• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ १०, २०८२ Sat, Jan 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

मधेस प्रदेशमा सरकार बनाउने जोड-घटाउ: स्वतन्त्र सांसद नै निर्णायक

64x64
नेपाल लाइभ सोमबार, मंसिर १२, २०७९  १३:४९
1140x725

काडमाडौं– मधेस प्रदेश सभाको अन्तिम नतिजा सार्वजनिक हुनै लाग्दा सरकार बनाउने जोडघटाउ सुरु भएको छ। प्रदेश सभाका प्रत्यक्षतर्फ ६४ सिटमध्ये ६३ सिटको परिणाम आइसकेको छ भने एक सिटको परिणाम पनि आजै रातिसम्म आउने सम्भावना छ।

सार्वजनिक भएका ६३ सिटको मतपरिणाम अनुसार नेकपा एमाले १४ सिटसहित पहिलो स्थानमा, १३ सिटसहित नेपाली कांग्रेस दोस्रो स्थानमा र ९ सिटसहित जसपा तेस्रो स्थानमा देखिएका छन्। 

यस्तै मधेसको प्रदेश सभामा लोसपाले ७, जनमत पार्टीले ६, माओवादी र नेकपा एसले ४/४ सिट जितेका छन् भने ६ जना स्वतन्त्र उम्मेदवार पनि निर्वाचित भएका छन्। 

स्वतन्त्र सहित ७ दलका प्रतिनिधिको उपस्थिति रह्ने मधेस प्रदेशमा कस्तो सरकार बन्छ भन्ने बहस सुरु भइसकेको छ। यद्यपि, समानुपातिकतर्फको पूर्ण मतरिणाम नआई दलहरुको वास्तविक स्वरुप भने थाहा हुँदैन। 

१ सय ७ सदस्यीय मधेस प्रदेश सभामा ६४ प्रत्यक्ष र ४३ समानुपातिक सिट छन्। सरकार बनाउन ५४ सिट आवश्यक पर्छ।

२०७४ को निर्वाचनमा तत्कालीन समाजवादी र राजपाले मिलेर आवश्यक संख्या पुर्‍याउँदै बहुमतको सरकार बनाएका थिए। तर यो पटक दुई दल मिलेर मात्र बहुमत पुग्ने अवस्था छैन।

सत्ता गठबन्धनमा रहेका पाँच दलमध्ये मधेस प्रदेशमा कांग्रेस, लोसपा, माओवादी र नेकपा एस गरी चार दल छन्। यी दलहरुले प्रत्यक्षतर्फ पाएको सिट संख्या २८ मात्र छ। त्यसैले बहुमतका लागि ६ स्वतन्त्र वा जनमत पार्टीको सहारा लिनुपर्ने हुन्छ। 

दलहरु समानुपातिकको पूर्ण नतिजा नआई प्रदेश सरकारको समीकरणबारे टिप्पणी गर्न नमिल्ने गठबन्धनका एक नेताले बताए।

Ncell 2
Ncell 2

यद्यपि, गठबन्धनका नेताहरु अनुसार समानुपातिको सिट जोडेर बहुमत पुग्ने आकलन गरिरहेका छन्। सरकार बनाउन आवश्यक बहुमत संख्या ५४ कांग्रेस, माओवादी, लोसपा र नेकपा एसको सिटसहित पुग्ने आशमा गठबन्धन देखिन्छ भने एमाले र जसपा पनि जनमत र स्वतन्त्र जोडेर बहुमत पुर्‍याउने ध्येयमा लागेका छन्।

एमाले र जसपाले जनमत पार्टीलाई आफ्नो पक्षमा ल्याउन सकेमा प्रत्यक्षतर्फ सत्त-गठबन्धनभन्दा एक सिट बढी संख्या पुग्ने देखिन्छ। त्यस्तो अवस्थामा स्वतन्त्रहरुलाई पनि तान्न सकिन्छ भन्ने पक्ष पनि छ। तर जनमत पार्टी एमाले-जसपाको साथमा जान्छ कि जाँदैन भन्ने यकिन छैन। तर, समीकरण बनाउन दुवै पक्षलाई स्वतन्त्रको ६ सिट भने आवश्यक पर्छ।

प्रदेशतर्फ जितेका स्वतन्त्र सांसदहरुमा प्रतिनिधि सभामा स्वतन्त्र जितेका प्रभु साह पक्षको प्रभाव देखिन्छ। उनले प्रतिनिधि सभा जितेको क्षेत्रका दुई प्रदेश सभामध्ये एउटामा स्वतन्त्र उम्मेदवारले जितेका छन्। जितेका अन्य ५ स्वतन्त्र उम्मेदवारमा केहीमा साहको प्रभाव रहेको देखिन्छ।

मधेस प्रदेशबाट प्रतिनिधि सभामा जितेका ३ नेताले एक आसपमा सहकार्य गरेर जाने संकेत गरेका छन्। रौतहट- ३ बाट जितेका साह, उनकै पक्षका रौतहट २ का किरण साहसहित सर्लाही- ४ बाट अमरेश सिंह स्वतन्त्र रुपमा निर्वाचित भएका छन्। 

मुख्यमन्त्रीमा यी अनुहार चर्चामा 
निर्वाचनको अन्तिम परिणाम आउनै लाग्दा नयाँ सरकारका बारेमा विभिन्न अड्कलबाजी सुरु भएका छन्। मधेस प्रदेशको मुख्यमन्त्री को हुने भन्ने विषयमा पनि चर्चा सुरु भएको छ।

नेपाली कांग्रेसले मधेसमा सरकारको नेतृत्व गर्ने अवस्थामा कसलाई अगाडि सार्छ भन्ने औपचारिक रुपमा केही भनेको छैन। तर कांग्रेसका मधेस प्रदेश सभापति कृष्णा यादव प्रदेश सभामा निर्वाचित भएका छन्। निर्वाचनका क्रममा उनलाई भावी मुख्यमन्त्रीको रुपमा समेत प्रचार गरिएको थियो। साथै समाजिक सन्जालमा समेत मुख्यमन्त्रीमा यादवको नाम चर्चामा ल्याइएको थियो।

कांग्रेस मधेस प्रदेशका संसदीय दलका नेता तथा प्रदेश सरकारका भौतिक मन्त्री रामसरोज यादवले पनि मुख्यमन्त्रीमा दावी गर्ने देखिन्छ। तर रामसरोजलाई पार्टी महाधिवेशनमा पराजित गर्दै कृष्णा यादव कांग्रेसको मधेस सभापति भएपछि संस्थापनको साथ रामसरोजले पाउने सम्भावना कम छ। त्यसैले कांग्रेसबाट पार्टीका प्रदेश सभापति यादव नै मुख्यमन्त्रीमा प्रस्ताव हुने सम्भावना देखिन्छ। 

एमाले र जसपाका नेताहरुले अहिलेसम्म कुनै नेता विशेषलाई मुख्यमन्त्रीका रुपमा प्रचार गरेको छैन। जसपाका वर्तमान मुख्यमन्त्री पुन: प्रदेश सभामा निर्वाचित भएकाले उनले पार्टीको तर्फबाट प्रयास गर्नसक्ने सम्भावना छ। तर उनीहरुको बहुमत पुग्ने/नपुग्ने यकिन छैन।

मधेस प्रदेश सभामा निर्वाचित संख्या
एमाले- १४ 
कांग्रेस- १३ 
जसपा- ९ 
लोसपा- ७
स्वतन्त्र- ६ 
जनमत- ६
माओवादी- ४ 
नेकपा एस- ४

याे पनि पढ्नुस ।

प्रदेश- १ मा ठूलो दल बनेको एमालेले सरकार बनाउने सम्भावना कति ?

लुम्बिनी प्रदेशमा ठूलो दल एमाले,  सरकार बनाउन नागरिक उन्मुक्ति र स्वतन्त्र निर्णायक

कर्णाली मतपरिणाम : प्रत्यक्षमा शून्य बनेको एमाले समानुपातिकमा पहिलो

मधेस प्रदेशमा सरकार बनाउने जोड-घटाउ: स्वतन्त्र सांसद नै निर्णायक

सुदूरपश्चिम प्रदेशबाट मुख्यमन्त्री को?

प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९  १३:४९
  • #प्रतिनिधि सभा निर्वाचन २०७९
  • #प्रदेश सरकार

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बंगलादेशलाई टी–२० विश्वकपबाट हटाएर स्कटल्यान्डलाई स्थान दिने निर्णय
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
उम्मेदवारको वैयक्तिक विवरण निर्वाचन आयोगद्वारा सार्वजनिक
सम्बन्धित सामग्री
समानुपातिकतर्फको साढे एक करोड मतपत्र छापियो, ५० लाख छाप्न बाँकी मतपत्र छपाइकार्य यही माघ २ गतेदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा सुरु भएको थियो । अब ५० लाख थान मतपत्र छाप्न बाँकी... शनिबार, माघ १०, २०८२
राष्ट्रिय सभा सदस्य निर्वाचनको सबै तयारी पूरा आयोगले शुक्रबार आयोजना गरेको साप्ताहिक पत्रकार सम्मेलनमा राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत मतदानका लागि सबै तयारी पूरा भएको प्रवक... शुक्रबार, माघ ९, २०८२
प्रतिनिधि सभा निर्वाचन : देशभर ४९ जनाले फिर्ता लिए उम्मेदवारी शुक्रबार निर्वाचन आयोगले पत्रकार सम्मेलनमा गर्दै यसबारे जानकारी दिएको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार ४९ जनाले उम... शुक्रबार, माघ ९, २०८२
ताजा समाचारसबै
बंगलादेशलाई टी–२० विश्वकपबाट हटाएर स्कटल्यान्डलाई स्थान दिने निर्णय शनिबार, माघ १०, २०८२
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु शनिबार, माघ १०, २०८२
उम्मेदवारको वैयक्तिक विवरण निर्वाचन आयोगद्वारा सार्वजनिक शनिबार, माघ १०, २०८२
चुनावमा पैसाको चलखेल रोक्न सके नेकपा पहिलो पार्टी बन्छ : प्रचण्ड शनिबार, माघ १०, २०८२
चुनावबारे ओली अझै अन्योलमा,भने- आन्दोलनमा उत्रिनुपर्ने हो कि चुनावमा सहभागी हुनुपर्ने हो, भन्न सकिन्न शनिबार, माघ १०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी शुक्रबार, माघ ९, २०८२
ओखलढुंगामा सन्त तामाङद्वारा उम्मेदवारी फिर्ता, नेकपाका अमिरबाबु गुरुङलाई समर्थन शुक्रबार, माघ ९, २०८२
डा. बाबुराम भट्टराईद्वारा उम्मेदवारी फिर्ताको घोषणा शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्