काठमाडौं– सन् २०१८ मा आएको जीरो फ्लप भएपछि शाहरुख खानले फिल्मबाट ब्रेक लिएका थिए। उनी अब आगामी फिल्मका लागि एक सय एक स्क्रिप्टको पर्खाइमा बसेका थिए।
यस पटक शाहरुख खानले तीन ठूला बजेटका फिल्ममा काम गर्ने घोषणा गरेका छन् जसले उनलाई कामयावीतिर लैजाने अनुमान गरिएको छ। आदित्य चोपडाको प्रोडक्सनमा बन्दै गरेको पठानबाट शाहरुख आफ्नो कमब्याक गर्दै छन्। यो फिल्म २५ जनवरी २०२३ मा फिल्महरुमा रिलिज हुने छ। यस बाहेक शाहरुख फिल्ममेकर राजकुमार हिरानीको फिल्म डंकीमा आबद्ध भएका थिए। जुन फिल्म २२ डिसेम्बर २०२३ को रिलिज हुँदै छ। त्यस्तै उनको अर्को छिटै आउने फिल्म हो साउथ फिल्म मेकर एटलीको फिल्म जवान। त्यसको रिलिज २ जुन २०२३मा हुँदैछ।
शाहरुख यस फिल्ममा नयाँ रुपमा पर्दामा देखा पर्दैछन्। यी तीन फिल्म बाहेक शाहरुखले आफ्नो अर्को फिल्मको स्क्रिप्ट पनि अध्ययनमा लागेका छन्।
डन - ३ का लागि शाहरुखको प्रतिक्रिया
शाहरुखले २०२३ मा आफ्ना ३ फिल्मको साथ दर्शकलाई मनोरञ्जन दिन २०२४ को तयारी पनि थालेका छन्। किनकी यी तीन वटै फिल्मको सुटिङ उनले सकेका छन्। केही हिस्सामात्र बाँकी रहेका कारण उनी अर्को फिल्मको तयारीमा लागेका हुन्। तर यस पटक शाहरुखले स्क्रिप्ट छान्नेमा कुनै हतार नगर्ने बताएका छन्।
उनी निकटस्रोतले बलिवुड हंगामलाई बताएअनुसार शाहरुखलाई डन ३ को अफर आएको थियो तर उनले त्यसलाई अस्वीकार गरेका छन्। डनको बहुचर्चित सिक्वेल भएपनि उनले यसमा काम गर्ने इच्छा नदेखाएको उनी निकटहरुले बताएका छन् । पहिले नै डनका दुई भाग हिट भएर उनी एक बदमाश, स्टाइलिस अपराधीको भूमिका खुबै प्रशंसित भएका थिए । स्रोतका अनुसार तेस्रो श्रृंखलाको स्क्रिप्ट शाहरुखलाई मन परेको छैन। उनी स्क्रिप्टलाई लिएर पुरै आश्वस्त हुन नसकेकाले अहिलेलाई स्वीकार नगरेका हुन् ।
उनलाई थाहा छ कि डन एक प्रतिष्ठित र चर्चित क्यारेक्टर हो त्यसमा पूर्ण रुपमा स्क्रिप्टमा सहमत नभएसम्म यसको भूमिकामा फिर्ता आउने सोच खानले बनाएका छैनन्। बक्स अफिस सिनारियोको पनि अहिले खानको लागि सकारात्मक चलिरहेको छ। यस्तो अवस्थामा उनी फिल्ममा हस्ताक्षर गर्नुअघि पूर्ण रुपमा सुनिश्चित हुन चाहेको देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।