काठमाडौं–बलिउड अभिनेता सलमान खान र उनका बुबा सलीम खानलाई आइतबार धम्कीले भरिएको पत्र प्राप्त भएको छ। भारतको बान्द्रा प्रहरीले यो विषयमा अज्ञात व्यक्तिविरुद्ध उजुरीसमेत दर्ता गराएको छ।
प्रहरीले सञ्चारमाध्यमलाई दिएको जानकारीकाअनुसार उनीहरुलाई अज्ञात व्यक्तिले पत्रमार्फत ‘सिद्धु मुसेवालाको जस्तो अवस्था बनाइदिने’ भन्दै धम्की दिएका छन्। आइतबार बिहान सलमानका बुबा मर्निङ वाक गरेर फर्किएपछि बस्ने ठाउँमा यो पत्र पाइएको बताइएको छ।
हालसालै पञ्जाबी गायक सिद्धु मुसेवालाको हत्यापछि भारतका कलाकार तथा गायकहरुलाई विभिन्न रुपमा धम्की दिइएका घटना सार्वजनिक भइरहेका छन्। सलमानसँगको घटना पछिल्लो हो। मुम्बई प्रहरीले भने सलमानको सुरक्षामा अहिले विशेष ध्यान दिएको बताएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार मुसेवालाको हत्यापछि सलमानको सुरक्षा बढाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।