• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
राजनीतिमा नीति बहस-५

घोषणापत्रमा पर्यटनको मुद्दा: दलहरुले समेट्नुपर्ने विषय के हुन्?

64x64
भूपेन्द्र शाह ठकुरी मंगलबार, कात्तिक १, २०७९  १३:३३
1140x725

काठमाडौं– मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि दलहरु अहिले घोषणापत्र निर्माणको क्रममा छन्। केही स्वतन्त्र उम्मेदवारहरुले पनि घोषणापत्र लेखिरहेका छन् भने केही उम्मेदवारले व्यक्तिगत रुपमा ‘प्रतिबद्धता पत्र’ जारी गर्न थालेका छन्। 

दलहरुले चुनावी घोषणापत्रमा ‘आर्थिक विकास’को विषयलाई महत्त्वका साथ समेट्ने गरेका छन्। रोजगारी सिर्जना, कृषि उत्पादन, औद्योगिक विकासका विषयमा दलहरुले विभिन्नखाले योजना घोषणापत्रमा समेटेका हुन्छन्। राजस्व र विदेशी मुद्रा आर्जनका लागि प्रमुख ‘उद्योग’ मानिने पर्यटनको विकासका लागि दलहरुले घोषणापत्रमा के–के विषय समेट्लान् वा समेट्नु पर्ला?  ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का पूर्व अध्यक्ष खुम बहादुर सुवेदी पर्यटन क्षेत्रको विकासका लागि दलहरुले कार्यान्वयनयोग्य योजना ल्याउनुपर्ने बताउँछन्। 

संघीयताको कार्यान्वयनसँगै ३ तह (संघ, प्रदेश र स्थानीय) सरकारले आ–आफ्नो कार्यक्षेत्रमा रहेर काम गर्न थालिसकेको अवस्थामा पर्यटन क्षेत्रको विकासका लागि पनि विभिन्न तहका सरकारको जिम्मेवारी तोकिनुपर्ने उनको भनाइ छ। पर्यटनको विकास र प्रबर्द्धनका लागि दलहरुले स्थानीय तहदेखि संघ सरकारको जिम्मेवारीका क्षेत्रबारे स्पष्ट धारणा ल्याउनुपर्ने उनको भनाइ छ। 

‘हरेक राजनीतिक दलहरुले राजनीति सँगसँगै पर्यटनलाई पनि अघि बढाउनुपर्छ। दलहरुले आ–आफ्नो घोषणापत्रमा पर्यटन क्षेत्रको विकासका लागि संघ, प्रदेश र स्थानीय सरकारको जिम्मेवारी र कार्यान्वयनयोग्य कामको विषयमा पनि स्पष्ट रुपमा उल्लेख गर्नुपर्छ,’ सुवेदी भन्छन्। 

दलहरुले पर्यटकीय क्षेत्रको भौगोलिक विशेषताअनुसार त्यहाँ आवश्यक पर्ने भौतिक संरचना लगायत अन्य विकासका कार्यबारे स्पष्ट रुपमा घोषणापत्रमा उल्लेख गर्नुपर्ने उनको भनाइ छ। 

साइकल यात्रामार्फत् सुदूरपश्चिम प्रदेशको सुन्दरता उजागर गरिरहेका साइकल यात्री भरत विक्रम शाह भने पर्यटनको विकासका लागि दल र राज्यको ठोस योजना नै नभएको बताउँछन्। दलहरुले स्पष्ट नीति नलिँदा नै नेपालमा अपेक्षाअनुसार पर्यटनको विकास हुन नसकेको शाहको भनाइ छ। 

‘नेपालमा कस्तो खालको पर्यटनको सम्भावना छ, भौगोलिक, समाजिक र सांस्कृतिक पक्षबारे न त दलहरुले नै स्पष्ट धारणा बनाउन सकेका छन्, न राज्यले नै ठोस नीति लिएको छ,’ शाह भन्छन्। 

‘सुदूरपश्चिम प्रदेशका प्रमुख पर्यटकीय स्थलहरुकै कुरा गर्दा त्यहाँ अत्यावश्यक पूर्वाधार बन्न सकेका छैनन्। पर्यटकीय क्षेत्र पुग्ने बाटो निर्माण गर्ने विषयमा पनि सरकारको चासो छैन,’ शाहले भने। 

Ncell 2
Ncell 2
nimb
nimb

आन्तरिक पर्यटनको प्रवर्द्धनमा सक्रिय हिमालयन भट्ट (फेरुवा) पर्यटनसम्बन्धी चेतना विकासका लागि दलहरुले मुख्य भूमिका खेल्नुपर्ने बताउँछन्। पर्यटकीय क्षेत्रका नागरिकहरुमा पर्यटनसम्बन्धी चेतना, पर्यटकसँग गर्नुपर्ने व्यवहार, पर्यटकीय क्षेत्रको संरक्षण लगायत विषयमा दलहरुले भूमिका खेल्नुपर्ने फेरुवाको भनाइ छ। 

‘दलहरुले चुनावी घोषणापत्र बनाउँदा पर्यटन क्षेत्रलाई बिर्सिन मिल्दैन। पर्यटन क्षेत्रको विकासको योजना कर्मकाण्डी मात्रै नभएर कार्यान्वयन हुने खालको हुनुपर्छ,’ फेरुवा भन्छन्। 

पर्यटकीय क्षेत्रमा आवाससँग सम्बन्धित पूर्वाधार (होटल, होमस्टे) निर्माणका लागि पनि दलहरुले पहल गर्नुपर्ने फेरुवाको मत छ। 

‘जुनसुकै ठाउँबाट आउने पर्यटकहरुलाई खान बस्ने ठाउँको समस्या नहोस्। पर्यटन बोर्डहरुलाई सक्रिय बनाउनुपर्छ। पर्यटनसम्बन्धी जनचेतनाा फैलाउनु पर्छ। पर्यटकीय क्षेत्रको विकासका लागि कार्यक्रमहरुको आयोजना गर्ने गर्नुपर्छ,’ फेरुवा भन्छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘होटलहरुलाई उधोगको रुपमा लैजानुपर्छ’
त्यस्तै होटल व्यवसायी महासंघका प्रथम उपाध्यक्ष एवम् एयरपोर्ट होटलका प्रबन्धक विनायक शाह अरु क्षेत्रभन्दा पर्यटन क्षेत्र सजिलो भएको बताउँछन्। 

उनले भने,‘नेपाल आफैंमा सबै कुरामा भरिपूर्ण देश हो। स्वदेशी, विदेशी पर्यटकहरुलाई चाहिने धार्मिक, साँस्कृति सबै कुराहरु पर्याप्त छ। नेपालमा यी कुरा उपलब्ध छ। नेपाल आएर भिजिट गर, गन्तव्यस्थानहरुको पर्वद्धनको काम अलिअलि भएको छ। तर जति भएको छ, त्योभन्दा बढी गर्नुपर्दछ।’

उपाध्यक्ष शाहले गन्तव्यको पहिचान नै मुख्य रुपमा दलहरुले घोषणापत्रमा समेट्नु पर्ने बताए। उनले थपे, ‘पर्यटक ल्याउने आधार भनेको त मुख्य रुपमा पूर्वाधारहरु बाटोघाटो, हवाई जहाज, विमानस्थल हुन्। त्यो हामीकहाँ असाध्यै सीमित छन्। हामीकहाँ अहिले भएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल एकदमै साँघुरो भइसक्यो। भैरहवा खुल्यो, तर अहिलेसम्म गति लिन सकिरहेको छैन। पोखराको हालत पनि त्यस्तै छ।’

‘पर्यटनलाई अर्थतन्त्र जोड्नुपर्छ’
नेपाल पर्यटन बोर्डका महाप्रबन्धक खडक विक्रम शाह पर्यटनलाई देशको अर्थतन्त्रसँग जोडेर हेर्नुपर्ने बताउँछन्। दलहरुले यस्ता विषय घोषणापत्रमा समेट्ने मात्र नभइ सरकारमा पुगेपछि कार्यान्वनय गर्न पनि आवश्यक भएको उनको भनाइ छ। 

शाह भन्छन्, ‘दलहरुले पर्यटनलाई देशको अर्थतन्त्रसँग पनि जोडेर हेर्नुपर्छ। विदेशी मुद्रा आर्जन, रोजगारी र स्थानीय उत्पादनको खपत बढाउने क्षेत्र भएकाले पर्यटन प्रवर्द्धनलाई प्राथमिकताका साथ घोषणापत्रमा राख्नुपर्छ। घोषणापत्रमा राख्नुले मात्र सार्थकता पाउँदैन। सरकारमा गइसकेपछि त्यसको प्रभावकारी कार्यान्वयन गर्न पनि सक्नुपर्छ।’

कम्तीमा पनि पाँच वर्षको अवधिमा २५ लाख पर्यटक भित्र्याउने गरी सरकारले कार्ययोजना निर्माण गर्नुपर्ने उनको भनाइ छ। हाल दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल भएकाले भैरहवा विमानस्थललाई पनि पूर्ण रुपमा सञ्चालनमा ल्याउनका लागि सरकारलाई दलहरुले दबाब दिनुपर्ने शाहले बताए। 

पर्यटन प्रवर्द्धनका लागि पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ। ‘पयर्यटक अहिले पनि नआएका भने हाेइनन्, तर त्यहाँसम्म पुग्दा पाउने दु:खका कारण फेरि फर्केर आउने अवस्था छैन। अब चुनाव आउँदैछ। कम्तीमा पनि पर्यटनलाई अर्थतन्त्रसँग जोड्ने योजना हामीसँग छ भनेर दलहरुले घोषणापत्रमा प्रमुखताा साथ समेट्नुपर्छ’, उनी भन्छन्।


यस श्रृङ्खलाका थप सामग्रीहरु: 

घोषणापत्रमा कृषि: दलहरूको प्राथमिकतामा के-के विषय पर्नुपर्छ?

घोषणापत्रमा शिक्षा : यस्ता छन् समेट्नैपर्ने विषय

घोषणापत्रमा सामाजिक न्याय : समेटिन्छ तर कार्यान्वयन हुँदैन

घोषणापत्रमा वैदेशिक रोजगारीः यी हुन् दलहरुको प्राथमिकतामा पर्नैपर्ने विषय


 

प्रकाशित मिति: मंगलबार, कात्तिक १, २०७९  १३:३३
  • #राजनीतिमा नीति बहस

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्