काठमाडौं– प्रभु बैंक र सेन्चुरी बैंकलाई मर्जरमा जान नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिएको छ। राष्ट्र बैंकको भदौ १५ गते बसेको सञ्चालक समितिको बैठकले सैद्धान्तिक सहमति दिएको हो।
यसअघिनै साउन १५ गते दुवै बैंकले १:१ अनुपातमा गाभ्ने गाभिने सम्झौता गरिसकेका छन् । सम्झौतामा प्रभु बैंकको अध्यक्ष लिलाप्रसाद सिटौला र सेन्चुरी बैंकका राजेश कुमार श्रेष्ठले हस्ताक्षर गरेका थिए।
मर्जरपश्चात प्रभु बैंकको नाममा एकीकृत कारोबार हुनेछ।
अहिले प्रभु बैंकको चुक्ता पुँजी १२ अर्ब ७० करोड रुपैयाँ छ भने सेन्चुरीको ९ अर्ब ५५ करोड रुपैयाँ छ। १००५ को स्वापमा मर्जर हुँदा प्रभु बैंक लिमिटेडको चुक्ता पुँजी २२ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।