काठमाडौं– एनआईसी एशिया बैंकले आफ्ना ग्राहकका लागि दशैं तथा तिहारको अवसरमा विशेष छुट प्रदान गरेको छ।
बैंकले एनआईसी एशिया बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल एपबाट भाटभटेनी सुपरमार्केटमा खरिद गर्दा अधिकतम १० प्रतिशत वा पाँच सय रुपैयाँ सममको छुट उपलब्ध हुने बैंकले जनाएको छ।
बैंकले दशैं तिहार तथा छठ पर्वका अवसरमा डिजिटल कारोबारलाई प्रोत्साहन गर्न उक्त छुट दिइएको बताएको छ। उक्त छुट योजना असोज १ गतेदेखि कात्तिक १५ गतेसम्म पोसाक तथा जुत्ताजप्पल खरिदमा प्राप्त हुनेछ।
बैंकले यसअघि सार्वजनिक गरेको ‘दशैं–तिहार महोत्सव’ योजनामा पनि भाट–भटेनी सुपरमार्केटलगायत सेल्सबेरी, बिगमार्ट, साथीमार्ट (५ वटा शाखामा मात्र) लगायत दर्जनौं मर्चेन्टहरूमा विभिन्न सामग्री खरिद गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म क्यासब्याक तथा छुट उपलब्ध गराइरहेको छ।
जसअनुसार कात्तिक १५ गतेसम्म सेल्सबेरी, बिगमार्ट र साथी मार्टबाट विभिन्न सामग्रीहरू खरिद गरी यस बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत पीओएस तथा एनआईसी एशिया मोबैंकमार्फत् क्यूआर भुक्तानी गर्दा १० प्रतिशत वा तीन सय रुपैयाँसम्मको क्यासब्याक तथा छुट रहेको बैंकले जनाएको छ।
त्यसबाहेक उक्त योजनामा विभिन्न ब्राण्डबाट अनलाइन सामग्री खरिद गरी ई–कमर्श भुक्तानी गर्दा २० प्रतिशतसम्म क्यासब्याक तथा छुटको प्रबन्ध मिलाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।