काठमाडौं– सानिमा बैंक लिमिटेडले भक्तपुरको ठिमी र कपनमा नयाँ शाखा विस्तार गरेको छ। शुक्रबार दुई ठाउँमा शाखाको उद्घाटन गरी आफ्नो सेवा विस्तार गरेको बैंकले जनाएको छ।
बैंकका ब्राण्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले बैंकका सञ्चालक भरतकुमार पोख्रेलको सहभागितामा संयुक्त उद्घाटन गरेका छन्।
उद्घाटन कार्यक्रममा मह जोडीले ठिमी र कपनमा सानिमा बैंकको शाखा सञ्चालनमा आएकोमा बैंकलाई बधाई दिँदै शुभकामना व्यक्त गरे।
सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका धन्यवाद दिएका छन्।
सानिमा बैंकको देशका सातै प्रदेशमा १२९ कार्यालयहरु र १२० वटा एटिएम सञ्जालहरु सञ्चालनमा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।