पाँचौ वरीयताका राफयल नाडाल कीर्तिमानी १४औं पटक फ्रेन्च ओपनको च्याम्पियन बनेका छन्। आठौं वरीयताका आफ्नै चेला क्यास्पर रुडलाई ३–० को सोझो सेटमा पराजित गर्दै स्पेनिस खेःलाडी नाडाल कीर्तिमानी उपाधि जित्न सफल भएका हुन्।
पेरिसमा आइतबार राति एकपक्षीय बनेको फाइनलमा ३६ वर्षीय नाडालले २३ वर्षीय नर्वेजियन क्यास्पर रुडलाई ६–३, ६–३ र ६–० को सोझो सेटमा पराजित गरेका हुन्।
रुडले २०१८ देखि स्पेनको मलोर्कामा रहेको नाडालको एकेडेमीमा प्रशिक्षण गर्दै आइरहेका छन्।
योसँगै नाडाल कीर्तिमानी १४औं पटक फ्रेन्च ओपन तथा कीर्तिमानी २२औं पटक ग्रान्डस्लाम च्याम्पियन बन्न सफल भएका छन्। यस्तै, उनी सर्वाधिक ग्रान्डस्लाम जित्ने एक्लो खेलाडी बनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।