• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

नेताहरु रेमिट्यान्स आएको देखेरै मख्ख छन्, त्यसैले विदेशमा रहेका नेपालीले भोट हाल्न पाएका छैनन्

गणेश गुरुङ आइतबार, असोज ३०, २०७९  ११:००
1140x725

अहिले देश चुनावको तयारीमा छ। पार्टीका नेताहरू चुनावी घोषणा पत्र बनाउन जोड तोडले लागेका छन्। तर पार्टीका घोषणा पत्रहरुमा ती ४०औं लाख युवाहरुलाई समेट्न सकिएको हुँदैन, जो (रोजगारीका लागि) विदेशमा रहेर नेपालको अर्थतन्त्र धानिरहेका छन्। विदेशमा रहेका युवाहरुका लागि भनेर केही वाचाहरु घोषणा पत्रमा गरिएका हुन्छन्, तर त्यस्ता वाचाहरु कार्यान्वयनमा ल्याइँदैन र ल्याउने खालका पनि हुँदैनन्। 

प्राय: सबै दलको घोषणा पत्र पल्टाएर हेर्ने हो भने आन्तरिक रोजगारी सिर्जना गर्ने विषय उल्लेख गरिएको छ, हुन्छ। युवाहरूलाई देशभित्र नै रोजगारीको वातावरण सिर्जना हुनु राम्रो कुरा हो। तर यस्ता वाचाहरू चुनावी घोषणा पत्रमा उल्लेख हुनु र कार्यान्वयनमा नआउनु समस्या बन्दै गएको छ। पार्टीहरूले चुनाव अगाडि देखाउने घोषणा पत्र र चुनाव पछि ती पार्टीहरूले गर्ने काममा निकै ठुलो खाडल (अन्तर) छ। उनीहरूले आफ्नो प्रतिबद्धता पूरा भने गर्न सकेका छैनन्। 

दलहरुले घोषणा पत्रमा देशमा भएका, विदेशमा भएका र अन्य देशबाट नेपालमा काम गर्न आएका सबै कामदारको हक हितको लागि काम गर्नु पर्ने हो। तर राजनीतिक दल र सरकारले उनीहरुको प्रतिनिधित्व गर्न सकेका छैनन्। नेपालमा  अन्य देशबाट रोजगारीको लागि आउने कामदारको अवस्था त झन् दयनीय नै छ। यहाँ भएका पार्टीहरुले
श्रमिकको आवाज उठाउन नसक्नु दु:खको कुरा हो। दलहरुले नीति निर्माणको तहमा पुगेर कामदारको हक हितको लागि काम गर्नु पर्ने हो। तर गरेका हुँदैनन्। 

राजनीतिक दलका नेताहरु वैदेशिक रोजगारमा गएका युवाहरूले विदेशबाट रेमिट्यान्स (विप्रेषण) पठाएको कुरामा नै आनन्द मानेर बसेका छन्। गएको आर्थिक वर्षको तथ्याङ्क हेर्ने हो भने औसतमा एक दिनमा १७ सय नेपालीहरू स्वदेशमा रोजगारी नपाएर विदेशिएका छन्। उनीहरूले औसत प्रत्येक दिन २ अर्ब ७० करोड रुपैयाँ बराबर रेमिट्यान्स नेपाल पठाउने गरेका छन्। 

युवा उमेर, तातो रगत भएको उमेर हो। देशमा हुँदा जुलुस गर्ने, विरोध गर्ने उमेरका युवाहरू यसरी विदेशमा गएर दैनिक यति ठूलो रकम नेपाल पठाउने भएकाले दलहरू ढुक्क भएर बसेका छन्। अहिले नेताहरूले जति भ्रष्टाचार गरे पनि विरोध गर्नको लागि नेपालमा युवाहरू नै छैनन्। अहिले नेताहरूले जति भ्रष्टाचार गरे पनि, युवाहरूले खाडीको गर्मीमा पसिना बगाएको पैसाबाट आएको रेमिट्यान्सको पैसाले देश विदेश घुमे पनि, खवरदारी वा विरोध गर्ने नेपालमा युवा नै छैनन्। 

नेपालमा पर्यटनको सम्भावना भए पनि कोरोनापछि पर्यटन क्षेत्र चलायमान भएको छैन। र, नेपालमा रोजगारी दिने कुनै पनि उद्योगले ती विदेशमा भएका नेपालीले जति पैसा सरकारलाई बुझाएका छैनन्। विश्वको धनाढ्यको सूचीमा रहेका विनोद चौधरीले समेत विदेशमा भएका नेपालीहरूले जति पैसा सरकारलाई बुझाउन सकेका छैनन्। वैदेशिक रोजगारीमा भएकाले पठाएको रेमिट्यान्सकै कारण देश श्रीलङ्का जस्तो आर्थिक मन्दीको मार खेप्नबाट जोगिएको छ। 

मुख्य कुरा त देशमा दलहरूले गरेको खराब कामको खबरदारी गर्ने युवाहरू नै भएनन्। यही कारणले नै विदेशमा श्रम गर्न गएका कामदारहरूले गन्तव्य मुलुकबाट नै चुनावमा भोट हाल्ने  व्यवस्था ल्याउन दल र दलका नेताहरुले आनाकानी गरेका हुन्। यसरी विदेशमा भएका नेपालीहरूलाई सोही देशबाट नै मतदान गर्न पाउने व्यवस्था हुने हो भने पुराना दलहरूले हार्ने सम्भावना हुन्छ। वैकल्पिक दलहरूले जित्छन् भनेर त्योसम्बन्धी कुनै पनि कुरा दलहरूले आफ्नो घोषणा पत्रमा उल्लेख गरेका छैनन्। 

दलका सदस्य नभएका र विदेशमा भएका नेपालीले भोट हाल्दा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ जस्ता स्वतन्त्र र नयाँ अनुहारले जित्छन् भन्ने अहिलेका नेताहरूलाई डर रहेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

१० वर्षे जनयुद्ध हुनुको विभिन्न कारणहरूमध्ये एउटा कारण गरिबी र बेरोजगारी पनि एक हो। बेरोजगारीको कारणले नै मानिसहरू युद्धमा होमिए। माओवादी शान्ति सम्झौताको प्रक्रियामा आए पछि पनि नेपालमा नै रोजगारीको अवसरहरू सिर्जना भएका छैनन्। द्वन्दकालमा दैनिक १२ सय युवा वैदेशिक रोजगारीमा जाने गरेका थिए भने अहिले त्यो संख्या बढेर दैनिक सरदर १७ सय भन्दा धेरै युवाहरू बिदेसिन बाध्य छन्। यो भनेको स्वदेशमा नै रोजगारीको अवसर सिर्जना नभएका कारणले हो। 

हाम्रो देश ‘पोस्ट कन्फ्लिक्ट’ को अवस्थामा भएको हुनाले देशमा कन्फ्लिक्ट वा युद्ध के कारणले भएको हो भनेर हेर्न आवश्यक रहेको छ। युद्ध हुनुको एक मुख्य कारण बेरोजगारी हो। त्यो कुरा सम्बोधन गर्न सकेका छैनौं। त्यसैले नेपालमा भित्र भित्रै द्वन्द्वको आगो सल्किएको छ। त्यो आगो सुषुप्त अवस्थामा छ। कुनै बेला त्यो आगो लाभा बनेर प्रस्फुटित हुने जोखिम छ। त्यसैले बेरोजगारीको समस्या समाधानको लागि दलहरूले अजेन्डा नै बनाएर रोजगारीको सिर्जना गर्नु आवश्यक रहेको छ। 

घोषणा पत्रमा के समेट्ने?
दलले आफ्नो घोषणा पत्रमा आन्तरिक रोजगारी सिर्जना गर्ने त भनेका छन्, तर यसरी गर्ने भनेर योजना प्रस्तुत भने गरेका हुँदैनन्। यदि योजनासहित प्रस्तुत हुने हो भने उनीहरूलाई भोट माग्न पनि सहज हुने थियो। तर उनीहरूले ‘एब्स्ट्र्याक्ट’ मा मात्रै रोजगारीको कुरा उल्लेख गरेका छन्। नेताहरूले हाम्रो पार्टीले रोजगारीको कुरा घोषणा पत्रमा नै उल्लेख गरेको छौ मात्रै भन्ने गरेका छन्। चुनावी घोषणा पत्र कार्यान्वयनमा लैजाने गरी काम भने पार्टीहरूले गरेका छैनन्। 

हामी नागरिकहरूले पनि घोषणा पत्रमा यस्तो राख, उक्त घोषणा पत्रमा भएका योजनालाई आफूले चुनाव जितेर गए पछि कार्यान्वयनमा लैजाऊ भनेर दबाब दिन सकेका छैनौं। हामीले नेताहरूलाई प्रश्न नै गर्ने गरेका छैनौं। यदि यस्तो हुने भएको भए घोषणा पत्रमा रोजगारको कुरा योजनासहित उल्लेख गर्ने थिए दलहरुले। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पार्टी र नेतृत्वलाई जनताप्रति उत्तरदायी बनाउनको लागि विदेशमा बस्ने नेपालीहरूले पनि भोट हाल्न पाउनु पर्छ। त्यतिबेला मात्रै स्वदेशमा नै रोजगारी सिर्जना गर्ने र वैदेशिक रोजगारीको विषयमा घोषणा पत्रमा उल्लेख हुन्छ। विदेशमा भएका करिब ४५ लाख नेपालीहरूले भोट हाल्दा हारजितको मुख्य कारण उनीहरू नै हुन्छन्। त्यस्यो अवस्था आए मात्रै पार्टीहरूले वैदेशिक रोजगारीलाई गम्भीर रूपमा लिन्छन् र स्वदेशमा रोजगारी सिर्जना गर्ने ठोस अजेन्डाहरु अगाडि सार्छन्। 

सरकारले वैदेशिक रोजगार बोर्डको स्थापना गरेको छ। तर त्यहाँ श्रमिकको प्रतिनिधि राखेको छैन। त्यसैले पनि दलहरू रोजगारीको विषयमा कति गम्भीर छन् भनेर थाहा हुन्छ। 

(राष्ट्रिय योजना आयोगका पूर्व सदस्य एवम् नीति अनुसन्धान प्रतिष्ठानका पूर्व अध्यक्ष एवम् वैदेशिक रोजगार विज्ञ गुरुङसँगको कुराकानीमा आधारित)
 

प्रकाशित मिति: आइतबार, असोज ३०, २०७९  ११:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
भिसा दुरुपयोग गरि जापान पठाउने नाममा लाखौं असुली, यामानोमाथि विभागले अनुसन्धान गर्ने जापानी नागरिक यामानो शिनिचिरोले नेपालमा आफ्नो भिसाको दुरुपयोग गर्दै म्यानपावर कम्पनी र जापान जाने कामदारलाई पैसा उठाएको विषयमा बैदेश... शुक्रबार, असोज ९, २०८३
२५ म्यानपावरलाई विभागको पत्र : पाँच वर्षको कारोबारदेखि श्रमिक विवरणसम्म बुझाउनू मलेसिया जाने नेपाली श्रमिक पठाउने प्रक्रियामा सीमित म्यानपावरलाई मुख्य कम्पनी र अन्यलाई सबएजेन्ट बनाइएको विषयमा विवाद भइरहेका बेला व... शुक्रबार, असोज २, २०८३
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्