• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, मंसिर ४, २०८३ Fri, Nov 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रधानमन्त्रीको भारत भ्रमण सरकार प्रमुखबीच चिनजान र भेटघाटमा मात्र सीमित नहोस् : पूर्वराजदूत पौडेल

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर ४, २०८३  ०८:४३
1140x725

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) यही मंसिर ६ र ७ गते दुईदिने भारत भ्रमणमा जाँदै छन् । २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि बदलिएको राजनीतिक परिस्थितिमा सम्पन्न निर्वाचनबाट भारी मतसहित निर्वाचित प्रधानमन्त्रीको भारत भ्रमणलाई राजनीतिक वृत्तदेखि आम नागरिकसम्म चासोका साथ हेरिएको छ ।

फरक राजनीतिक पृष्ठभूमिबाट उदाएका युवा प्रधानमन्त्री शाहको भारत भ्रमणलाई केवल औपचारिक कूटनीतिक भ्रमणका रूपमा मात्र हेरिएको छैन । यसलाई नेपालको बदलिँदो राजनीतिक परिस्थिति, नयाँ सरकारको विदेश नीति र नेपाल–भारत सम्बन्धले लिने आगामी दिशासँग जोडेर विश्लेषण गर्न थालिएको छ ।

परम्परागत राजनीतिक दलभन्दा फरक शैली र कार्यशैलीका कारण चर्चामा रहेका प्रधानमन्त्री शाहले भारत भ्रमणका क्रममा कस्ता एजेन्डालाई प्राथमिकता दिनेछन् भन्ने विषय अहिले चासोको केन्द्रमा छ ।

यसै संर्दभमा नेपाल न्यूज बैंकसँगको संवादमा चीनका लागि नेपालका पूर्वराजदूत लिलामणि पौडेलले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय हितसँग जोडिएका विषयहरू स्पष्ट रूपमा उठाउनुपर्ने बताए । 

नेपाल र भारतबीच ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै उनले प्रधानमन्त्रीको भारत भ्रमणलाई सकारात्मक रूपमा लिएको बताए । उनले दुई देशबीचको सम्बन्धलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने धारणा राखे ।

उनले प्रधानमन्त्रीको भारत भ्रमण केवल दुई देशका सरकार प्रमुखबीच चिनजान र भेटघाटमा मात्र सीमित हुन नहुने बताए । विगतमा भएका सन्धि, सम्झौता तथा समझदारी, सीमा विवाद र आर्थिक मुद्दालगायतका विषयमा गम्भीर छलफल हुनुपर्ने उनले बताए । 

पौडेलले प्रधानमन्त्रीले नेपालको असंलग्न परराष्ट्र नीतिको सिद्धान्तभित्र रहेर स्वतन्त्र र सार्वभौम मुलुकको प्रतिनिधिका रूपमा राष्ट्रिय हित प्रवद्र्धन गर्नेगरी आफ्नो धारणा राख्नुपर्ने बताए ।

‘हाम्रो जुन असंलग्न परराष्ट्र नीति हो, त्यो नीतिको सिद्धान्त भित्र बसेर एउटा स्वतन्त्र सार्वभौम मुलुकको प्रधानमन्त्रीको हैसियतले एउटा नेपालको राष्ट्रिय हित सम्बर्धन हुने हिसाबले नेपालको आफ्नो प्रस्तुतिहरु दिनका लागि उहाँलाई सल्लाह दिन्छु,’ उनले भने, ‘बलियो सरकार भएको हुनाले उहाँले नेपालका राष्ट्रिय मुद्दाहरु उठाउनका लागि उहाँले जुन जनसमर्थन पाएर चुनिएर आउनुभएको छ । त्यसैको आडमा उहाँले चाहिं राष्ट्रिय मुद्दाहरु उठाउनका लागि कुनै किसिमको संकोच मान्नुपर्छ जस्तो मलाई लाग्दैन । आफ्नो राष्ट्रको हितका विषयहरु उठाउँदाखेरि छिमेकी मित्र राष्ट्रहरुले पनि त्यसलाई अन्यथा लिने कुराहरु आउँदैन । ती मुद्दाहरुलाई उहाँलें स्पष्ट ढंगले राख्नुपर्छ ।’

Ncell 2
Ncell 2
nimb
nimb

बलियो जनसमर्थनसहित निर्वाचित सरकारका प्रधानमन्त्रीले राष्ट्रिय मुद्दा उठाउन कुनै संकोच मान्नुपर्ने अवस्था नरहेको उल्लेख गरे । 

पूर्वराजदूत पौडेलले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा राष्ट्रिय हित र परराष्ट्र नीतिका विषयमा स्पष्ट अडान राख्न सुझाव दिए । उनले विगतका सरकारहरू गठबन्धनमा आधारित हुने, प्रधानमन्त्रीको दलको जनाधार र सरकारको स्थायित्व कमजोर हुने अवस्थाका कारण अन्तर्राष्ट्रिय सम्बन्धमा नेपालको अडान स्पष्ट रूपमा प्रस्तुत हुन नसकेको बताए ।

प्रधानमन्त्रीले भने आफ्नो भ्रमणका क्रममा राष्ट्रिय मुद्दाहरू स्पष्ट रूपमा उठाउन सक्नुपर्ने उनको भनाइ छ । पूर्वराजदूत पौडेलले नेपालको हवाई क्षेत्र विदेशी सैन्य प्रयोजनका लागि प्रयोग गर्न दिनुपर्ने विषयमा बाहिर विभिन्न चर्चा भइरहेको उल्लेख गर्दै त्यसप्रति संवेदनशील हुनुपर्ने बताए । नेपालको असंलग्न परराष्ट्र नीतिले नेपाली भूमिलाई कुनै पनि विदेशी शक्तिको सैन्य प्रयोजनका लागि प्रयोग गर्न अनुमति नदिने उनले बताए । नेपालको आकाश नागरिक उड्डयन तथा व्यावसायिक प्रयोजनका लागि भने सधैँ खुला रहेको भन्दै उनले सैन्य प्रयोजन र नागरिक उड्डयनबीच स्पष्ट भिन्नता राखेर कूटनीतिक संवाद गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै, भारतसँगको उच्चस्तरीय भेटवार्तामा प्रधानमन्त्रीले एक्लाएक्लै (वान टु वान) बैठक गर्दा विशेष सावधानी अपनाउनुपर्ने पौडेलको सुझाव छ । उनका अनुसार भारतीय पक्षले यस्ता भेटमा आफ्ना सहयोगी वा अधिकारी राख्ने अथवा नराख्ने भए पनि राष्ट्रिय मुद्दामा आफ्नो अडान स्पष्ट पारेर बस्ने गरेको छ । तर नेपाली नेतृत्वले भने कतिपय अवस्थामा राष्ट्रिय मुद्दाभन्दा व्यक्तिगत वा दलगत सम्बन्धलाई प्राथमिकता दिँदै प्रतिबद्धता व्यक्त गर्ने गरेको उनले बताए । 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनले विगतमा नेपालका नेताहरूले भारत वा चीनका उच्च नेतृत्वसँगको व्यक्तिगत भेटमा राष्ट्रिय मुद्दाका विवादित विषयमा व्यक्तिगत धारणा व्यक्त गर्ने र प्रतिबद्धता जनाउने तर स्वदेश फर्किएपछि ती प्रतिबद्धता कार्यान्वयन गर्न नसक्ने अवस्था देखिएको बताए । यसले अन्तर्राष्ट्रिय स्तरमा नेपालको विश्वसनीयतामाथि प्रश्न उठ्नुका साथै नेताहरूको कमजोरीको क्षति मुलुकले बेहोर्नुपरेको उनको भनाइ छ ।

पूर्वराजदूत पौडेलले प्रधानमन्त्री शाहलाई भारतीय नेतृत्वसँग एक्लाएक्लै भेट्नैपर्ने अवस्था भए पनि परराष्ट्र मन्त्रालयका अधिकारीहरूलाई साथमा राखेर छलफल गर्न सुझाव दिए ।

‘एक्लाएक्लै भेट्दा पनि परराष्ट्र अधिकारीहरूलाई सँगै राखेर भेट्नुपर्छ । कुन विषयमा के कुरा राख्ने भन्नेमा प्रधानमन्त्री पूर्ण तयारीका साथ जानुपर्छ,’ उनले भने, ‘अर्को पक्षबाट कुनै प्रस्ताव आएमा नेपालमा छलफल नगरी त्यहीँ तत्काल प्रतिबद्धता जनाउनु हुँदैन ।’

त्यस्तै, भेटवार्तामा उठाउने विषय, नेपालको आधिकारिक धारणा र राष्ट्रिय अडानबारे प्रधानमन्त्रीले पहिले नै पर्याप्त तयारी गर्नुपर्ने उनले बताए । 

उनले अर्को पक्षबाट कुनै नयाँ प्रस्ताव आएमा तत्काल व्यक्तिगत रूपमा प्रतिबद्धता जनाउनुभन्दा त्यसबारे स्वदेश फर्किएर सम्बन्धित निकायसँग छलफल गरेपछि मात्रै निर्णय लिनुपर्ने बताए ।

पौडेलका अनुसार प्रधानमन्त्रीको विदेश भ्रमण व्यक्तिगत सम्बन्ध विस्तार गर्ने अवसर मात्र नभई राष्ट्रिय हित र नेपालको कूटनीतिक विश्वसनीयता स्थापित गर्ने महत्वपूर्ण अवसर हो ।

उनले भारतविरोधी भावनाबारे भइरहेको बहसलाई पनि ऐतिहासिक र राजनीतिक पृष्ठभूमिबाट बुझ्नुपर्ने धारणा राखे । नेपालको आन्तरिक राजनीतिमा विभिन्न कालखण्डमा भारतको देखिने गरी हस्तक्षेप भएको आरोप तथा जलस्रोतसम्बन्धी सन्धि–सम्झौताबाट नेपालले अपेक्षित लाभ लिन नसकेको जनधारणाले असन्तुष्टि सिर्जना गरेको उनको भनाइ छ ।

विशेषगरी २००७ सालको आन्दोलन, २०१७ सालपछि पञ्चायती व्यवस्थाविरुद्धका गतिविधि, २०४६ सालको जनआन्दोलन तथा माओवादी आन्दोलनका क्रममा भारतको भूमिकालाई लिएर नेपाली समाजमा विभिन्न धारणा बनेको उनले उल्लेख गरे ।

नेपाल र भारतबीच जनस्तरको सम्बन्ध भने निकै बलियो रहेको पौडेलले बताए । वैवाहिक, सांस्कृतिक, धार्मिक तथा आर्थिक सम्बन्धले दुई देशका नागरिकलाई नजिक बनाएको उल्लेख गर्दै उनले भारतमा नेपाली र नेपालमा भारतीय नागरिकको आवतजावत तथा रोजगारीको सम्बन्धलाई त्यसको उदाहरणका रूपमा प्रस्तुत गरे ।

उनले भारतसँगका कतिपय विषयमा हुने असहमति र आलोचनालाई समग्र रूपमा भारतविरोधी भावनाका रूपमा व्याख्या गर्न नहुने बताए । उनका अनुसार कुनै पनि मुलुकसँगको सम्बन्धमा अनुचित वा असन्तुलित व्यवहार भए त्यसको विरोध गर्नु स्वाभाविक हो ।

यसैबीच, केही समयअघि नेपालका अर्थमन्त्रीले भारत भ्रमणका क्रममा नेपालमा भारतविरोधी युग समाप्त भएको आशयको अभिव्यक्ति दिएको विषयप्रति पनि पौडेलले असन्तुष्टि जनाए । सार्वभौम मुलुकको जिम्मेवार मन्त्रीले विदेशमा गएर राष्ट्रिय स्वार्थ र जनभावनासँग जोडिएका विषयलाई हल्का रूपमा प्रस्तुत गर्न नहुने उनको भनाइ छ ।

‘एउटा सार्वभौम मुलुकको मन्त्रीले विदेशमा गएर त्यस्तो अभिव्यक्ति दिनु दुर्भाग्यपूर्ण हो । राष्ट्रिय स्वार्थसँग जोडिएका विषयमा आधिकारिक व्यक्तिहरूले बोल्दा धेरै विचार पु¥याउनुपर्छ,’ उनले भने ।

प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीचका विद्यमान मुद्दामा संवाद र समाधानको बाटो खोल्नुपर्ने उल्लेख गर्दै पौडेलले नेपालको राष्ट्रिय हित प्रवद्र्धन हुने गरी स्पष्ट अडान राख्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।

उनले प्रधानमन्त्रीलाई राष्ट्रिय मुद्दा प्रभावकारी रूपमा उठाएर नेपाली जनताको शिर उँचो हुने गरी भ्रमण सफल बनाउन शुभकामना समेत दिए ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ४, २०८३  ०८:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्रीको भारत भ्रमण सरकार प्रमुखबीच चिनजान र भेटघाटमा मात्र सीमित नहोस् : पूर्वराजदूत पौडेल
आज बिहान ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै
फिफा र एएफसीका अध्यक्षसँग मन्त्री पोखरेलको भेटवार्ता, एन्फामाथिको प्रतिबन्ध फुकाउन सकारात्मक
सम्बन्धित सामग्री
प्रधानमन्त्रीको भारत भ्रमण सरकार प्रमुखबीच चिनजान र भेटघाटमा मात्र सीमित नहोस् : पूर्वराजदूत पौडेल प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) यही मंसिर ६ र ७ गते दुईदिने भारत भ्रमणमा जाँदै छन् । २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि... शुक्रबार, मंसिर ४, २०८३
आज बिहान ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै मन्त्रिपरिषद्को बैठक शुक्रबार बस्ने भएको छ। बैठक बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको... शुक्रबार, मंसिर ४, २०८३
आयोगले थाल्यो स्थानीय निर्वाचनको तयारी, आज दलहरुसँग छलफल निर्वाचन आयोग स्थानीय तहको चुनावको तयारीमा जुटेको छ । निर्वाचनको तयारीस्वरुप आयोगले राजनीतिक दलहरुसँग छलफल एवं परामर्श सुरु गरेको हो... शुक्रबार, मंसिर ४, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्रीको भारत भ्रमण सरकार प्रमुखबीच चिनजान र भेटघाटमा मात्र सीमित नहोस् : पूर्वराजदूत पौडेल शुक्रबार, मंसिर ४, २०८३
आज बिहान ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै शुक्रबार, मंसिर ४, २०८३
फिफा र एएफसीका अध्यक्षसँग मन्त्री पोखरेलको भेटवार्ता, एन्फामाथिको प्रतिबन्ध फुकाउन सकारात्मक शुक्रबार, मंसिर ४, २०८३
आयोगले थाल्यो स्थानीय निर्वाचनको तयारी, आज दलहरुसँग छलफल शुक्रबार, मंसिर ४, २०८३
कर्णालीमा राइड शेयरिङको भाडादर तोकिँदै, मनपरी शुल्कमा लगाम लगाउने तयारी शुक्रबार, मंसिर ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दल त्याग गर्ने जसपाका १८ स्थानीय जनप्रतिनिधिको पद स्वतः रिक्त बिहीबार, मंसिर ३, २०८३
अपहरण गरी बन्धक बनाइएका व्यक्तिको सकुशल उद्धार, संलग्न व्यक्तिहरु पक्राउ बिहीबार, मंसिर ३, २०८३
दाङमा यात्रुवाहक बस दुर्घटना, २२ जना घाइते बिहीबार, मंसिर ३, २०८३
प्रधानमन्त्री बालेनको भारत भ्रमण : राष्ट्रिय स्वार्थमा स्पष्ट अडान राख्न पूर्वप्रधानमन्त्रीहरूको सुझाव बिहीबार, मंसिर ३, २०८३
धान काट्ने मेसिन र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु बिहीबार, मंसिर ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
छठ घाटमा राजनीतिक उपस्थिति : ‘भक्ति’ कि ‘शक्ति’ को खोजी धर्मेन्द्र झा
रावणका दश शिरदेखि लुसिफरको पतनसम्मः नेपालको राजनीतिमा शक्ति र अहंकार सुरेश गिरी
लोकपर्व छठ र यसका विभिन्न महत्वहरु आनन्द अस्तित्व
विश्वव्यापी बन्दै छठ पर्व नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
आईजीपी पुनर्बहालीका लागि सर्वोच्चको इजलासमा बहस, दानबहादुर कार्कीलाई आजै काममा फर्काउने आदेश गर्न वरिष्ठ अधिवक्ताहरूको जोडबल बुधबार, मंसिर २, २०८३
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्