काठमाडौं– सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘बिदेशबाटसिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो’ योजना अन्तर्गत पहिलो महिनाको एक तोला सुन विजेताको नाम घोषणा गरेको छ।
कम्पनीले विद्युतिय प्रणालीद्वारा विजेता छनोट गर्दा कोरियाबाट रेमिट्यान्स पठाउने रीना कुमारी तामाङले एक तोला सुन जित्न सफल भएकी छिन्।
सोही योजनाअन्तर्गत भदौ १५ देखि असोज ११ गतेसम्म अन्य चार जनाले साप्ताहिक उपहार १०/१०तोला चाँदी जित्न सफल भइसकेका छन्।
साउदी अरबबाट नरेश यादव, कुवेतबाट शम्भुबहादुर सार्र्की नेपाली, जापानबाट उज्ज्वल पुडासैनीका साथै मलेशियाबाट रेमिट्यान्स पठाउने पुरण रोक्का गरी ४ जनाले १०/१० तोला चाँदी जित्न सफल भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।