• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २२, २०८३ Mon, Sep 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
राजनीतिमा नीति बहस- २

घोषणापत्रमा शिक्षा : यस्ता छन् समेट्नैपर्ने विषय

64x64
धनु विश्वकर्मा सोमबार, असोज १०, २०७९  ०८:३३
1140x725

काठमाडौं–  शिक्षा प्रणालीको सुधारविना देशको समृद्धिको परिकल्पना गर्न नसकिने अनेक उदाहरण छन्। तर, नेपालमा शिक्षालाई दलहरुले प्राथमिकतामा राखेका छैनन्।

दलकै कतिपय नेताहरु र उनीहरुका निकटस्थको शिक्षामा लगानी हुने गरेका कारण निजी शिक्षा अनुकूल नीति छ। सार्वजनिक शिक्षाको गुणस्तर ओरालो लागेको लाग्यै छ भने निजी मौलाउँदो छ।

दलहरु यतिबेला चुनावको घोषणापत्र लेखिरहेका छन्। उनीहरुले घोषणापत्रमा लेखेका विषय नै सरकार बनाउँदा कार्यान्वयन गर्न लागिपर्ने विश्वास गरिन्छ। त्यसैले शिक्षा क्षेत्रलाई घोषणापत्रमा कसरी उल्लेख गर्ने भन्ने विषयमा प्राप्त सुझावलाई यहाँ प्रस्तुत गरिएको छः

शिक्षालाई नि:शुल्क बनाउँ: उज्जवल प्रसाई, विश्लेषक
समय परिवर्तित छ, तर शिक्षा पराम्परागत नै छ। त्यसैले हाम्रो शिक्षामा पनि परिवर्तन गर्न दलहरुले अब घोषणापत्रमा ठोस योजना राख्नुपर्छ। 

सार्वजनिक शिक्षालाई जसरी हामी निःशुल्क भन्दै आएका छौं, लागु भने भएको छैन। विद्यालयले विद्यार्थीबाट विभिन्न बहानामा शुल्क लिइरहेका छन्। जसरी सार्वजनिक शिक्षालाई समुदायमा ल्याइयो, समुदायका मान्छे सञ्चालक समितिमा रहेर सञ्चालक छन्। त्यसको कार्यान्वयन राम्रोसँग भएको देखिँदैन। त्यसलै अब सार्वजनिक शिक्षा समुदाय केन्द्रित हुनुपर्छ।

शिक्षामा ११ प्रतिशत बजेट छ जुन निकै कम हो। बजेटलाई २० प्रतिशत पुर्‍याउन दलहरुले प्रतिस्पर्धामा नै प्रतिबद्धता जनाउनुपर्छ। संविधानमा नै समाजवादप्रति प्रतिबद्ध भनेर लेखिएको छ। कतिपय समाजवादी भन्ने दलले नै सस्तो र सुलभ शिक्षाको नीति अपनाउने विषयमा आवाज उठाउँदैनन्।

सन् १९९० पछि एकातिर सामुदायिक शिक्षा समुदायकै हातमा दिइयो। अर्कातिर निजी विद्यालय अनुकूल नीति बनाइयो। यसमा हेरफेर हनुपर्छ। संविधानमा समेटिएका शिक्षाका अधिकारलाई मात्र कार्यान्वयन गर्ने ठोस योजना बनाउनुपर्छ। 

चुनावी अजेण्डा भनेको मतदाताको मत खिच्ने यन्त्र मात्र होइन, नेपालको शिक्षा प्रणाली कस्तो बनाउने भने रोल मोडल पनि हो। भोलि सरकारमा गए तिनै प्रतिवद्धतामा रहेर कार्यान्वयन गर्ने भएकाले पनि घोषणापत्र नामका मात्र बनाउन हुँदैन।

Ncell 2
Ncell 2
nimb
nimb

५ वर्षअघि निर्माण गरेका शिक्षाका अजेण्डा आजसम्म कसैलाई एक वाक्य सोध्दा भन्न नसक्ने अवस्था छ। दलहरु आफनो अजेण्डाप्रति गम्भीर छैनन्। यस्तो अवस्थाले पनि घोषणापत्र भनेको कागजको खोस्टो सावित भएका छन्। विगतका कमिकमजोरीलाई मनन गर्दै मौलिक हकमा भएको शिक्षाको हकलाई मात्र कार्यान्वयन गर्ने अजेण्डा प्रष्ट रुपमा घोषणापत्रमा लेखे पुग्छ। संविधानमा भएको  धारा ३१ मा भएको शिक्षाको हक अन्तर्गत मात्र अजेण्डा र त्यसको कार्यान्वयन गर्न सके पनि पुग्छ।

नीति बनाउँदा व्यावहारिक रुपमा के भैराखेको छ भनेर पनि अध्ययन गरौं। अहिलको आवश्यकता भनेको निःशुल्क शिक्षा हो। बरु शिक्षामा बजेट बढाउँ, अन्य क्षेत्रमा घटाउँ। घोषणापत्र दलले नै अर्थहीन बनाएकाले यसलाई व्यावहारिक बनाउँ।

संविधानमा व्यवस्था गरेका शिक्षाका हकलाई कार्यन्वयन गरौं:  प्रा विद्यानाथ कोइराला, शिक्षाविद्
जसरी नेपालको संविधानमा शिक्षासम्बन्धी जुन मौलिक हक भनिएर राखेको छ, त्यो नै अव्यावहारिक छ। सबै दलले अबको घोषणापत्रमा खास नयाँ कुरा केही लेख्नुपर्दैन। संविधानमा आफैंले राखेको कुरा मात्र कार्यान्वयन गरे पुग्छ। संविधानले नै व्यवस्था गरेका चारवटा जति व्यवस्था छन्। तिनैलाई केन्द्रमा राखेर घोषणापत्र निर्माण गर्न सुझाव दिन चाहन्छु।

पहिलो, धारा ३१ मा शिक्षासम्बन्धी हकमा प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुनेछ भनेर उल्लेख छ। यसैलाई मात्र कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुपर्छ। प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुने भनिएको छ। तर, यसको कार्यान्वयन पक्ष निकै कमजोर छ। यसैलाई साँच्चिकै निःशुल्क गरौं।

Ghosana_patra_Education_Subject1664086847.jpg

यो संविधानमा लेखेर मात्र होइन। यसअनुसार कहाँ नि:शुल्क शिक्षा पाएका छन्, कहाँ छैनन्। अब यसको अध्ययन सहितको अपांगता भएका र आर्थिक रूपले विपन्न नागरिकलाई कानुन बमोजिम निःशुल्क उच्च शिक्षा पाउने जुन व्यवस्था छ, त्यसैलाई कार्यन्वयन गर्न घोषणापत्रमा लेख्नुपर्छ।

दोस्रो, धारा ४० मा दलितको हकमा दलित विद्यार्थीलाई प्राथमिकदेखि उच्च शिक्षासम्म कानुन बमोजिम छात्रवृत्तिसहित निःशुल्क शिक्षाको व्यवस्था गरिनेछ भनिएको छ। प्राविधिक र व्यावसायिक उच्च शिक्षामा दलितका लागि कानुन बमोजिम विशेष व्यवस्था गरिने भनिएको छ। त्यसैलाई घोषणापत्रमा कार्यान्वयनका पक्ष समेटिनुपर्छ। दलितको शिक्षामा कस्तो पहुँच छ, त्यो पहिचान गरौं। उनीहरुलाई विद्यालयसम्म आउने वातावरणका लागि घोषणापत्रमा लेखौं।

तेस्रो, धारा ३२ मा ‘भाषा तथा संस्कृतिको हक’ मा प्रत्येक व्यक्ति र समुदायलाई आफ्नो भाषा प्रयोग गर्ने हक हुने उल्लेख छ। उदाहरणका लागि उपत्यकाका सामुदायिक विद्यालयमा नेवारी भाषामा पठनपाठन गराइँदै आएको छ। सामुदायिक विद्यालयमा सबै नेवारी समुदायका विद्यार्थी हुँदैनन्। सबैका लागि नेवारी मातृभाषा नहुन सक्छ। मातृभाषा ऐच्छिक हुनुपर्ने हो। तर, यहाँ नेवारी भाषा माध्यम मानेका छन्। त्यसैले यस्ता विषयमा कानुनमै पनि स्पष्ट राख्नुपर्ने हुन्छ। 

चौथो, धारा ५१ मा राज्यका नीतिअन्तर्गत नागरिकका आधारभूत आवश्यकतासम्बन्धी नीतिमा शिक्षालाई वैज्ञानिक, प्राविधिक, व्यावसायिक, सीपमूलक, रोजगारमूलक एवं जनमुखी बनाउँदै सक्षम, प्रतिस्पर्धी, नैतिक एवं राष्ट्रिय हितप्रति समर्पित जनशक्ति तयार गर्ने भन्ने व्यवस्था छ। पहिले शिक्षा व्यवसायिक भएन भनेर यो अवधारणा आएको हो। यसलाई अझै नीतिगत ढंगले पनि घोषणापत्रमा लेखिनुपर्ने हुन्छ।

शिक्षा क्षेत्रमा राज्यको लगानी अभिवृद्धि गर्दै शिक्षामा भएको निजी क्षेत्रको लगानीलाई नियमन र व्यवस्थापन गरी सेवामूलक बनाउने र उच्च शिक्षालाई सहज, गुणस्तरीय र पहुँचयोग्य बनाइ क्रमशः निःशुल्क बनाउँदै लैजाने गर्नुपर्छ। तर, आज पनि शिक्षा निःशुल्क हुन सकेको छैन। अब शिक्षालाई निःशुल्क बनाउने मोडलसहित घाषणापत्र आउनुपर्छ।

शिक्षामा अर्को ठूलो समस्या भनेको व्यवसायिक शिक्षाको अभाव हो। पञ्चायतमा पनि पूर्वव्यवसायिक शिक्षा थियो। दलका नारा पनि यस्तै छन्। घोषणापत्रमा पनि देखिन्छ। तर, घोषणापत्रमा राख्दैमा क्रान्तिकारी भइँदैन। त्यसैले अब रोजगारीको सुनिश्चितता सहितको शिक्षा प्रणाली भनेर लेख्नुपर्छ। दक्ष जनशक्ति उत्पादन गर्न पैसा लाग्छ। त्यो पैसा कसले दिने? त्यसको बजार के? भनेर पनि नीतिमा लेखिनुपर्छ।

बालबालिका प्राय: परिवारसँग बस्छन्। नेपाली समाज विविधताले भरिएको छ। त्यसैले हिमाल, पहाड र तराईको समाजको संरचना अध्ययन गरेर शिक्षामा थप के गर्न सकिन्छ भनेर त्यसलाई जोड दिनुपर्छ।

बालविकासदेखि विद्यालय तहसम्म लागू गर्न सके अझै उत्तम हुने पनि जोड दिएका छन्। उनका अनुसार ११ कक्षामा विद्यार्थी पुगेपछि अर्को समस्या छ। ११ र १२ को शिक्षा भनेको ११ माथि वा ११ तल भनेर स्पष्ट नपारेको गुनासो छ। १० पास भनेको पाठ्यक्रम र सरकारको भाषामा विद्यालय पास गरेको हो, सरकारको यो बुझाइले निजी क्षेत्रले मनोमानी गरेका छन्। कतै उच्च शिक्षा, कतै कलेज कतै प्लस टू भनेको छ। ११ र १२ भनको विद्यार्थीको रहर लागेको विषय पढाइ हुने हो। यो कुरा पनि दलका घोषणा पत्रमा स्पष्ट लेखिनुपर्छ।

सामुदायिक शिक्षासँगै निजीमा जोड दिनुपर्छ : शिव कार्की, निजी विद्यालय सञ्चालक
अबको चुनावी घोषणापत्रमा सामुदायिक शिक्षासँगै निजी शिक्षालाई पनि जोड दिनुपर्छ। हामीले यस विषयमा छलफल गरेर अगामी चुनावका घोषणापत्रमा निजी शिक्षाका विषयमा कार्यपत्र तयार पारेर सबै राजनीतक दललाई बुझाएका छौं।

निजी शिक्षाले पनि सामुदायिक शिक्षा जस्तै बराबर मान्यता दिइनुपर्छ। निजी र सामुदायिक विद्यालयमा भिन्नताका आँखाले नहेरौं। राज्यले व्यवस्था गरेको आरक्षणमा जसरी निजी विद्यालयलाई नदिने व्यवस्थालाई अबको चुनावी घोषणा पत्रमा समेट्न हाम्रो सुझाव छ। 

निजी वा सामुदायिक विद्यालय जहाँबाट आएपनि त्यो राज्यको सम्पत्ति हुन्। त्यसैले समान अवसर दिनु पर्छ र गुणस्तरीय शिक्षाका लागि ठोस कार्यक्रम निर्माण गर्नुपर्छ।


यो श्रृङ्खलाका अन्य सामग्री:

घोषणापत्रमा कृषि: दलहरूको प्राथमिकतामा के-के विषय पर्नुपर्छ?
 

प्रकाशित मिति: सोमबार, असोज १०, २०७९  ०८:३३
  • #राजनीतिमा नीति बहस

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
आफैंलाई साढे ३ करोड क्षति हुँदा पनि वर्ल्डलिंकले बाढीपीडितलाई १ करोड १ लाख दियो सोमबार, भदौ २२, २०८३
चार अर्ब डलर बढीको टेलिस्कोप ‘रोमन’, जसले डार्क इनर्जी र डार्क म्याटरको प्रभाव पत्ता लगाउनेछ सोमबार, भदौ २२, २०८३
बाढी प्रभावित विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था गर्ने शिक्षामन्त्रीको घोषणा सोमबार, भदौ २२, २०८३
एनपीएलको मिडिया र टिकेटिङ अधिकार ३३ करोडभन्दा बढीमा बिक्री सोमबार, भदौ २२, २०८३
रसुवा जाने वैकल्पिक सडक सञ्चालनमा, ठूला सवारी दुईतर्फी चल्ने सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
केपी ओलीलाई कालोमोसो दलिएको ‘एआई निर्मित’ कृतिम फोटो भाइरल आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्