काठमाडौं– नेपाललाइफ इन्स्योरेन्स कम्पनीले दशैं बिदाको समयमा पनि गुनासो सुनुवाइका लागि कल सेन्टर सञ्चालनमा गर्ने भएको छ।
दशैंको टिकाको दिनबाहेक अन्य समयमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म कल सेन्टर सञ्चालनमा रहने कम्पनीले जनाएको छ।
ग्राहकले इन्स्योरेन्ससम्बन्धी गुनासो गर्नुपरेमा कम्पनीको कल सेन्टर, इमेल, ह्वास्एप तथा भाइबरर्फात् गुनासो दर्ता गर्न सक्नेछन्।
कम्पनीले देशैभरि फैलिएर रहेका नेपाललाइफ इन्स्योरेन्स कम्पनीका १८९ शाखा तथा उपशाखाहरुबाट बीमासम्बन्धी सम्पूर्ण सेवाहरु सरल, सहज, तवरले प्रदान गर्दै आइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।