



काठमाडौँ — कम्पनीकाे नवीकरण वा खारेज गर्ने अवधि तीन महिना थपिएकाे छ ।
अर्थ मन्त्रालयको यही कात्तिक ९ गतेको निर्णय अनुसार कर, शुल्क, दस्तुर, जरिवाना नगरेका कम्पनीहरुलाई तिर्ने म्याद पुससम्म थपिएको हाे ।
यसअघि याे म्याद असाेज मसान्तसम्म थियाे ।
अब कम्पनीले पुस २०८३ सम्म कर, शुल्क, जरिवानालगायत रकम भुक्तानी गरे सोभन्दा अघि लागेको वा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, ब्याज वा जरिवाना मिनाहा हुनेछ ।
अर्थ मन्त्रालयले बिहीबार सूचना जारी गर्दै ´कम्पनी ऐन, २०६३ बमोजिम लाग्ने कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना मिनाहासम्बन्धी व्यवस्था पेश गर्ने म्याद २०८३ पुस मसान्तसम्म थप कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका कम्पनीले सम्बन्धित कानूनले तोके बमोजिम म्यादभित्र विवरण पेश नगरेको, नवीकरण नगरेको वा दाखिल गर्नुपर्ने कर, शुल्क, दस्तुर, ब्याज वा जरिबाना दाखिल नगरेको भएमा त्यस्ता कम्पनीले कारोबार जारी राख्न वा दर्ता खारेज गर्न चाहेमा आर्थिक वर्ष २०८२/८३ को लागि कानून बमोजिम लाग्ने कर, शुल्क, दस्तुर तथा विवरण २०८३ पुस मसान्तभित्र पेश गरेमा सोभन्दा अघि लागेको वा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, ब्याज वा जरिबाना मिनाहा हुनेछ` भनेकाे छ ।
सूचनामा भनिएको छ, ‘२०८३ कात्तिक ९ गतेको निर्णयबाट यो म्याद २०८३ असोज मसान्तबाट बढाई २०८३ पुस मसान्तसम्म कायम गरिएको छ ।’
उधाेग मन्त्राालयकाे प्रस्तावमा अर्थ सहमत भएपछि म्याद थपिएकाे हाे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।