• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ १५, २०८२ Thu, Jan 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

लुम्बिनी प्रदेशमा ठूलो दल एमाले,  सरकार बनाउन नागरिक उन्मुक्ति र स्वतन्त्र निर्णायक

64x64
नेपाल लाइभ आइतबार, मंसिर ११, २०७९  २२:१२
1140x725

काठमाडौं- लुम्बिनी प्रदेश सभामा प्रत्यक्ष र समानुपातिक दुवैतिर एमाले नै पहिलो दल बन्ने निश्चित भएको छ। प्रत्यक्षका ५२ वटै निर्वाचन क्षेत्रको मत परिणाम आउँदा एमालेले १८ स्थानमा जितेको छ। समानुपातिकमा समेत अगाडि रहेकाले यो प्रदेशमा एमाले ठूलो दल बन्ने तय छ। 

कांग्रेसले १७ स्थानमा जित निकाल्दै दोस्रो पार्टी बनेको छ। यसैगरी माओवादी ६ स्थानसहित तेस्रो शक्ति बनेको छ।

यसैगरी जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय नागरिक उन्मुक्ति पार्टीको समान दुई-दुई सिट छ। जनमत पार्टीको एक सिट रहेको छ भने स्वतन्त्र रुपमा तीन जनाले जितेका छन्। 

लुम्बिनी प्रदेश सभामा ३५ जना समानुपातिक तर्फबाट निर्वाचित हुनेछन्। समानुपातिकमा पनि सवैभन्दा ठूलो दल एमाले नै बन्ने देखिन्छ। झन्डै १२ लाख मत गणना हुँदा एमाले ५ लाख १० हजार ६२ मत पाएको छ। कांग्रेसले ४ लाख ४९ हजार १ सय १० मत पाएको छ भने  नेकपा माओवादी केन्द्र १ लाख ७८ हजार ८१० मतसहित तेस्रो नम्बरमा छ। यो प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख १४ हजार ९८२ मत ल्याएर थ्रेस होल्ड कटाउने निश्चित गरेको छ।  

कसको सरकार बन्ला?
लुम्बिनी प्रदेशको प्रत्यक्षको मत केलाउने हो भने सत्ता गठबन्धन स्पष्ट बहुमतमा छैन। अहिलेकै अनुपातमा दलहरुले समानुपातिक मत ल्याउने हो भने बहुमत पुग्ने अवस्था बन्दैन। अहिले सत्ता गठबन्धनका पाँचमध्ये कांग्रेससँग १७, माओवादीसँग ६,  लोसपासँग २ सांसद् गरी २५ मात्रै छन्। 

८७ जना रहने प्रदेश सभामा बहुमत पुग्न ४४ जना चाहिन्छ। बहुमत पुग्न कांग्रेस र माओवादी केन्द्रले समानुपातिकमा १९ जना ल्याउनुपर्ने हुन्छ, जुन यही अनुपातको मत परिणामले असम्भव देखिन्छ। सत्ता साझेदार दुई दल एकीकृत समाजवादी र जनमोर्चाले प्रत्यक्षमा खाता खोलेनन् भने समानुपातिकमा लोसपाले समेत यहाँ थ्रेसहोल्ड कटाउने देखिँदैन।

एमालेले सत्ता साझेदार बाहेकसँग समिकरण बनाउँदा प्रत्यक्षमा २७ जना पुग्छन्। समानुपातिकमा १७ सांसद जुटाउनुपर्ने हुन्छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत माओवादी केन्द्र हाराहारी नै समानुपातिक सांसद पाउने संकेत देखिन्छ। त्यस्तो अवस्थामा एमालेको सरकार बन्न सक्छ। 

जसपा र राप्रपासँग तालमेल रहेकाले  एमालेसँग सहकार्य गर्ने सम्भावना रहन्छ तर तीन जना स्वतन्त्र उम्मेदवार भएका कारण अप्ठ्यारो देखिन्छ। उनीहरु 'निर्णायक' भूमिकामा हुने सम्भावना बलियो छ। साथै राष्ट्रिय नागरिक उन्मुक्ति पार्टीले केन्द्रदेखि प्रदेशसम्म कसलाई सघाउँछ भन्ने स्पष्ट छैन। सुदूरपश्चिम र लुम्बिनीमा सत्ताको भाग पाउने हुनाले सत्ता गठबन्धनसँगै जान सक्ने सम्भावना बलियो देखिन्छ। किनभने सुदूरपश्चिममा एमालेले सरकार बनाउने सम्भावना कमजोर बनेको छ।

Ncell 2
Ncell 2

नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसद्हरु सत्ता गठबन्धनतर्फ जाँदा एमालेले सरकार बनाउन कठिन हुने देखिन्छ। सत्ता गठबन्धनको बहुमत पुग्न सक्छ। तर, तीनैजना स्वतन्त्र एकैतिर नजाँदा पनि समीकरण तलमाथि हुने तहको प्रतिष्पर्धा यहाँ देखिन्छ। 

मुख्यमन्त्रीका दाबेदार को?
लुम्बिनी प्रदेशमा मुख्यमन्त्री दोहोरिने सम्भावना छैन। किनभने अघिल्लो पाँच वर्ष कार्यकालमा मुख्यमन्त्री बनेका एमाले महासचिव शंकर पोखरेलले प्रतिनिधि सभा सदस्य हारेका छन् भने कुलप्रसाद केसीले टिकट नै पाएनन्। 

नयाँ मुख्यमन्त्रीको लाइनमा एमाले, कांग्रेस र माओवादी केन्द्रका नेता हुनेछन्। नेपाली कांग्रेसबाट मुख्यमन्त्रीको दाबीसहित प्रदेश सभामा निर्वाचन लडेका ५ जनामध्ये दुई रोकिएका छन्। 

यसअघि प्रदेशमा कांग्रेस संसदीय दलका नेता बनेका वीरेन्द्रकुमार कनौडिया कपिलवस्तु–३ को प्रदेश सभा (२)का उम्मेदवार थिए। उनले निर्वाचन जित्दा मुख्यमन्त्री पाउने सम्भावना बलियो थियो। तर,  उक्त क्षेत्रमा राप्रपाका जानकीप्रसाद यादव विजयी हुँदा उनी तेस्रो नम्बरमा धकेलिए।

कांग्रेस नेता अब्दुल रज्जाक गद्दी रुपन्देही क्षेत्र नम्बर १ (२)बाट प्रदेश सभामा जितेका छन्।  सङ्घीय सांसद र पूर्वराज्यमन्त्री पनि रहिसकेका रज्जाक मुख्यमन्त्रीका लागि प्रत्यासी छन्। 

मुख्यमन्त्रीको चाहनासहित कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन रोल्पा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा (२)बाट चुनावी मैदानमा थिए। तर, उनी स्वतन्त्र उम्मेदवार दिपेन्द्र पुनमगरबाट पराजित भए। लुम्बिनी प्रदेशका सहरी विकासमन्त्री भइसकेका डिल्लीबहादुर चौधरीले दाङ ३ (१)बाट चुनाव जितेर मुख्यमन्त्रीका लागि तयार भएका छन्। यसैगरी मुख्यमन्त्रीकै दाबेदार भनिएका वीरबहादुर राना पाल्पा २ (१)बाट जितेका छन्। 

प्रदेश सभामा गठबन्धनबाट १७ सिटमा प्रत्यक्ष लड्ने अवसर पाएको माओवादी केन्द्र ६ सिटमा सिमित भएको छ। त्यसैले मुख्यमन्त्री पाउने सम्भावना न्युन देखिन्छ। गठबन्धनका गडबडीबाट अवसर प्राप्त हुँदा रोल्पाको क्षेत्र नम्बर १ (१)बाट सांसद बनेका जोखबहादुर महराले अवसर पाउन सक्छन्। 

प्रदेश योजना आयोगको उपाध्यक्षसमेत रहिसेकेका माओवादी नेता वामदेव क्षेत्री घिमिरे पनि मुख्यमन्त्री बन्ने आकाङ्क्षासहित रुपन्देही क्षेत्र नम्बर २ (२)बाट चुनाव लडेका थिए। उनी एमालेका भोजप्रसाद श्रेष्ठबाट पराजित भइसके। 

नेकपा एमालेले अवसर पाउँदा पोलिटब्युरो सदस्य लीला गिरीले मुख्यमन्त्रीको दाबी गर्ने देखिन्छ। उनी रुपन्देही क्षेत्र नम्बर २ (१)बाट  निर्वाजित भएका छन्। मुख्यमन्त्रीकै चाहनासहित रुपन्देही क्षेत्र नम्बर १ (ख)बाट चुनावी प्रतिस्पर्धामा रहेका पोलिटब्युरो सदस्य दधिराम न्यौपाने भने पराजित भएका छन्। एमालेका प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले रुपन्देहीको क्षेत्र नम्बर २ (२) बाट चुनाव जितेका छन्। 

याे पनि पढ्नुस ।

प्रदेश- १ मा ठूलो दल बनेको एमालेले सरकार बनाउने सम्भावना कति ?

लुम्बिनी प्रदेशमा ठूलो दल एमाले,  सरकार बनाउन नागरिक उन्मुक्ति र स्वतन्त्र निर्णायक

बागमती प्रदेशमा सत्ता-गठबन्धनलाई बहुमत पुग्ने निश्चित, मुख्यमन्त्री को?

कर्णाली मतपरिणाम : प्रत्यक्षमा शून्य बनेको एमाले समानुपातिकमा पहिलो

मधेस प्रदेशमा सरकार बनाउने जोड-घटाउ: स्वतन्त्र सांसद नै निर्णायक

प्रदेश- १ मा ठूलो दल बनेको एमालेले सरकार बनाउने सम्भावना कति ?

प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९  २२:१२
  • #प्रतिनिधि सभा निर्वाचन २०७९
  • #प्रदेश सरकार

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निर्वाचन तयारीबारे आयोग र गृह मन्त्रालयबीच छलफल
ग्लोबल आइएमई बैंकमा किओस्क मेसिनबाटै बैंक खाता खोल्ने सुविधा
पूर्व प्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
सहायक सिडियो र कोष नियन्त्रक तोकिए निर्वाचन आचारसंहिता अनुगमन अधिकृत यसअघि निर्वाचन आचारसंहिताबारे आयोगको केन्द्रीय कार्यालयले नै उजुरी लिँदै आएको थियो । यो निर्णयपछि सम्बन्धी जिल्लाबाटै आचारसंहिता उल्... मंगलबार, माघ १३, २०८२
बालेन, हर्क, निकोलस र महेश बस्नेतसँग आयोगद्वारा स्पष्टीकरण माग त्यसबाहेक श्रम संस्कृति पार्टीबाट सुनसरी १ बाट उम्मेदवार बनेका हर्क साम्पाङले चुनाव प्रचारमा बालबालिका प्रयोग गरेको, टिसर्ट लगाउन लग... मंगलबार, माघ १३, २०८२
आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह सार्वजनिक सेवा प्रसारण नेपालले आयोजना गरेको ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ आचारसंहिता अभिमुखीकरण’ विषयक कार्यक्रममा प्रमुख आयुक्त... सोमबार, माघ १२, २०८२
ताजा समाचारसबै
प्रधानमन्त्री सुशीला कार्कीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान बिहीबार, माघ १५, २०८२
काँग्रेसले मात्रै १६५ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको विश्वप्रकाश शर्माको दाबी बिहीबार, माघ १५, २०८२
निर्वाचन तयारीबारे आयोग र गृह मन्त्रालयबीच छलफल बिहीबार, माघ १५, २०८२
ग्लोबल आइएमई बैंकमा किओस्क मेसिनबाटै बैंक खाता खोल्ने सुविधा बिहीबार, माघ १५, २०८२
पूर्व प्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनको मूल्य हालसम्मकै उच्च, तोलाको ३ लाख ३९ हजार ३०० रुपैयाँ बिहीबार, माघ १५, २०८२
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्काशित बुधबार, माघ १४, २०८२
कांग्रेसका पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित बिहीबार, माघ १५, २०८२
विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजीत पवारको निधन बुधबार, माघ १४, २०८२
पूर्व प्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्