामसरोजलाई पार्टी महाधिवेशनमा पराजित गर्दै कृष्णा यादव कांग्रेसको मधेस सभापति भएपछि संस्थापनको साथ रामसरोजले पाउने सम्भावना कम छ। त्यसैले कांग्रेसबाट पार्टीका प्रदेश सभापति यादव नै मुख्यमन्त्रीमा प्रस्ताव हुने सम्भावना देखिन्छ। 

एमाले र जसपाका नेताहरुले अहिलेसम्म कुनै नेता विशेषलाई मुख्यमन्त्रीका रुपमा प्रचार गरेको छैन। जसपाका वर्तमान मुख्यमन्त्री पुन: प्रदेश सभामा निर्वाचित भएकाले उनले पार्टीको तर्फबाट प्रयास गर्नसक्ने सम्भावना छ। तर उनीहरुको बहुमत पुग्ने/नपुग्ने यकिन छैन।

मधेस प्रदेश सभामा निर्वाचित संख्या
एमाले- १४ 
कांग्रेस- १३ 
जसपा- ९ 
लोसपा- ७
स्वतन्त्र- ६ 
जनमत- ६
माओवादी- ४ 
नेकपा एस- ४

याे पनि पढ्नुस ।

प्रदेश- १ मा ठूलो दल बनेको एमालेले सरकार बनाउने सम्भावना कति ?

लुम्बिनी प्रदेशमा ठूलो दल एमाले,  सरकार बनाउन नागरिक उन्मुक्ति र स्वतन्त्र निर्णायक

कर्णाली मतपरिणाम : प्रत्यक्षमा शून्य बनेको एमाले समानुपातिकमा पहिलो

मधेस प्रदेशमा सरकार बनाउने जोड-घटाउ: स्वतन्त्र सांसद नै निर्णायक

सुदूरपश्चिम प्रदेशबाट मुख्यमन्त्री को?

प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९  १३:४९
  • #प्रतिनिधि सभा निर्वाचन २०७९
  • #प्रदेश सरकार

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विपद्‌मा परेका बालबालिकाको तस्बिर र भिडियो सार्वजनिक भएकोप्रति प्रहरीको सात बुँदे अनुरोध
बाढीपहिरोबाट ३ खर्ब ८७ अर्बको क्षेत्रगत क्षति, पुनःस्थापनाका लागि ७ अर्ब ९५ करोड आवश्यक
लिखतसम्बन्धी कसुरमा अध्यागमनका तत्कालीन कम्युटर अपरेटर पक्राउ
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
विपद्‌मा परेका बालबालिकाको तस्बिर र भिडियो सार्वजनिक भएकोप्रति प्रहरीको सात बुँदे अनुरोध बिहीबार, भदौ १८, २०८३
बाढीपहिरोबाट ३ खर्ब ८७ अर्बको क्षेत्रगत क्षति, पुनःस्थापनाका लागि ७ अर्ब ९५ करोड आवश्यक बिहीबार, भदौ १८, २०८३
लिखतसम्बन्धी कसुरमा अध्यागमनका तत्कालीन कम्युटर अपरेटर पक्राउ बिहीबार, भदौ १८, २०८३
लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड २४ लाख सहयोग बिहीबार, भदौ १८, २०८३
भोटेकोसी बाढीपीडितको राहतका लागि एसटीसी ग्रुपको ५० लाख १ हजार रुपैयाँ सहयोग बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्