• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

लुम्बिनी प्रदेशमा ठूलो दल एमाले,  सरकार बनाउन नागरिक उन्मुक्ति र स्वतन्त्र निर्णायक

64x64
नेपाल लाइभ आइतबार, मंसिर ११, २०७९  २२:१२
1140x725

काठमाडौं- लुम्बिनी प्रदेश सभामा प्रत्यक्ष र समानुपातिक दुवैतिर एमाले नै पहिलो दल बन्ने निश्चित भएको छ। प्रत्यक्षका ५२ वटै निर्वाचन क्षेत्रको मत परिणाम आउँदा एमालेले १८ स्थानमा जितेको छ। समानुपातिकमा समेत अगाडि रहेकाले यो प्रदेशमा एमाले ठूलो दल बन्ने तय छ। 

कांग्रेसले १७ स्थानमा जित निकाल्दै दोस्रो पार्टी बनेको छ। यसैगरी माओवादी ६ स्थानसहित तेस्रो शक्ति बनेको छ।

यसैगरी जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय नागरिक उन्मुक्ति पार्टीको समान दुई-दुई सिट छ। जनमत पार्टीको एक सिट रहेको छ भने स्वतन्त्र रुपमा तीन जनाले जितेका छन्। 

लुम्बिनी प्रदेश सभामा ३५ जना समानुपातिक तर्फबाट निर्वाचित हुनेछन्। समानुपातिकमा पनि सवैभन्दा ठूलो दल एमाले नै बन्ने देखिन्छ। झन्डै १२ लाख मत गणना हुँदा एमाले ५ लाख १० हजार ६२ मत पाएको छ। कांग्रेसले ४ लाख ४९ हजार १ सय १० मत पाएको छ भने  नेकपा माओवादी केन्द्र १ लाख ७८ हजार ८१० मतसहित तेस्रो नम्बरमा छ। यो प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख १४ हजार ९८२ मत ल्याएर थ्रेस होल्ड कटाउने निश्चित गरेको छ।  

कसको सरकार बन्ला?
लुम्बिनी प्रदेशको प्रत्यक्षको मत केलाउने हो भने सत्ता गठबन्धन स्पष्ट बहुमतमा छैन। अहिलेकै अनुपातमा दलहरुले समानुपातिक मत ल्याउने हो भने बहुमत पुग्ने अवस्था बन्दैन। अहिले सत्ता गठबन्धनका पाँचमध्ये कांग्रेससँग १७, माओवादीसँग ६,  लोसपासँग २ सांसद् गरी २५ मात्रै छन्। 

८७ जना रहने प्रदेश सभामा बहुमत पुग्न ४४ जना चाहिन्छ। बहुमत पुग्न कांग्रेस र माओवादी केन्द्रले समानुपातिकमा १९ जना ल्याउनुपर्ने हुन्छ, जुन यही अनुपातको मत परिणामले असम्भव देखिन्छ। सत्ता साझेदार दुई दल एकीकृत समाजवादी र जनमोर्चाले प्रत्यक्षमा खाता खोलेनन् भने समानुपातिकमा लोसपाले समेत यहाँ थ्रेसहोल्ड कटाउने देखिँदैन।

एमालेले सत्ता साझेदार बाहेकसँग समिकरण बनाउँदा प्रत्यक्षमा २७ जना पुग्छन्। समानुपातिकमा १७ सांसद जुटाउनुपर्ने हुन्छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत माओवादी केन्द्र हाराहारी नै समानुपातिक सांसद पाउने संकेत देखिन्छ। त्यस्तो अवस्थामा एमालेको सरकार बन्न सक्छ। 

जसपा र राप्रपासँग तालमेल रहेकाले  एमालेसँग सहकार्य गर्ने सम्भावना रहन्छ तर तीन जना स्वतन्त्र उम्मेदवार भएका कारण अप्ठ्यारो देखिन्छ। उनीहरु 'निर्णायक' भूमिकामा हुने सम्भावना बलियो छ। साथै राष्ट्रिय नागरिक उन्मुक्ति पार्टीले केन्द्रदेखि प्रदेशसम्म कसलाई सघाउँछ भन्ने स्पष्ट छैन। सुदूरपश्चिम र लुम्बिनीमा सत्ताको भाग पाउने हुनाले सत्ता गठबन्धनसँगै जान सक्ने सम्भावना बलियो देखिन्छ। किनभने सुदूरपश्चिममा एमालेले सरकार बनाउने सम्भावना कमजोर बनेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसद्हरु सत्ता गठबन्धनतर्फ जाँदा एमालेले सरकार बनाउन कठिन हुने देखिन्छ। सत्ता गठबन्धनको बहुमत पुग्न सक्छ। तर, तीनैजना स्वतन्त्र एकैतिर नजाँदा पनि समीकरण तलमाथि हुने तहको प्रतिष्पर्धा यहाँ देखिन्छ। 

मुख्यमन्त्रीका दाबेदार को?
लुम्बिनी प्रदेशमा मुख्यमन्त्री दोहोरिने सम्भावना छैन। किनभने अघिल्लो पाँच वर्ष कार्यकालमा मुख्यमन्त्री बनेका एमाले महासचिव शंकर पोखरेलले प्रतिनिधि सभा सदस्य हारेका छन् भने कुलप्रसाद केसीले टिकट नै पाएनन्। 

नयाँ मुख्यमन्त्रीको लाइनमा एमाले, कांग्रेस र माओवादी केन्द्रका नेता हुनेछन्। नेपाली कांग्रेसबाट मुख्यमन्त्रीको दाबीसहित प्रदेश सभामा निर्वाचन लडेका ५ जनामध्ये दुई रोकिएका छन्। 

यसअघि प्रदेशमा कांग्रेस संसदीय दलका नेता बनेका वीरेन्द्रकुमार कनौडिया कपिलवस्तु–३ को प्रदेश सभा (२)का उम्मेदवार थिए। उनले निर्वाचन जित्दा मुख्यमन्त्री पाउने सम्भावना बलियो थियो। तर,  उक्त क्षेत्रमा राप्रपाका जानकीप्रसाद यादव विजयी हुँदा उनी तेस्रो नम्बरमा धकेलिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कांग्रेस नेता अब्दुल रज्जाक गद्दी रुपन्देही क्षेत्र नम्बर १ (२)बाट प्रदेश सभामा जितेका छन्।  सङ्घीय सांसद र पूर्वराज्यमन्त्री पनि रहिसकेका रज्जाक मुख्यमन्त्रीका लागि प्रत्यासी छन्। 

मुख्यमन्त्रीको चाहनासहित कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन रोल्पा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा (२)बाट चुनावी मैदानमा थिए। तर, उनी स्वतन्त्र उम्मेदवार दिपेन्द्र पुनमगरबाट पराजित भए। लुम्बिनी प्रदेशका सहरी विकासमन्त्री भइसकेका डिल्लीबहादुर चौधरीले दाङ ३ (१)बाट चुनाव जितेर मुख्यमन्त्रीका लागि तयार भएका छन्। यसैगरी मुख्यमन्त्रीकै दाबेदार भनिएका वीरबहादुर राना पाल्पा २ (१)बाट जितेका छन्। 

प्रदेश सभामा गठबन्धनबाट १७ सिटमा प्रत्यक्ष लड्ने अवसर पाएको माओवादी केन्द्र ६ सिटमा सिमित भएको छ। त्यसैले मुख्यमन्त्री पाउने सम्भावना न्युन देखिन्छ। गठबन्धनका गडबडीबाट अवसर प्राप्त हुँदा रोल्पाको क्षेत्र नम्बर १ (१)बाट सांसद बनेका जोखबहादुर महराले अवसर पाउन सक्छन्। 

प्रदेश योजना आयोगको उपाध्यक्षसमेत रहिसेकेका माओवादी नेता वामदेव क्षेत्री घिमिरे पनि मुख्यमन्त्री बन्ने आकाङ्क्षासहित रुपन्देही क्षेत्र नम्बर २ (२)बाट चुनाव लडेका थिए। उनी एमालेका भोजप्रसाद श्रेष्ठबाट पराजित भइसके। 

नेकपा एमालेले अवसर पाउँदा पोलिटब्युरो सदस्य लीला गिरीले मुख्यमन्त्रीको दाबी गर्ने देखिन्छ। उनी रुपन्देही क्षेत्र नम्बर २ (१)बाट  निर्वाजित भएका छन्। मुख्यमन्त्रीकै चाहनासहित रुपन्देही क्षेत्र नम्बर १ (ख)बाट चुनावी प्रतिस्पर्धामा रहेका पोलिटब्युरो सदस्य दधिराम न्यौपाने भने पराजित भएका छन्। एमालेका प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले रुपन्देहीको क्षेत्र नम्बर २ (२) बाट चुनाव जितेका छन्। 

याे पनि पढ्नुस ।

प्रदेश- १ मा ठूलो दल बनेको एमालेले सरकार बनाउने सम्भावना कति ?

लुम्बिनी प्रदेशमा ठूलो दल एमाले,  सरकार बनाउन नागरिक उन्मुक्ति र स्वतन्त्र निर्णायक

बागमती प्रदेशमा सत्ता-गठबन्धनलाई बहुमत पुग्ने निश्चित, मुख्यमन्त्री को?

कर्णाली मतपरिणाम : प्रत्यक्षमा शून्य बनेको एमाले समानुपातिकमा पहिलो

मधेस प्रदेशमा सरकार बनाउने जोड-घटाउ: स्वतन्त्र सांसद नै निर्णायक

प्रदेश- १ मा ठूलो दल बनेको एमालेले सरकार बनाउने सम्भावना कति ?

प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९  २२:१२
  • #प्रतिनिधि सभा निर्वाचन २०७९
  • #प्रदेश सरकार

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ?
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? आइतबार, कात्तिक १, २०८३
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा आइतबार, कात्तिक १, २०८३
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने आइतबार, कात्तिक १, २०८३
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्