• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २२, २०८३ Mon, Sep 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
राजनीतिमा नीति बहस- ३

घोषणापत्रमा सामाजिक न्याय : समेटिन्छ तर कार्यान्वयन हुँदैन

64x64
धनु विश्वकर्मा आइतबार, असोज ३०, २०७९  १८:०१
1140x725

काठमाडौं- संघ र प्रदेशको निर्वाचन नजिकिएसँगै दलहरु आ-आफ्ना घोषणापत्र बनाउन व्यस्त छन्। दलहरुले घोषणापत्रमा समेट्नुपर्ने विषयमा पनि बहस जारी छ।

घोषणापत्र चुनावी एजेण्डा प्रस्तुत गर्ने माध्यम त हुँदै हो, सँगसँगै सत्तामा पुगेपछि दलहरुका लागि मार्गदर्शन पनि हो। घोषणापत्रमा समेटिएका कुरा नै कार्यान्वयन गर्ने हो। 

आर्थिक, राजनीतिक, प्रशासनिक, सामाजिक वा सांस्कृतिक दृष्टिले पिछडिएका महिला, दलित, आदिवासी, जनजाति, मधेशी, थारू, मुस्लिम, उत्पीडित वर्ग, पिछडा वर्ग, अल्पसंख्यक, सीमान्तीकृत, किसान, श्रमिक, युवा, बालबालिका, ज्येष्ठ नागरिक, लैंगिक तथा यौनिक अल्पसंख्यक, अपांगता भएका व्यक्ति, गर्भावस्थाका व्यक्ति, अशक्त वा असहाय, पिछडिएको क्षेत्र र आर्थिक रूपले  विपन्न खस आर्यको पहुँच राज्यका सबै निकायसम्म पहुँच पुर्याउन सामाजिक न्याय अपरिहार्य हुन्छ।

दलहरुले सामाजिक न्यायका विषय आफ्ना घोषणापत्रमा कत्तिको उठाउने गर्छन्?, घोषणापत्रमा उल्लेख गरे पनि कार्यान्वयन कति हुन्छ?

त्रिभुवन विश्वविद्यालका प्राध्यापक तथा लेखक सन्तोष परियार सामाजिक न्यायका विषयमा सबै दलले कुरा गरे पनि ठोस नीति र कार्यक्रम नल्याएको आरोप लगाउँछन्। उनी भन्छन्, 'भन्नु र गर्नु फरक कुरा हो। त्यसैले घोषणापत्र त परको कुरा, संविधानमा लेखेको कुरा मात्र कार्यान्वयन गरे पनि अहिलेका लागि उत्तम हुन्छ।'

संविधानमा नै वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्पलाई आधारमा मानेर अबको संघ र प्रदेशको घोषणापत्रमा समेट्न लेखक परियारले आग्रह गरेका छन्। 

सामाजिक न्याय अन्तर्गत दलितका लागि क्षतिपूर्ति सहित राज्यका सम्पूर्ण अंगमा उनीहरूको सहभागिताको ग्यारेन्टी गरिनुपर्ने परियारले बताएका छन्। महिलामाथि भइरहेको सम्पत्तिको अधिकार र राजनीतिक क्षेत्रमा भइरहेको विभेदलाई सामाजिक न्याय अन्तर्गत नीति तथा कार्यक्रमका ठोस मुद्दा बनाउन परियारले सुझाव दिएका छन्। 

परियार भन्छन्, ‘आर्थिक रुपमा विपन्न परिवारलाई राजनीतिक दलहरूले सामान्यतः संविधानले व्यवस्था गरेको मौलिक अधिकार उपभोग गर्न सक्ने बनाउने प्रतिबद्धता पनि घोषणापत्रमा आउनुपर्छ।’ लैंगिक अल्पसंख्यकहरूको आत्मसम्मान र मानवअधिकारका विषय घोषणापत्रमा समावेश हुनुपर्ने परियारले बताए।

Ncell 2
Ncell 2
nimb
nimb

मानव अधिकारकर्मी मोहना अन्सारी संविधानमा ग्यारेन्टी गरेको मौलिक हकको कार्यान्वयन गर्नुपर्ने बताउँछिन्। उनी भन्छिन्, ‘हाम्रो परिवेशमा जातीय विभेद, महिला, मुस्लिम, आदिवासी, जनजाति र बालबालिका मुद्दालाई सम्वोधन गर्नुपर्छ।’

दलहरुले सामाजिक सुरक्षाको नाममा भत्तालाई चुनावी एजेण्डा बनाएको आरोप अन्सारीले लगाएकी छन्। गरिबीको रेखामा रहेका समूहलाई वर्गीकरण गरिनुपर्ने उनी बताउँछिन्। 'अहिले भत्ताको नाममा गाई-भैंसीलाई समेत भत्ता दिने प्रचलन बढेको छ। जसले गर्दा विचलन आएको छ,' उनले भनिन्। 

अधिवक्ता ओम अर्याल भने संविधानमा व्यवस्था गरेको सामाजिक न्यायको विषयलाई मात्र कार्यन्वयन गरे पुग्ने बताउँछन्। उनी भन्छन्, 'अहिलेको संविधानको मुल तत्व भनेको सामाजिक न्याय र समावेशिता हो। यदि यही पालना नगरे संविधान विस्तारै मर्दै जान्छ।'

संविधानले सीमान्तीकृत समुदायको न्यूनतम हक सुनिश्चित गरेको छ। अहिलेको सन्दर्भमा यहि कार्यँन्वयन गर्ने प्रतिवद्धता घोषणापत्रमा समेट्न अर्यालको आग्रह छ।

घोषणापत्रमा लैंगिक समानता र सीमान्तकृत समुदायका हिसाबले राजनीतिक सहभागितालाई प्राथमिकता दिन अधिकारकर्मी रीता साह आग्रह गर्छिन्। उनी भन्छिन्, ‘दलहरुले सुन्दा आनन्द लाग्ने तर, व्यवहारमा कतै लागू नहुने घोषणापत्र बाँडेको सुन्दा खिन्न हुन्छ।’

राजनीतिक सहभागिता र दलहरुको संरचना नै समावेशी नभएको खण्डमा सामाजिक न्यायका त्यति धेरै विषय समेटिँदैनन्। यस्ता कुरा समेटिन अति आवश्यक रहेको साह बताउँछिन्।

उत्पीडित वर्गको शिक्षा, स्वास्थ्य, रोजगारीलाई ग्यारेन्टी गर्नुपर्ने उनको भनाइ छ। ‘महिला सशक्तीकरण भनेर देखिएको छ। तर कुन मोडेलमा भन्ने कहिल्यै प्रष्ट पारिएको छैन।’ महिला रोजगारी, महिला शिक्षा, महिला कृषक र महिला उद्यमी जस्ता विषयलाई जोड दिनुपर्ने उनी बताउँछिन्।

तराई-मधेशका दलित महिलाको विकासका लागि ठोस नीति तथा कार्यक्रम निर्माण गर्न पनि साहले जोड दिएकी छन्। 'यहाँ लैगिक र जातीय विभेद जरा गाडेर बसेको छ। कानुनी रुपमा यो विभेदलाई दण्डनीय मानिएको छ। तर त्यसको कार्यान्वयन भएको छैन,' साहले भनिन्।

बलात्कार जस्ता जघन्य घटना दिन प्रतिदिन बढ्दो छ। यस्ता विषयमा दलहरुको भूमिका के हुने भनेर पनि प्रष्ट घोषणापत्रमा लेख्न साहले आग्रह गरेकी छन्।

बजेट सामाजिक न्यायका लागि भनेर छुट्याइए पनि त्यसको कार्यान्वयन कसरी गर्ने भनेर दलहरुले खाका कोर्नुपर्ने उनको सुझाव छ।

नागरिकता जस्तो संवेदनशील विषयमा पनि दलहरु विभाजित हुनु दु:खदायी भएको साहको भनाइ छ। 'सत्तापक्ष संसदमा पेस भएको नागरिकता विधेयकको पक्षमा र प्रतिपक्ष विपक्षमा छन्। जसका कारण सीमान्तकृत, महिला, मधेशका नागरिक अनागरिक भएर बाँच्न बाध्य भएका छन्। यो विषयमा अबको घोषणापत्रमा ठोस कार्यक्रममा समेटिनुपर्छ,' साहको कथन छ।

समाजमा जकडिएको दाइजो प्रथा, बालबिबाह, छाउपडी प्रथा, जातीय छुवाछुत, अन्धविश्वास, बोक्सीको आरोप जस्ता विषयलाई दलहरुले आफ्ना घोषणापत्रमा गम्भीर रुपमा उठाउनुपर्ने उनको भनाइ छ।

लेखक तथा राजनीतिक विश्लेषक राजेन्द्र महर्जन भने सबैभन्दा सर्वज्ञानी नेता भएको देशमा आफूले कुनै सुझाव-सल्लाह नदिने बताउँछन्। उनी भन्छन्, ‘सबैभन्दा जानकार नेताहरु नै छन्। उनीहरु नागरिक समाजको सुझाव-सल्लाह मान्दैनन्।’

सामाजिक न्यायका विषयमा कुनै पनि दलहरु संवेदनशील नभएको उनको आरोप छ।

 

घोषणापत्रमा शिक्षा : यस्ता छन् समेट्नैपर्ने विषय

घोषणापत्रमा कृषि: दलहरूको प्राथमिकतामा के-के विषय पर्नुपर्छ?

प्रकाशित मिति: आइतबार, असोज ३०, २०७९  १८:०१
  • #राजनीतिमा नीति बहस

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
आफैंलाई साढे ३ करोड क्षति हुँदा पनि वर्ल्डलिंकले बाढीपीडितलाई १ करोड १ लाख दियो सोमबार, भदौ २२, २०८३
चार अर्ब डलर बढीको टेलिस्कोप ‘रोमन’, जसले डार्क इनर्जी र डार्क म्याटरको प्रभाव पत्ता लगाउनेछ सोमबार, भदौ २२, २०८३
बाढी प्रभावित विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था गर्ने शिक्षामन्त्रीको घोषणा सोमबार, भदौ २२, २०८३
एनपीएलको मिडिया र टिकेटिङ अधिकार ३३ करोडभन्दा बढीमा बिक्री सोमबार, भदौ २२, २०८३
रसुवा जाने वैकल्पिक सडक सञ्चालनमा, ठूला सवारी दुईतर्फी चल्ने सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
केपी ओलीलाई कालोमोसो दलिएको ‘एआई निर्मित’ कृतिम फोटो भाइरल आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्