काठमाडौं- बलिउड अभिनेता अर्जुन कपुरले मलाइका अरोडासँगको सम्बन्धबारे जवाफ फर्काएका छन्। भारतीय सञ्चारमाध्यमसँग बोल्दै उनले आफूहरु उदाहरण बन्न चाहेको उल्लेख गरेका हुन्।
उमेरले मलाइकाभन्दा कान्छा अर्जुनको प्रेम सम्बन्धबारे विभिन्न टिप्पणी भइरहन्छन्। उनीहरुबीच उमेरको झन्डै ११ वर्षको अन्तर छ। मलाइका ४८ पुगिन् भने अर्जुन ३७ वर्षका भए।
कपुरले भने, 'मेरो र मलाइकाको उमेरको अन्तरमा मलाई कुनै समस्या छैन। हाम्रा निकटस्थलाई मतलब छैन। जोसँग मतलब छैन, उनीहरू यस्तो सोचिरहेका छन्।'
उनले सोच बदल्न सहज नभएको बताउँदै आफूहरु उदाहरण बन्न चाहेको उल्लेख गरेका छन्। भन्छन् , 'सोच बदल्न सजिलो छैन। हामी प्रेम गरिरहेका छौं भने उदाहरण समेत बन्न सक्छौं। म खुशी छु।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।