मुम्बइ– दिवंगत बलिउड अभिनेता इरफान खानका छोरा बाबिल खान चाँडै फिल्ममा देखिने भएका छन्।
उनी नेटफ्लिक्समार्फत् रिलिज हुने तयारीमा रहेको ’क्वाला’मार्फत् डेब्यु गर्न लागेका हुन्। संगीतमा आधारित उक्त फिल्को टिजर सार्वजनिक भएको छ।
पहिलो टिजरमा भने बाबिललाई देखाइएको छैन। फिल्ममा तृप्ति डिमरी, स्वस्तिका मुखर्जी, आशीष सिंह, नीर राव र राज शर्मा मुख्य भूमिकामा छन्।
सामाजिक सञ्जालमा भिडियो सेयर गर्दै बाबिलले लेखेका छन्, ‘एक कलाकारका रुपमा मेरो पूरै यात्रा सुन्दर र खराब मूल्यांकनका लागि तपाईंको आँखा अगाडि खुल्दैछ। म भाग्यमानी ठान्छु, निर्देशक आन्विरतासँग करियरको सुरुवात गर्ने मौका मिलेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।