काठमाडौं– बहुप्रतिक्षित नेपाली फिल्म ‘प्रेमगीत ३’ भारतमा पनि नेपालमै प्रदर्शन भएको दिन प्रदर्शन हुने भएको छ। फिल्म भारतमा ‘विश्वजितम’ नामबाट प्रदर्शन हुने फिल्मका निर्देशक तथा निर्मातता सन्तोष सेनले बताएका छन्।
फिल्मलाई भारतीय निर्माता संघमा दर्ता गराइएको बताउँदै उनले फिल्म नयाँ नामबाट भारतमा प्रदर्शन हुने बताइएको छ।
भारत र नेपालमा एकै दिन प्रदर्शन हुने यो फिल्मलाई सिनेमा हलमा नेपाली फिल्मको प्रभाव राम्रो छोड्ने भन्दै हेरिएको छ। सेन र छेतन गुरुङको निर्देशन रहेको यो फिल्म सफल फिल्म श्रृङ्खला ‘प्रेमगीत’कै निरन्तरता हो।
नेपालमा आशुसेन फिल्म्सको ब्यानरमा बनेको फिल्मलाई भारतमा अजय कपुर प्रोडक्सन र युएफओ वितरकले वितरण गर्दैछन्।
फिल्ममा प्रदीप खड्का, क्रिष्टिना गुरुङ, शिव श्रेष्ठलगायतका कलाकारको मुख्य भूमिका रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।