• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ १०, २०८२ Sat, Jan 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

बागमती प्रदेशमा सत्ता-गठबन्धनलाई बहुमत पुग्ने निश्चित, मुख्यमन्त्री को?

64x64
नेपाल लाइभ आइतबार, मंसिर ११, २०७९  २१:१२
1140x725

काठमाडौं- मंसिर ४ गते सम्पन्न निर्वाचन अन्तर्गत बागमती प्रदेशका दोलखा बाहेक सबै क्षेत्रको नतिजा सार्वजनिक भएको छ। दोलखामा भने पुन: मतदान हुँदैछ। दाेलखाका १० स्थानमा १५ गते पुन: मतदान गराउने निर्णय निर्वाचन आयाेगले गरेकाे छ।

हालसम्म सार्वजनिक भएको आँकडा हेर्दा सत्ता-गठबन्धनको सरकार बन्ने देखिन्छ। बागमती प्रदेशमा समानुपातिकतर्फको मत गणना जारी छ। समानुपातिकमा हालसम्म नेकपा एमाले अगाडि छ भने दोस्रोमा नेपाली कांग्रेस र तेस्रोमा राप्रपा छ। 

नेपाली कांग्रेसले ३ लाख ४८ हजार ८ सय ७६ मत पाएको छ। नेकपा एमालेले ३ लाख ९७ हजार ८ सय ४१ र माओवादी केन्द्रले १ लाख ९५ हजार ४ सय ३३ मत पाएको छ। एकीकृत समाजवादीले ४० हजार ७६ मत पाएको छ। तेस्रो स्थानमा रहेको राप्रपाले २ लाख ४ हजार ८ सय ४७ मत पाएको छ।  

बागमती प्रदेशका ११० सिटमध्ये सरकार बनाउन ५६ सिट आवश्यक आवश्यक हुन्छ। प्रत्यक्ष ६६ र समानुपातिक ४४ सिट गरी ११० सिट निश्चित गरिन्छ।  

बागमती प्रदेशमा यस पटक नेपाली कांग्रेस पहिलो दल बनेको छ। कांग्रेसले २४ सिटमा जित हात पारेको छ। कांग्रेसले २०७४ सालमा ७ सिट मात्र जितेको थियो । 

दोस्रो दल माओवादी केन्द्र बनेको छ। माओवादीले १४ सिटमा जित हात पारेको छ। २०७४ सालमा १५ सिट जितेकोमा उसको अहिले एक सिट घटेको छ। बागमतीमा नेकपा एमाले तेस्रो भएको छ। एमालेले १२ सिटमा जित हात पारेको छ।

२०७४ मा एमालेले ४२ सिटमा जित हात पारेको थियो। त्यस्तै एकीकृत समाजवादी ५, राप्रपा  ७, नेमकिपा १ र 
स्वतन्त्रले १ सिट प्रत्यक्षतर्फ जितेका छन्। यसमा अब समानुपातिकतर्फको सिट थप हुनेछ।

अहिले प्राप्त भएको मत परिणाम हेर्दा बागमतीमा सत्ता गठबन्धनका नेपाली कांग्रेस, माओवादी केन्द्र  र एकीकृत समाजवादीको सरकार बन्ने निश्चित देखिन्छ। 

Ncell 2
Ncell 2

सम्भावित मुख्यमन्त्री 
सत्ता-गठबन्धनको भागबन्डा भएमा उक्त क्षेत्र नेपाली कांग्रेसको भागमा पर्ने देखिन्छ। प्रदेश सभाको पहिलो दल भएका कारण कांग्रेसले मुख्यमन्त्रीको दावी गर्नेछ। हाल सत्ता-गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका राजेन्द्र पाण्डे मुख्यमन्त्री छन्।

एमालेको सरकार ढालेर नयाँ बनाउने समयमा नै आधा-आधा गर्ने सहमति भएको दावी कांग्रेसले गरे पनि समाजवादीले सरकारमा निर्वाचनसम्मै बस्ने अडान लिएको थियो। यी कारणले गर्दा यस पटक बागमतीमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने देखिन्छ।

यदि सत्ता गठबन्धनको भागबन्डामा माओवादी केन्द्र परेमा उसले शालिकराम जमरकट्टेललाई अघि सार्नेछ। उनी अघिल्लो पटक पनि दावेदार थिए। तर मन्त्रीमै सीमित भएका थिए। 

यस्तो छ बागमतीको तथ्यांक 
सिन्धुली 

मातृकाप्रसाद भट्टराई- माओवादी 
रामकुमार पहाडी- नेपाली कांग्रेस 
छेत्रबहादुर बम्जन- नेपाली कांग्रेस
गंगानारायण श्रेष्ठ-  माओवादी केन्द्र 

रामेछाप 
तारानारायण श्रेष्ठ- माओवादी 
युवराज चौलागाईं- माओवादी केन्द्र 

सिन्धुपाल्चोक 
मसिना खड्का नेपाली- कांग्रेस 
सरल सहयात्री पौडेल-  माओवादी 
युवराज दुलाल- माओवादी 
कृष्णकुमार तामाङ-  नेपाली कांग्रेस 

काभ्रेपलान्चोक 
रत्नप्रसाद ढकाल- माओवादी 
तीर्थबहादुर लामा- नेपाली कांग्रेस 
लक्ष्मण लम्साल- एकीकृत समाजवादी 
कञ्चनचन्द्र बादे- नेपाली कांग्रेस 

ललितपुर 
मधुसुदन पौडेल- एमाले 
मीनकृष्ण मर्हजन- नेपाली कांग्रेस 
रामेश्वर श्रेष्ठ- एमाले 
रामकृष्ण चित्रकार- नेपाली कांग्रेस 
रघुनाथ मर्हजन- एमाले 
प्रेमबहादुर मर्हजन- एमाले 

भक्तपुर 
सुरेश श्रेष्ठ- नेपाली कांग्रेस 
सुरेन्द्रराज गोसाई- नेमकिपा
किरण थापा मगर- एमाले 
राजेन्द्रमान श्रेष्ठ- एकीकृत समाजवादी 

नुवाकोट 
राधिका तामाङ- माओवादी 
रमेशकुमार महत- नेपाली कांग्रेस 
रामप्रसाद ढुङ्गाना- माओवादी 
बहादुरसिंह लामा- नेपाली कांग्रेस 

रसुवा 
प्रभात तामाङ- नेपाली कांग्रेस 
ईन्द्रप्रसाद गोतामे- माओवादी 

धादिङ 
मदुकुमार श्रेष्ठ- नेपाली कांग्रेस 
शालिकराम जमरकट्टेल- माओवादी 
गोविन्द लम्साल- नेपाली कांग्रेस 
डम्बर तामाङ- राप्रपा 

मकवानपुर
प्रेमबहादुर पुलामी- माओवादी केन्द्र 
एकालाल श्रेष्ठ- एमाले 
कुमारी मोक्तान- माओवादी केन्द्र 
ईन्द्रबहादुर बानियाँ- नेपाली कांग्रेस

चितवन 
जगन्नाथ थपलिया- एमाले 
कृष्णप्रसाद खनाल- एकीकृत समाजवादी 
कृष्णप्रसाद सिलवाल- एमाले 
उत्तम जोशी- नेपाली कांग्रेस 
गिरबहादुर तामाङ- राप्रपा 
ठाकुरप्रसाद ढकाल- माओवादी केन्द्र 

काठमाडौं
दिपेन्द्र श्रेष्ठ- नेपाली कांग्रेस 
सुरजचन्द्र लामिछाने- नेपाली कांग्रेस
सुनिल केसी- राप्रपा 
राजु विष्ट- राप्रपा 
छिरिङ दोर्जे लामा- नेपाली कांग्रेस 
विमल ठकुरी- नेपाली कांग्रेस 
श्रीराम लामिछाने- नेपाली कांग्रेस 
जयराम थापा- एमाले 
राजेन्द्र कक्षपति- राप्रपा 
श्यामबहादुर खड्का- नेपाली कांग्रेस 
हरिप्रभा खड्गी- नेपाली कांग्रेस 
अमनकुमार मास्के- एमाले 
बसन्तप्रसाद मानन्धर- एकीकृत समाजवादी 
प्रकाश श्रेष्ठ- एमाले 
शैलेन्द्रमान बज्राचार्य- हाम्रो नेपाली पार्टी 
उद्धव थापा- राप्रपा 
नुरज बज्राचार्य- राप्रपा 
केशवप्रसाद पोखरेल- एमाले 
पुकार महर्जन- नेपाली कांग्रेस 
रमा आले मगर- एकीकृत समाजवादी

 

याे पनि पढ्नुस ।

प्रदेश- १ मा ठूलो दल बनेको एमालेले सरकार बनाउने सम्भावना कति ?

लुम्बिनी प्रदेशमा ठूलो दल एमाले,  सरकार बनाउन नागरिक उन्मुक्ति र स्वतन्त्र निर्णायक

कर्णाली मतपरिणाम : प्रत्यक्षमा शून्य बनेको एमाले समानुपातिकमा पहिलो

मधेस प्रदेशमा सरकार बनाउने जोड-घटाउ: स्वतन्त्र सांसद नै निर्णायक

सुदूरपश्चिम प्रदेशबाट मुख्यमन्त्री को?

प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९  २१:१२
  • #प्रतिनिधि सभा निर्वाचन २०७९
  • #प्रदेश सरकार

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बंगलादेशलाई टी–२० विश्वकपबाट हटाएर स्कटल्यान्डलाई स्थान दिने निर्णय
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
उम्मेदवारको वैयक्तिक विवरण निर्वाचन आयोगद्वारा सार्वजनिक
सम्बन्धित सामग्री
समानुपातिकतर्फको साढे एक करोड मतपत्र छापियो, ५० लाख छाप्न बाँकी मतपत्र छपाइकार्य यही माघ २ गतेदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा सुरु भएको थियो । अब ५० लाख थान मतपत्र छाप्न बाँकी... शनिबार, माघ १०, २०८२
राष्ट्रिय सभा सदस्य निर्वाचनको सबै तयारी पूरा आयोगले शुक्रबार आयोजना गरेको साप्ताहिक पत्रकार सम्मेलनमा राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत मतदानका लागि सबै तयारी पूरा भएको प्रवक... शुक्रबार, माघ ९, २०८२
प्रतिनिधि सभा निर्वाचन : देशभर ४९ जनाले फिर्ता लिए उम्मेदवारी शुक्रबार निर्वाचन आयोगले पत्रकार सम्मेलनमा गर्दै यसबारे जानकारी दिएको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार ४९ जनाले उम... शुक्रबार, माघ ९, २०८२
ताजा समाचारसबै
बंगलादेशलाई टी–२० विश्वकपबाट हटाएर स्कटल्यान्डलाई स्थान दिने निर्णय शनिबार, माघ १०, २०८२
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु शनिबार, माघ १०, २०८२
उम्मेदवारको वैयक्तिक विवरण निर्वाचन आयोगद्वारा सार्वजनिक शनिबार, माघ १०, २०८२
चुनावमा पैसाको चलखेल रोक्न सके नेकपा पहिलो पार्टी बन्छ : प्रचण्ड शनिबार, माघ १०, २०८२
चुनावबारे ओली अझै अन्योलमा,भने- आन्दोलनमा उत्रिनुपर्ने हो कि चुनावमा सहभागी हुनुपर्ने हो, भन्न सकिन्न शनिबार, माघ १०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी शुक्रबार, माघ ९, २०८२
ओखलढुंगामा सन्त तामाङद्वारा उम्मेदवारी फिर्ता, नेकपाका अमिरबाबु गुरुङलाई समर्थन शुक्रबार, माघ ९, २०८२
डा. बाबुराम भट्टराईद्वारा उम्मेदवारी फिर्ताको घोषणा शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्