काठमाडौं–भारतीय कलाकार सुनील बर्माले निता ढुंगानाले बनाउन लागेको फिल्म ‘ह्रस्व दीर्घ’मा अभिनय गर्ने भएका छन्। अभिनेत्री ढुंगानाले सामाजिक सञ्जालमार्फत् फिल्ममा बर्माको इन्ट्री भएको बताएकी हुन्।
‘ह्रस्व दीर्घ’ निता ढुंगानाको प्रोडक्सन कम्पनी निता फिल्म्सको ब्यानरमा निर्माण भइरहेको छ। फिल्ममा यसअघि भारतीय कलाकार प्रदीप रावतले अभिनय गर्ने पक्कापक्की भएको बताइएको थियो। हाल भने अर्का चर्चित भारतीय कलाकार बर्मालाई फिल्ममा लिइएको निताले जानकारी दिएकी छिन्।

चन्द्र पन्तले निर्देशन गर्ने यो फिल्म आगामी साउन महिनाबाट छायांकनमा जाने बताइएको छ। फिल्म नेपाल तथा भारतका विभिन्न ठाउँमा खिचिने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।