• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २२, २०८३ Mon, Sep 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
राजनीतिमा नीति बहस- ४

घोषणापत्रमा वैदेशिक रोजगारीः यी हुन् दलहरुको प्राथमिकतामा पर्नैपर्ने विषय

64x64
सुरेन्द्र बजगाईं मंगलबार, कात्तिक १, २०७९  ०६:१२
1140x725

काठमाडौं- करिब ४५ लाख नेपाली वैदेशिक रोजगारीमा छन्। नेपालको अर्थतन्त्रको झन्डै एक तिहाइ वैदेशिक रोजगारीबाट आएको रेमिट्यान्सले ओगटेको  छ।

नेपालमा २०६०/०६१ देखि विदेशबाट ठूलो मात्रामा रेमिट्यान्स भित्रिन थालेको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बताउँछन्। 

कुल गार्हस्थ्य उत्पादनको करिब २५ प्रतिशत योगदान पुर्‍याउने वैदेशिक रोजगारीलाई व्यवस्थित र भरपर्दो बनाउन नसक्दा यस क्षेत्रमा थुप्रै समस्या रहेको अधिकारीले बताएका छन्।

‘वैदेशिक रोजगारीका राम्रा र नराम्रा दुवै पक्ष छन्। त्यो फरक कुरा हो। तर अहिलेको अर्थतन्त्र रेमिट्यान्सले धानेको छ। अहिले जीडीपीको एक चौथाइ रेमिट्यान्सले नै धानेको छ,’ अधिकारी भन्छन्, ‘अहिले नेपालको श्रम बजारमा आउने मानिसलाई पर्याप्त मात्रामा रोजगारीको अवसर छैन। उनीहरूले स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गर्न तुरुन्तै कुनै योजना छैन। त्यसैले तत्कालको लागि वैदेशिक रोजगारी नै विकल्प साबित भएको छ।’

देशमा नै रोजगारीको अवसर नहुँदासम्म त वैदेशिक रोजगारीका लागि नेपाली युवाहरू विदेसिनु बाध्यता भएको अधिकारीको बुझाइ छ। 

तर, रोजगारीका लागि विदेशिएका श्रमिकहरू भने दैनिक सरदर २ सयको संख्यामा अलपत्र परेको वा ठगीमा परेको कारण वैदेशिक रोजगार विभागमा उजुरी आउने गरेको श्रम मन्त्रालयका सचिव एकनारायण अर्याल बताउँछन्। 

पछिल्लो समय धेरैजसो साउदी अरेबियामा काममा लैजाने र अलपत्र पार्ने समस्या देखिएको छ। यस्तै धेरै नेपाली युवाहरू भिजिट भिसामा लगेर अलपत्र पार्ने समस्या पनि अर्को रहेको उनको भनाइ छ।

‘कतिपय चाहिँ म्यानपावर कम्पनीले बढी पैसा असुल्ने तर समयमा काममा अथवा गन्तव्य मुलुकमा नपठाउने गरेको पनि पायौँ। चाहे त्यो साउदीको समस्या होस् या भिजिट भिसाको, बढी पैसा असुलेको गरेको पाइएको छ,’ उनले भने। 

Ncell 2
Ncell 2
nimb
nimb

देशको अर्थतन्त्र धान्ने ती युवाको आवाज नेपालका राजनीतिक दलहरूले उठाउने गरेका छैनन्। हाम्रो संविधान र ऐनले नै सुरक्षित वैदेशिक रोजगारीको कुरा समेटेको छ। तर विदेशमा रोजगारीमा गएका कामदारको मुद्दा नेपालका दलहरूले नउठाउँदा यस्तो समस्या भोग्नु परेको श्रम तथा आप्रवासन विज्ञ रामेश्वर नेपालको बुझाइ छ।

उनी भन्छन्, ‘नेपालबाट वैदेशिक रोजगारीमा गएका कामदारहरूले नेपालमा हुने कुनै पनि चुनावमा भोट हाल्न पाउँदैनन्। त्यसैले दलहरूले उनीहरूको प्रतिनिधित्व गरेर आवाज उठाउने गरेको पाइँदैन।’

संविधानमा नै सबै मानिसले रोजगारी पाउने उल्लेख छ। यदि कोही मानिस बेरोजगार भएमा सरकारले नै रोजगारीको प्रत्याभूति गराउने उल्लेख छ। यदि उनीहरूले रोजगारी नपाएमा सरकारले रोजगारीको अवसर दिनुपर्ने समेत उल्लेख गरेको छ। यदि सरकारले पनि रोजगारी सिर्जना गर्न नसके निर्वाह भत्ता दिने समेत घोषणा  गरिएको छ। यसको लागि ऐन समेत बनेको छ। सरकारले यसरी निर्वाह भत्ता दिनको लागि बजेट समेत प्रत्येक वर्ष छुट्टाउने गरेको छ। तर उक्त बजेट रकमान्तर गरेर अन्यत्र नै खर्च गर्ने गरेको पाइएको नेपाल बताउँछन्। 

यो पनि पढ्नुहोस

घोषणापत्रमा सामाजिक न्याय : समेटिन्छ तर कार्यान्वयन हुँदैन

अहिले नै स्वदेशमा रोजगारी असम्भव 
नेपालको श्रम बजारमा प्रत्येक वर्ष ५ लाखको हाराहारी मानिसहरू आउने गरेका छन्। उनीहरूलाई रोजगारी दिन सक्ने क्षमता सरकारी र निजी कुनै पनि क्षेत्रमा छैन। 

त्यसैले दलहरूले आफ्नो घोषणापत्रमा स्वदेशमा नै रोजगारी उपलब्ध गराउने उल्लेख गर्दैमा  वा सरकारले बजेटमार्फत उनीहरूलाई निर्वाह भत्ता दिने निर्णय गर्दैमा ती वर्षेनी श्रम बजारमा आउने ५ लाख युवाले रोजगारीको अवसर पाउँछन् भन्ने छैन। 

नेपाल सरकारले २०७५ साल जेठ ८ गते सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दा अबको ५ वर्षभित्र वैदेशिक रोजगारीमा जानु नपर्ने बताएको थियो। तर यो घोषणा भएको पनि गत जेठ ८ मा ४ वर्ष पूरा भएर ५ वर्ष लागेको छ।

२०७५ सालमा प्रतिदिन १५ सयको हाराहारीमा नेपाली युवाहरू विदेसिने गरेका थिए भने गत आर्थिक वर्षमा दैनिक १७ सय र गत आर्थिक वर्षमा २२ सय जनाले दैनिक रोजगारीको लागि विदेसिने गरेको वैदेशिक रोजगार विभागले जनाएको छ।

सरकारले त्यतिबेलै ५ वर्षपछि विदेश जानै नपर्ने घोषणा गरिरहँदा वैदेशिक रोजगारीमा जानेको संख्या झनै बढेको छ।

सुरक्षित वैदेशिक रोजगारी आवश्यक 
वर्षेनी ५ लाखको संख्यामा उत्पादन हुने श्रम उमेरका युवाहरूलाई स्वदेशमा नै रोजगारीको लागि ठूलो तयारी चाहिने देखिन्छ। त्यो तयारीको लागि समय लाग्ने भएकाले वैदेशिक रोजगारीलाई व्यवस्थित  गरिनुपर्ने जानकारहरु बताउँछन्। 

नेपालबाट रोजगारीको लागि विदेश जाँदा श्रम स्वीकृति लिनुपर्छ। यसका साथै नेपालीहरू रोजगारीको लागि जाने देशसँग श्रम सम्झौता गर्नु सरकारको दायित्व हो। यसमा सरकार चलाउने दलले ध्यान दिनु आवश्यक भएको डा. गणेश गुरुङको भनाइ छ।

ठगी नियन्त्रणको लागि ऐन अनुसार कारबाही आवश्यक
वैदेशिक रोजगारीमा जाने ९० प्रतिशतभन्दा धेरै श्रमिक नेपालका म्यानपावरहरूले पठाउने गरेका छन्। उनीहरूले श्रम शोषण, बाध्यकारी श्रम  र मानव बेचबिखनमा समेत संलग्न हुने गरेको पाइएको नेपाल बताउँछन्। 

‘यसरी वैदेशिक रोजगारीको नाममा हुने यस्ता अपराधको कारबाही भएको पाइँदैन। कारबाही भए पनि ऐनको दफा अनुसार भने कारबाही भएको पाइँदैन,’ उनी भन्छन्, ‘म आफैंले मानवअधिकार आयोगको लागि एक अध्ययन गरेको थिएँ। उक्त अध्ययनमा १६ हजार ३२ उजुरी हेरिएको थियो। जसमा एक जनालाई पनि ऐनको अनुसार कारबाही भएको थिएन।’

वैदेशिक रोजगारीको नाममा हुने यस्ता अपराध नियन्त्रणको लागि सरकार र राजनीतिक दलहरूले आफ्नो प्रमुख एजेन्डा बनाएर अगाडि बढ्नु पर्ने श्रम तथा आप्रवासन विज्ञ सोम लुइँटेल बताउँछन्।

गैर कानुनी तरिकाबाट विदेश पठाउने र गन्तव्य देशमा पुगेर दुःख पाउने समस्याको निराकरणका लागि कम गर्न दलहरूले नै आवाज उठाउन आवश्यक भएको लुइँटेलको भनाइ छ।

‘ठगी हुने अर्को कारण नेपालबाट वैदेशिक रोजगारीमा जाने कामदारको अदक्ष वा अर्ध दक्ष भएर पनि हो,’ कानुन व्यवसायी समेत रहेका लुइँटेल भन्छन्, ‘नेपालबाट वैदेशिक रोजगारीमा जाने कामदारले नेपालबाट नै आफू जाने देशमा कुन काम गर्दैछु, त्यसको लागि आफू दक्ष छु कि छैन भनेर बुझ्नु पर्छ।’

यो पनि पढ्नुहोस

घोषणापत्रमा शिक्षा : यस्ता छन् समेट्नैपर्ने विषय

कूटनीतिक हस्तक्षेप आवश्यक
नेपाली कामदार वैदेशिक रोजगारीमा जानको लागि १० वटा देशसँग मात्रै श्रम सम्झौता भएको छ। अझ घरेलु श्रमको लागि एउटा देशसँग मात्रै श्रम सम्झौता भएको छ। यसरी श्रम सम्झौता नै नभएको देशमा नेपालबाट कामदारहरू रोजगारीको लागि जाँदा समस्या धेरै देखिएको नेपाल बताउँछन्।

नेपालबाट रोजगारीको लागि वर्षेनी लाखौँ मानिस जाने गरेको भए पनि ती देशमा नेपालको तर्फबाट कूटनीतिक हस्तक्षेप भए हुने गरेको छैन। गत वर्ष सबैभन्दा धेरै नेपालीहरू साउदी अरब गएका थिए। तर उक्त देशसँग श्रम सम्झौता नै भएको छैन। नेपालको तर्फबाट श्रम सम्झौताको लागि दरिलो रूपमा सम्झौता गर्नको लागि कुरा गर्न नसकेको श्रम विज्ञ एवं राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. गणेश गुरुङ बताउँछन्। 

‘रोजगारीको लागि उक्त देशमा पुगेका नेपालीले त्यहाँ रोजगारदाताले कानुन अनुसार सेवा-सुविधा नदिँदा उनीहरूलाई कारबाही हुने अवस्था छैन,’ गुरुङ थप्छन्, ‘सम्झौता नहुँदा अन्तर्राष्ट्रिय श्रम अदालतसम्म जान पाइएको छैन।’ 

गुरुङको कुरामा सहमत हुँदै नेपाल भन्छन्, ‘विदेशमा नेपालीहरू अलपत्र पर्दा नेपालको तर्फबाट हस्तक्षेपकारी काम नभएकाले गतिलो ‘श्रम कूटनीति’ आवश्यक छ।'

उनको कुरामा सहमति जनाउँदै लुइँटेल थप्छन्, ‘हाम्रो थोरै देशमा मात्रै दूतावास छ। अझ श्रम सहचारीको संख्या समेत कम भएकाले उक्त देशमा भएको श्रमिकको समस्या समाधान गर्न उनीहरूलाई भ्याइनभ्याइको अवस्था छ। अहिले ८–९ वटा देशमा मात्रै श्रम सहचारी भएको अवस्था रहेको छ। श्रमिकलाई समस्या पर्दा राख्ने सेल्टरको पनि अभाव छ।’

श्रमिकलाई सामाजिक सुरक्षा आवश्यक 
विदेशमा दु:ख गरेर स्वदेश पठाएको रेमिट्याले देशको अर्थतन्त्रलाई गतिलो टेको दिएको छ। तर उनीहरू काम गर्न नसक्ने भएर स्वदेश फर्किएपछि भने राज्यले आफ्नो भूमिका निभाउन सकेको छैन। त्यसैले उनीहरूलाई समस्यामा पर्दा र बुढेसकालमा आवश्यक पर्ने खर्चको लागि श्रमिकहरूलाई सामाजिक सुरक्षासँग जोड्न आवश्यक रहेको विज्ञहरू बताउँछन्। 

समाजमा पुन: एकीकरण र पुनर्स्थापना  आवश्यक
वैदेशिक रोजगारीबाट फर्किएको भने पनि समाजले हेर्ने नजर सकारात्मक देखिँदैन। अझ महिला वैदेशिक रोजगारीबाट फर्किएको भने पनि त समाजले गलत तरिकाले गर्ने गरेको पाइएको छ। ती महिलाहरूलाई परिवार र समाजले स्वीकार नगर्ने गरेकाले उनीहरुको लागि पुनर्स्थापनाको कार्यक्रम अगाडि बढाउन  आवश्यक  भएको नेपालको धारणा छ। 

विदेशमा पसिना बगाउनेलाई राजनीतिक अधिकार सुनिश्चित होस्
रोजगारीको लागि विदेशिएका नेपालीले विदेशबाटै नेपालमा मतदान गर्ने अवसर पाएका छैनन्। राजनीतिक दल र सरकारले उनीहरूको समस्या उठाउने र त्यसको निराकरण गर्नको लागि उनीहरूको प्रतिनिधित्व गर्ने मानिस पनि नभएको नेपालको भनाइ छ। 

सर्वोच्च अदालतले नेपाल सरकारलाई विदेशमा भएका नेपालीलाई मतदान गर्ने अधिकारबाट वञ्चित गराउन नपाइने बताएको छ। निर्वाचन आयोगले पनि विदेशमा पनि चुनाव गर्न सकिने भनेर पटकपटक भनेको छ। निर्वाचन आयोगले ‘चुनावको मोडालिटी’ र खर्चको अनुमान समेत गरिससको छ। तर दलहरूले तदारुकता नदेखाउँदा उनीहरूले विदेशबाट भोट गर्न नपाएको गणेश गुरुङको बुझाइ छ।

‘विदेशमा हुने नेपालीलाई मतदान प्रक्रियामा सहभागी गराउन सकिने विभिन्न अध्ययन भए पनि दलहरूले तदारुकता नदेखाउँदा उनीहरू अवसरबाट वञ्चित भएका छन्,’ गुरुङ भन्छन्, ‘उनीहरूलाई राजनीतिक अधिकार दिने हो भने त दल र सरकार पनि विदेशमा हुने श्रमिकप्रति उत्तरदायी हुन्थे नि।’

यो पनि पढ्नुहोस

घोषणापत्रमा कृषि: दलहरूको प्राथमिकतामा के-के विषय पर्नुपर्छ?

स्थानीय तहलाई अधिकार आवश्यक
वैदेशिक रोजगारी सम्बन्धी समस्या वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार बोर्डले हेर्ने गरेको छ। देश सङ्घीयतामा गइसकेको अवस्थामा यो अधिकार स्थानीय वा प्रदेशलाई नै दिनुपर्ने श्रम तथा आप्रवासन विज्ञ सोम लुइँटेल बताउँछन्।

यो पनि पढ्नुहोस

नेताहरु रेमिट्यान्स आएको देखेरै मख्ख छन्, त्यसैले विदेशमा रहेका नेपालीले भोट हाल्न पाएका छैनन्

 

प्रकाशित मिति: मंगलबार, कात्तिक १, २०७९  ०६:१२
  • #राजनीतिमा नीति बहस

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुरेन्द्र बजगाईं
लेखकबाट थप
किसान र उपभोक्ता ठगिने मात्रै, २५ वर्षदेखि उपभोक्ता अदालत चर्चामै सीमित
कहालीलाग्दो सडक दुर्घटना: लापरबाह चालक र गैरजिम्मेवार सरकार
आयल निगमका पदाधिकारीले इन्धनमा कालोबजारी गरेको आरोप, सर्वोच्च अदालतमा मुद्दा हाल्ने तयारी
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
आफैंलाई साढे ३ करोड क्षति हुँदा पनि वर्ल्डलिंकले बाढीपीडितलाई १ करोड १ लाख दियो सोमबार, भदौ २२, २०८३
चार अर्ब डलर बढीको टेलिस्कोप ‘रोमन’, जसले डार्क इनर्जी र डार्क म्याटरको प्रभाव पत्ता लगाउनेछ सोमबार, भदौ २२, २०८३
बाढी प्रभावित विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था गर्ने शिक्षामन्त्रीको घोषणा सोमबार, भदौ २२, २०८३
एनपीएलको मिडिया र टिकेटिङ अधिकार ३३ करोडभन्दा बढीमा बिक्री सोमबार, भदौ २२, २०८३
रसुवा जाने वैकल्पिक सडक सञ्चालनमा, ठूला सवारी दुईतर्फी चल्ने सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
केपी ओलीलाई कालोमोसो दलिएको ‘एआई निर्मित’ कृतिम फोटो भाइरल आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्