• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २२, २०८२ Wed, Oct 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन
पालिकामा महिला–४ सत्ता गठबन्धन सहमतिको सकसमा महिला प्रतिनिधित्व!
64x64
दुर्गा दुलाल बुधबार, वैशाख ७, २०७९  २०:०५
1140x725

काठमाडौं– लामो रस्साकस्सीपछि सत्ता गठबन्धन दलहरूले बुधबार ६ महानगर र ११ उपमहानगरमा उम्मेदवारको भागबन्डा टुङ्गाएका छन्। ७५३ स्थानीय तहमध्ये महानगर र उपमहानगरमा केन्द्रबाटै भागबन्डाको निर्णय भएको हो। नगरपालिका र गाउँपालिकामा भने तल्लो तहबाट उम्मेदवार टुङ्गाउने सहमति यसअघि नै भएको थियो।

सत्ता सहयात्री नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले नगर र गाउँ पालिकामा भने बाध्यात्मक रूपमा तालमेलको निर्देशन नदिने निर्णय यसअघि नै गरेका छन्। उक्त सहमतिअनुसार विभिन्न जिल्लाका पालिकाहरूमा गठबन्धनका दलहरूले तालमेलको सहमति गरिरहेका छन्। केही स्थानीय तहमा भने सहमति हुन नसक्दा आ–आफ्नै उम्मेदवार सिफारिस भइरहेका छन्। 

गठबन्धन दलहरूले सहमति नभएको अवस्थामा मित्रवत् प्रतिस्पर्धा गर्ने, तर एमालेलगायत अन्य दलसँग तालमेल नगर्ने गरी तल्ला कमिटीहरूलाई निर्देशन दिने निर्णय पनि गरेका छन्। बुधबार बालुवाटारमा भएको सहमतिपछि अब सत्ता गठबन्धन दलहरूलाई महानगर र उपमहानगरमा उम्मेदवारहरू सिफारिस गर्ने बाटो खुलेको छ। निर्वाचन आयोगले वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गर्ने मिति निर्धारण गरेको छ।

सत्तारुढ दलहरूबीच तालमेलको सहमति भएसँगै एक दलले प्रमुख वा उपप्रमुखमध्ये एक पदमा मात्र उम्मेदवारी दिने हुँदा महिला प्रतिनिधित्व खोसिने देखिएको छ। कानुनतः एक दलले दुवै पदमा उम्मेदवारी दिँदा प्रमुख वा उपप्रमुखमध्ये एक पदमा अनिवार्य महिला हुनुपर्ने व्यवस्था छ। तर, एक मात्र पदमा उम्मेदवारी दिँदा महिला नै उठाउनुपर्ने बाध्यता हुँदैन।

केही दिनअघि निर्वाचन आयोगले एक मात्र पदमा उम्मेदवारी दिदाँ महिला अनिवार्य हुनुपर्ने व्यवस्था संशोधन गरेको थियो। त्यसैले सत्ता गठबन्धनबीच मेयर र उपमेयर फरक पार्टीले पाउँदा महिला प्रतिनिधित्व गुम्नसक्ने खतरा देखिएको हो।

स्थानीय तह निर्वाचन ऐन २०७३ मा ५० प्रतिशत महिला हुनुपर्ने व्यवस्था छ। तत्कालीन समयमा संसदको राज्य व्यवस्था समितिमा लामो छलफलपछि महिला सांसदहरूको जोडबलमा यस्तो व्यवस्था राखिएको थियो। स्थानीय तह निर्वाचन ऐनको दफा १७ को ४ मा उपदफा (१) बमोजिम मनोनयनपत्र पेश गर्दा दलले अध्यक्ष र उपाध्यक्ष, प्रमुख र उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखमध्ये ५० प्रतिशत महिला उम्मेदवार रहने व्यवस्था मिलाउनु पर्ने उल्लेख छ। 

सोही ऐनमा ‘तर, दलले एक पदमा मात्र उम्मेदवारी दिएमा यो उपदफाको प्रावधान लागू हुने छैन’ भनिएको छ। यही व्यवस्थालाई टेकेर निर्वाचन आयोगले एक पदमा उम्मेदवारी दिए अनिवार्य महिला हुनुपर्ने आफैंले दिएको निर्देशन सच्चाएको हो। निर्वाचन आयोगले ऐनको हवाला दिँदै निर्देशन सच्याए पनि सत्ता गठबन्धन दलको दबाबमा यसो गरिएको स्रोतको भनाइ छ।

सत्ता गठबन्धनभित्रका राजनीतिक दलहरूलाई आयोगको उक्त निर्देशनले अप्ठ्यारो पार्ने अवस्था सिर्जना भएको थियो। फरक–फरक राजनीतिक दलहरूले प्रमुख र उपप्रमुखको भाग पाएपछि एकल उम्मेदवारी दर्ता गराउँदा दुवै पदमा महिला उठाउनुपर्ने बाध्यता आइपर्ने देखेपछि गठबन्धनले आयोगलाई यो व्यवस्था सच्चाउन दबाब दिएको हो। 

Ncell 2
Ncell 2

अहिले काठमाडौं महानगरको मेयर कांग्रेसको र उपमेयरमा एकीकृत समाजवादीको भागमा परेको छ। एकजना मात्र उम्मेदवार बनाउँदा दुवै पार्टीले दुवै पदमा महिला उम्मेदवार उठाउनुपर्ने बाध्यता सिर्जना हुने थियो। यो व्यवस्थाले सत्ता गठवन्धनको देशभर महिला मात्र उम्मेदवार हुने भएपछि सच्चाउन आयोगलाई दबाब दिइएको स्रोतको भनाइ छ। निर्देशन सच्याएपछि अब गठबन्धन गर्ने दलले एक पदमा उम्मेदवारी दिँदा पुरुष वा महिला जोसुकै उठाउन पाउने छन्। 

महिलाको प्रतिनिधित्व अनिवार्य नगरिएको पदमा उपस्थिति कमजोर रहेको २०७४ सालकै चुनावी नतिजाले देखाउँछ। प्रतिनिधित्व अनिवार्य नगरिएको वडाध्यक्षमा ६ हजार ४७३ मध्ये ६२ जना मात्रै महिला निर्वाचित भए। त्यसैगरी ७५३ पालिकामध्ये केवल १८ वटामा मात्रै महिला प्रमुख भए। केही स्थानीय तहहरूमा तालमेल गरेर पुरुषहरू नै विजयी भएका थिए। भरतपुर महानगर भने अपवाद थियो। त्यहाँ माओवादी र कांग्रेसले गठबन्धन गर्दा दुवै पदमा महिला विजयी भएका थिए।

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आगामी स्थानीय तहको निर्वाचनमा महानगर र उपमहानगरमा महिलाको सहभागिता उल्लेख्य हुने दाबी गरेका छन्। बालुवाटारमा सत्तारुढ दलबीच सहमति भएपछि पत्रकारसँग कुरा गर्दै उनले उम्मेदवार उठाउने विषयमा समावेशिता ख्याल गरिने बताए। ‘हामी मतदाताको मनोभावना अनुसार उम्मेदवार तय गर्छौँ,’ उनले भने, ‘कहाँ महिला, जनजाति र अन्यलाई उठाउने भनेर समावेशीलाई केन्द्रमा राखेर निर्णय हुन्छ।’

तर, दलभित्रका आकांक्षीहरूको संख्या र स्थानीय राजनीतिको रस्साकस्सीले गर्दा महिलाले मौका पाउने संभावना न्यून भएको सत्ता गठबन्धन दलका महिला नेतृहरूकै टिप्पणी छ। पार्टीले एउटा मात्र सिटमा उम्मेदवारी दिँदा महिलाले पाउने संभावना कम भएको नेपाली काग्रेसकी संघीय सांसद डिला संग्रौलाको भनाइ छ। 

त्यस्तै, माओवादी केन्द्रकी सांसद रेखा शर्माले राजनीतिक दलहरूले विवेक पुर्‍याएर उम्मेदवार उठाउने बताउँछिन्। ‘महिलाहरूका विषय, संवैधानिक अधिकार र कानुनी अधिकारका कुरा मात्रै होइनन्। यो अलि बढी विवेकमा भर पर्ने कुरा हो।’ कानुनले अनिवार्य नगरेपछि प्रतिनिधित्व कमजोर हुनसक्ने उनको आंकलन छ। सत्ता गठबन्धनबाट ६ महानगरमध्ये काठमाडौं, भरतपुर, ललितपुर र विराटनगरको मेयरको दौडमा महिला नेतृ पनि छन्।

यस श्रृङ्खलाका थप-
दाबी पालिका प्रमुखमा, गठबन्धनले ‘उप’ पनि गुम्ने जोखिम
चन्दननाथकी मेयर कान्तिका भन्छिन्– अब देशभर महिलाको नेतृत्व बढ्छ
महानगरपालिकाका उपप्रमुखहरुको प्रमुखमा दाबी, ‘पुरुषवादी सोच’ले रोक्न सक्ने त्रास

प्रकाशित मिति: बुधबार, वैशाख ७, २०७९  २०:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
इलाम पहिरो: मृत्यु हनेको संख्या ३९ पुग्यो मंगलबार, असोज २१, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
जेनजी अगुवाले चलाए ‘एरेस्ट केपी ओली’ अभियान सोमबार, असोज २०, २०८२
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा मंगलबार, असोज २१, २०८२
यस वर्षको मनसुन नेपालबाट बाहिरिँदै सोमबार, असोज २०, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
जेन–जी प्रदर्शनपछि माडागास्करका राष्ट्रपतिद्वारा सरकार भंगको घोषणा, जिम्मेवारी पूरा गर्न नसकेकोमा माफी मागे मंगलबार, असोज १४, २०८२
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित, विश्वकप क्वालिफायर भने खेल्ने बुधबार, असोज १५, २०८२
आफूसँग रहेका सबै इजरायली बन्धक रिहाइका लागि हमास तयार, नेतान्याहुले के भने? शनिबार, असोज १८, २०८२
आइतबार र सोमबार सार्वजनिक बिदा शनिबार, असोज १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्