• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २२, २०८३ Mon, Sep 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

सरकारी स्वास्थ्य संस्थामा फोलिक एसिड र आइरन चक्कीको अभाव: कारण र असर यस्ता छन्

64x64
नेपाल लाइभ शुक्रबार, असार १३, २०८२  २०:५७
1140x725

काठमाडौं– कतिपय सरकारी स्वास्थ्य केन्द्रहरूमा केही महिनायता देखिँदै आएको फोलिक एसिड तथा आइरन चक्कीलगायतका नि:शुल्क औषधिहरूको अभावलाई सम्बोधन गर्न नयाँ आर्थिक वर्षको बजेटमा प्रस्तावित रकम नआइपुग्दै खरिद प्रक्रिया अघि बढाइएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले जनाएका छन्।

सरकारी स्वास्थ्य संस्थाहरूमा यी औषधि उपलब्ध नहुँदा गर्भवती, सुत्केरी तथा किशोरीहरू मर्कामा पर्दै आएको बताइएको थियो।

यी औषधिलाई गर्भवती, सुत्केरी तथा किशोरीहरूका निम्ति महत्त्वपूर्ण पोषक तत्त्वका रूपमा लिइन्छ।

"यसअघि सङ्घले नै ती औषधि खरिद गरेर प्रदेश र स्थानीय तहमा पठाउने गरेको थियो," स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागका व्यवस्थापन महाशाखा प्रमुख डाक्टर पवनजङ्ग रायमाझीले बीबीसीसँग भने, "चालू आर्थिक वर्षमा बजेट नभएकाले त्यसो गर्न नसकिँदा कतिपय स्वास्थ्य संस्थामा केही महिनायता ती औषधिको अभाव देखिँदै आएको छ।"

सरकारले आगामी आर्थिक वर्षका निम्ति भने 'आधारभूत स्वास्थ्य सेवा केन्द्र र आधारभूत अस्पतालबाट नि:शुल्क उपलब्ध हुँदै आएका औषधिहरूको आपूर्ति सुनिश्चित गर्न २ अर्ब ६ करोड रुपैयाँ विनियोजन' गरेको छ।

देशैभरका स्वास्थ्य संस्थालाई लक्षित गरेर खरिद प्रक्रिया अघि बढाइएकाले चाँडै नै सबै स्वास्थ्यसंस्थामा ती औषधिहरू उपलब्ध हुने रायमाझीले दाबी गरे।

अभाव हुनुको कारण

सुरक्षित मातृत्वसहित पोषणका कार्यक्रमहरू स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले हेर्छ।

Ncell 2
Ncell 2
nimb
nimb

उक्त शाखाले आन्तरिक आपूर्ति व्यवस्थापन सूचना प्रणालीबाट प्राप्त सूचनाहरूलाई विश्लेषण गरेर निश्चित अवधिका निम्ति आवश्यक पर्ने अत्यावश्यक औषधिको अनुमान गर्ने र विभागले त्यसैका आधारमा खरिद गर्ने गरेको महाशाखाका निर्देशक डाक्टर विवेककुमार लाल बताउँछन्।

"यति औषधि खपत हुन सक्छ भन्ने अनुमानको आधारमा औषधिहरू खरिद गर्ने हो। त्यो हिसाबले दुई वर्षअघि विभागले खरिद गरेर प्रदेश र स्थानीय तहमा पठाएको थियो। त्यसले चालू असार महिनासम्म धान्ने ठानिएको थियो," लालले भने, "तर बीचमै मौज्दात सकियो। हामीले बजेटको माग पनि गरेका थियौँ तर प्राप्त नभएपछि ती औषधिहरूको अभाव हुन पुग्यो।"

देशभरका सरकारी स्वास्थ्यसंस्थाबाट निःशुल्क आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न र उपचार तथा सेवामा एकरूपता ल्याउन सरकारले केही वर्षअघि ल्याएको आधारभुत स्वास्थ्य सेवामा आधारित स्तरीय उपचार पद्धति (स्ट्यान्डर्ड ट्रिट्मेन्ट प्रोटोकल) ले आधारभूत अस्पताल (प्राथमिक स्वास्थ्य केन्द्र) तथा आधारभूत स्वास्थ्य केन्द्र (स्वास्थ्य चौकी)बाट विभिन्न ९८ प्रकारका औषधिहरु निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको छ।

"फोलिक एसिड र आइरन चक्की पनि ती औषधिको सूचीमा पर्छन्," डाक्टर लालले भने, "तर पोषण कार्यक्रमअन्तर्गत विभागले नै खरिद गरेर पठाउँदै आएकाले धेरैजसो प्रदेश र स्थानीय तह ती औषधिका निम्ति विभागमा निर्भर हुने गरेका थिए। त्यसले गर्दा अभाव हुन पुगेको हो।"

किन महत्त्वपूर्ण छन् यी औषधि?

चिकित्सकहरूले फोलिक एसिड र आइरन चक्की प्राय: सबैजसो गर्भवती र सुत्केरीलाई सेवन गर्न सुझाएको पाइन्छ।

भिटामिन र खनिजले भ्रूणको विकास र रक्तकोषिका निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्नुका साथै आमाको स्वास्थ्यमा समेत अनुकूल प्रभाव पार्ने चिकित्सकहरू बताउँछन्।

"गर्भवती भएको सुरुवाती तीन महिना फोलिक एसिड दिन्छौँ," त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालकी स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर प्रिज्मा श्रेष्ठले भनिन्, "यसले न्युरल ट्यूब डिफेक्ट (एनटीडीएस) भनिने मस्तिष्क, मेरुदण्ड र त्यसका स्नायु प्रणालीमा हुन सक्ने समस्याहरूबाट जोगाउँछ।"

गर्भधारणको तीन महिनापछि आउने महिलालाई भने आइरन र क्याल्सिअम दिइने उनले बताइन्।

"नेपालमा रक्तअल्पताको समस्या धेरैमा छ र गर्भवती अवस्थामा त्यो झन् बढ्ने भएकाले त्यस्तो अवस्थामा आइरन र क्याल्सिअम चलाउने गर्छौँ," उनले भनिन्, "देशैभर यही प्रोटोकल हो।"

सन् २०२२ मा स्वास्थ्य मन्त्रालयले गरेको एउटा सर्वेक्षणमा नेपालमा ६–५९ महिनाका ४३ प्रतिशत शिशुमा र १५–४९ वर्षका ३४ प्रतिशत महिलामा रक्तअल्पताको समस्या देखिएको थियो।

"भ्रूणको विकासका निम्ति त दुवै महत्त्वपूर्ण हुने नै भए," डाक्टर श्रेष्ठले भनिन्, "त्यसका साथै सुत्केरी हुने बेला धेरथोर रगत खेर जान सक्ने भएकाले आइरन चक्कीको सेवन जरुरी हुन्छ किनकि रगतको मात्रा धेरै हुने बिरामीको ५०० एमएल रगत खेर जानु र थोरै हुने बिरामीको ५०० एमएल खेर जानुबीच धेरै अन्तर हुन्छ।"

गर्भविकासको मानक अवधि नपुगी सुत्केरी हुने र नवजात शिशु मृत्युदरजस्ता जटिलता न्यूनीकरणमा पनि यी औषधिहरू प्रभावकारी देखिएको चिकित्सकहरू बताउँछन्।

निजी पसलबाट खरिद गर्दा धेरै महँगो नपर्ने भए पनि देशका आधारभूत स्वास्थ्य केन्द्रहरूमा यी औषधिको अभाव हुँदा न्यून आय भएका गर्भवती वा सुत्केरीलाई "लामो समयसम्म फोलिक एसिड, आइरन र क्याल्सिअमका चक्कीहरू किनेर खानुपरेमा अतिरिक्त भार पर्न सक्ने" डाक्टर श्रेष्ठ बताउँछिन्।

कहाँ कहाँ अभाव ?

यी औषधि अभावको देशव्यापी असर देखिएको अधिकारीहरू बताउँछन्।

"ठ्याक्कै यही ठाउँमा अधिक असर देखिएको भन्न सक्ने अवस्था छैन," महाशाखा प्रमुख लालले भने, "अभाव हुन थालेपछि भने कतिपय स्रोतसम्पन्न प्रदेश र स्थानीय तह आफैँले खरिद गरेर वितरण गरेको देखिन्छ।"

पोखराको मातृशिशु मितेरी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर धर्मदेव खनालले अस्पतालमा नि:शुल्क आइरन चक्की र फोलिक एसिड उपलब्ध नभएको बताए।

पोखराकै प्रादेशिक जेनरल तथा सरुवा रोग अस्पतालमा पनि त्यस्तै स्थिति छ।

"हामीले गण्डकी प्रदेशको प्रादेशिक आपूर्ति व्यवस्थापन केन्द्रबाट ती औषधिहरू प्राप्त गर्ने हो," अस्पतालकी कार्यकारी निर्देशक डाक्टर सरोजा पोखरेलले भनिन्, "त्यहाँ सम्पर्क गर्दा खरिद प्रक्रिया चलिराखेको बताइएको छ।"

गण्डकी प्रदेशको प्रादेशिक आपूर्ति व्यवस्थापन केन्द्रकी महानिर्देशक डाक्टर रेखा पौडेल स्वास्थ्य विभागबाट औषधि पठाउन नसकिने सूचना चैतमा मात्रै प्राप्त भएकोले व्यवस्थापन गर्न समस्या परेको बताउँछिन्। "आकस्मिक व्यवस्थापनका निम्ति दस लाख रुपैँया प्राप्त गरी खरिद प्रक्रिया अघि बढाएका छौँ," उनले भनिन्, "तर त्यसले मुस्किलले एक महिना मात्रै धान्छ। त्यसपछि के गर्ने भन्नेबारे विभागसँग सोध्ने योजनामा छौँ।"

अन्य कतिपय स्थानीय तहका स्वास्थ्य संस्थाहरूले पनि ती औषधिको उपलब्धताबारे ताकेता गर्ने गरेको विभागका अधिकारीहरू बताउँछन्।

सङ्घअन्तर्गतका अस्पतालमा भने ती औषधिको अभाव नभएको अधिकारीहरूले बताएका छन्। चितवनस्थित भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट कृष्णप्रसाद पौडेलले आफूहरूसँग यस्ता औषधिको अभाव नभएको बताए।

कहिलेदेखि उपलब्ध हुन्छ?

महाशाखाका प्रमुख लालले खरिद प्रक्रिया अघि बढिसकेकाले छिट्टै अभाव हट्ने अपेक्षा गर्न सकिए पनि मिति तोक्न कठिन हुने बताए।

"सार्वजनिक खरिद ऐन र नियमावलीको परिधिमा रहेर उक्त प्रक्रिया अघि बढ्छ," लालले भने, "हामीले तोकेका सबै मापदण्ड पुग्ने गरी प्रस्तावहरू आए भने समयमै खरिद हुन्छ तर कहिलेकाहीँ दोस्रोपटक पनि बोलपत्र आह्वान गर्नुपर्ने भएकाले ठ्याक्कै मिति तोक्न सकिँदैन।"

"हामीले प्रदेशहरूबाट गर्भवती र सुत्केरी महिलाहरूको अनुमानित सङ्ख्या प्राप्त गरेका हुन्छौँ, औषधि प्राप्त हुनासाथ त्यसैका आधारमा प्रदेश हुँदै स्थानीय तहमा पठाउँछौँ। उक्त प्रक्रिया टुङ्गो नलाग्दासम्म प्रदेश र स्थानीय तहले आफैँ खरिद गरेर पनि अभाव हल गर्न सक्छन् किनकि त्यहाँबाट नि:शुल्क औषधिका निम्ति विभागले ससर्त रूपमा भिन्दै रकम पठाएको हुन्छ।"बीबीसी नेपालीबाट

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  २०:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस मिलाउन गगन देउवा पक्षको माग पूरा गर्न तयार छन् ?
वृद्ध दम्पतीलाई बन्धक बनाई लुटपाट, पाँच जना पक्राउ
भोटेकोशी बाढी : सेनाका ४५ र सशस्त्रका १२ जना अझै बेपत्ता, उद्धार र खोज निरन्तर
सम्बन्धित सामग्री
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? हाम्रो शरीरमा दुई वटा मिर्गौला हुन्छन्। मिर्गौलाको मुख्य काम रगत सफा गर्ने हो। हामीले खाएको खानेकुरा पाचन प्रणालीमा जान्छ। बुधबार, भदौ १०, २०८३
धेरै थकान महसुस हुन्छ ? हुनसक्छ गम्भीर समस्या कतिपय व्यक्तिलाई पर्याप्त निन्द्रा पुग्दा पनि दिनभर थकान महसुस हुन्छ। शारीरिक व्यायाम वा शारीरिक श्रम गर्दा थकान हुनु स्वाभाविक नै ह... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
कांग्रेस मिलाउन गगन देउवा पक्षको माग पूरा गर्न तयार छन् ? सोमबार, भदौ २२, २०८३
वृद्ध दम्पतीलाई बन्धक बनाई लुटपाट, पाँच जना पक्राउ सोमबार, भदौ २२, २०८३
भोटेकोशी बाढी : सेनाका ४५ र सशस्त्रका १२ जना अझै बेपत्ता, उद्धार र खोज निरन्तर सोमबार, भदौ २२, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धारदेखि सम्भावित महामारीका लागि सरकारले अन्तर्राष्ट्रिय समुदायसँग माग्यो सहयोग सोमबार, भदौ २२, २०८३
‎यसपटकको मदन पुरस्कार ‘नेवार समुदायको परम्परागत मुकुन्डोनाच’लाई सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
केपी ओलीलाई कालोमोसो दलिएको ‘एआई निर्मित’ कृतिम फोटो भाइरल आइतबार, भदौ २१, २०८३
ठमेलमा युवती जिस्क्याउने युवक पक्राउ आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्