• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, जेठ २, २०८२ Fri, May 16, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन
पालिकामा महिला ३ महानगरपालिकाका उपप्रमुखहरुको प्रमुखमा दाबी, 'पुरुषवादी सोच'ले रोक्न सक्ने त्रास
64x64
धनु विश्वकर्मा सोमबार, चैत २८, २०७८  ०९:३१
1140x725

काठमाडौं– वैशाख ३० गतेका लागि तय स्थानीय तहको निर्वाचन नजिकिएसँगै निर्वाचनमा सहभागी हुने राजनीतिक दलहरु मतदाता केन्द्रीत भएका छन्। 

स्थानीय तहमा पाँच वर्षका लागि प्रतिनिधि छनोट हुने भएपछि गाउँ/गाउँमा चुनावी चहलपहल बढेको छ। अहिले स्थानीय स्तरका नेतामात्र नभइ संघ र प्रदेशका नेताहरु पनि आ–आफना गृहजिल्लामा केन्द्रीत हुन थालेका छन्। 

राजनीतिक दलहरु स्थानीय तहमा आफ्ना उम्मेदवार चयनमा जुटिरहेका छन्। सरकारको नेतृत्व गरिरहेको पाँच दलले गठबन्धन गर्ने निर्णय गरेसँगै स्थानीय तहहरुमा ति दलहरुबाट उम्मेदवारी घोषण भएको छैन।गठबन्धनको भागवण्डा मिलेपछि मात्र उम्मेदवारको सम्बन्धित दलले टुंगो लगाउने तयारी छ। 

नेकपा एमाले पनि अन्य दलसँगको गठबन्धनको कसरतमा रहेको छ र उसले पनि स्थानीय स्तरमा उम्मेदवारी घोषणा गरेको छैन। 

अधिकांश जसो दलहरुले स्थानीय स्तरबाट चयन भएका उम्मेदवारलाई पालिका र जिल्ला स्तरका पार्टीका संरचनाबाट टुंगो लगाउने र महानगर/नगरपालिकाका उम्मेदवारको टुंगो केन्द्रबाट लगाउने तयारी गरेका छन्। तर, आकांक्षीहरुले सामाजिक सञ्जाल र आफूहरु निकटबाट दाबेदारी प्रस्तुत गरिरहेका छन्।

स्थानीय सरकारको नेतृत्वमा महिलाको कमजोर उपस्थिति

देश संघीय संरचनामा प्रवेश गरेपछि पहिलो स्थानीय तहको निर्वाचन २०७४ मा सम्पन्न भएको थियो। उक्त निर्वाचनबाट स्थानीय सरकारमा महिलाको प्रतिनिधित्व कमजोर देखिएको छ। कुल ७५३ वटा स्थानीय तहमा १८ जनामा मात्र महिला प्रमुख छन्। 

स्थानीय तहका प्रमुख वा उपप्रमुख मध्ये एक जना महिला उम्मेदवार बनाउनु पर्ने कानुनी व्यवस्था छ। यस व्यवस्थामा अनुसार प्रमुख वा उप्रमुख मध्ये एक महिला हुनुपर्ने भएसँगै राजनीतिक दलहरुले उपप्रमुखमा महिलालाई बढी प्राथमिकता दिए। 

Ncell 2
Ncell 2

गत निर्वाचबाट ६ वटा महानगरपालिकामा महिला शीर्ष नेतृत्वमा चयन भए। प्रमुखमा भरतपुर महानगरपालिकामा रेणु दाहाल बाहेका ५ वटा महानगरपालिकामा पुरुष प्रमुख छन्। 

महानगरको मेयरमा उपमेयरहरुको दाबी
पाँच वर्ष उपमेयर रहेर काम गरेकाहरुले यतिबेला आफूलाई प्रमुखको दाबेदारको रुपमा प्रस्तुत गरिरहेका छन्। चासो र चर्चामा रहने काठमाडौं महानगरपालिकाकी  उपमेयर हरिप्रभा खड्गी यसमध्ये एक हुन्। गत निर्वाचनमा नेकपा एमालेका तर्फबाट महानगर प्रमुखसहित बहुमत पदमा जित हात पार्दा खड्गी कांग्रेसका तर्फबाट उपमेयर विजयी भएकी थिइन्। 

एमालेसँगको तालमेलमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार रहेका रामराजा श्रेष्ठलाई पराजित गर्दै उपमेयर खड्गीले ५८ हजार ९५२ मत प्राप्त गरेकी थिइन्। श्रेष्ठले ३४ हजार ८५४ मन प्राप्त गरेका थिए। खड्गीले आगामी निर्वाचनमा आफूलाई महानगरपालिकाको प्रमुखको रुपमा दाबेदारी प्रस्तुत गरिरहेकी छन्। 

एमालेबाट निर्वाचित मेयर विद्यासुन्दर शाक्यले मेयरमा दोहोरिने आकांक्षा व्यक्त गर्दै अभिव्यक्ति दिइरहँदा उपमेयर खड्गीले आफूलाई मेयरको दाबेदारको रुपमा प्रस्तुत गरेकी हुन्। पाँच वर्ष मेयर शाक्यसँग जुधेर जनताको पक्षमा काम गरेको भन्दै उनले आफू मेयरमा योग्य भएकी बताएकी छन्। 

shivam cement

shivam cement

मेयर शाक्यले धेरै काममा गलत गर्न खोज्दा आफूले रोकेको बताउँदै आफू शाक्यको विकल्प भएको बताइन्। आफूलाई पार्टीले टिकट दिने विश्वास खड्गीले व्यक्त गरिन्। 

‘मेयर शाक्यमा विपक्षी पार्टीका माथि मात्र होइन, आफ्नै पार्टीबाट जितेका वडाध्यक्षका कुरासमेत नसुन्ने र आफूले जे गर्‍यो, त्यही सही भन्ने हठवादी सोच छ’ उनले भनिन्, ‘अब महानगरले विद्यासुन्दरबाट मुक्ति पाउनुपर्छ। उहाँको विकल्प हो, म। मलाई टिकट दिएर कांग्रेसले बुद्धिमतापूर्ण निर्णय गर्नेछ भन्ने विश्वास छ।’ 

चर्चामा भरतपुर : प्रमुख र उपप्रमुख दुबैको दाबी
स्थानीय तहको चुनाव नजिकिएसँगै भरतपुर महानगरपालिका चर्चामा छ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्वाचन क्षेत्रमा पर्ने र उनकी छोरी रेणु दाहाल प्रमुख रहेको क्षेत्र भएका कारण पनि भरतपुर चर्चामा रहेको हो। 

सत्ता गठबन्धनले तालमेल गर्ने निर्णय गरेसँगै भरतपुर महानगरमा आफूहरुको दाबी रहेको प्रचण्डले बताएका थिए। तर चितवन कांग्रेसले भने भरतपुर माओवादीलाई दिन नसकिने जनाएको छ। 

भरतपुरको मेयर कुन दलले पाउने विषयमा गठबन्धनमा ‘रस्साकस्सी’ जारी रहँदा उपप्रमुख पार्वती शाह ठकुरीले प्रमुखमा आफ्नो दाबी रहेको बताएकी छन्। ‘पाँच वर्ष काम गरें। अनुभव बटुलेकी छु। स्थानीथ तह सञ्चालन ऐन अन्तर्गत रहेर काम गरेको छु। कामका आधारमा पनि मलाई पार्टीले मेयरको टिकट दिनु पर्छ’ उनले भनिन्। 

महिलालाई उपमेयरमा थन्काउने काम अब दलले बन्द गर्नुपर्ने उनको भनाइ छ। उनले पुरुषले भन्दा महिलाले पारदर्शी भएर काम गर्ने दाबी गरिन्। 

जिम्मेवारी दिए बहन गर्ने पोखराकी उपप्रमुख
पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जु गुरुङले पार्टीले जिम्मेवारी दिए प्रमुखमा प्रतिस्पर्धा गर्नबाट पछि नहट्ने बताएकी छन्। 

मञ्जुले उपप्रमुखमा कांग्रेसकी उम्मेदवार सरस्वती गुरुङलाई पराजित गरेकी थिइन्। सरस्वतीले ४४ हजार ३३८ मत पाउँदा विजयी मञ्जुले ५६ हजार ४४८ मत पाएकी थिइन्। 

एमालेबाट विजयी मञ्जुले पाँच वर्षसम्म जनप्रतिनिधि भएर आफूले गरेको कामको पार्टीले मूल्यांकन गर्नुपर्ने बताइन्।  ‘पार्टीले पाँच वर्षसम्म गरेको कामको मूल्यांकन गर्नुपर्छ’ उनले भनिन्, ‘काम के कति भयो भनेर जनताले सोसियल एडिट गर्नुपर्छ।’

पार्टीले मेयरको टिकट दिए आफू पछि नहट्ने उनको भनाइ छ।  महिलालाई उपमेयरमात्र बनाइने ‘ट्याग’ हटाउनु पर्ने उनी बताउँछिन्। 

२०७४ सालको स्थानीय तहको निर्वाचनको परिणाम हेर्दा ९८ प्रतिशत पुरुष प्रमुख छन् भने महिला ९१ प्रतिशत उपप्रमुख छन्। उपप्रमुख गुरुङ भन्छिन्, ‘हिजो जे भयो भयो अब त्यो गल्ती गर्नु हुँदैन।’

महिलाको सहभागितालाई न्याय गर्नका लागि पार्टीले आफूलाई टिकट दिनुपर्ने उनी बताउँछिन्। तर, भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाह  भने धेरै महिलाहरुले उपप्रमुखमा आकांक्षा गर्ने गरेका कारण पार्टीले विश्वास नगर्ने अवस्था बनेको बताउँछिन्। 

यसमा पितृसत्तात्मक सोचको प्रभाव रहनु अर्को कारण भएको उनी बताउँछिन्। 

पोखरा महानगरपालिका उपप्रमुख गुरुङ पनि महिलाको सहभागिताबारे कानुनमा लेखिएको भए पनि व्यवहारमा लागू नभएको बताएकी छन्। 

गठबन्धनले दुबै पदमा पुरुष हुने आशंका
ललितपुर महानगरपालिकाकी उपप्रमुख गिता सत्याल पनि मेयरकी आकांक्षी हुन्। 

पाँच वर्षसम्मको अनुभवलाई पूर्ण गर्न कार्यकारी पदमा रहेर काम गर्नुपर्ने उनको भनाइ छ। पाँच वर्षसम्म सिकेको अनुभवलाई प्रमुख बनेर जनताको सेवामा समर्पित गर्न पाउनु पर्ने उनको भनाइ छ।

उपप्रमुखलाई चारवटा मात्र क्षेत्र छुट्याइएको उनले बताइन्। उपमेयरको कार्यक्षेत्रमा न्यायीक समिति, बजार अनुगमन, उपभोक्ता हितसंरक्षण सम्बन्धी काम र गैरसरकारी संघ सँस्थाहरुसँग समन्वय गर्ने रहेको उनी बताउँछिन्। यसलाई कार्यकारी पद भन्न नमिल्ने उनको तर्क छ। प्रमुखको आदेशको पालना गर्ने जस्तो भएको उनले बताइन्। 

तर, उनमा गठबन्धन बनेका कारण निर्वाचित भएर आउनेहरु सबै पुरुष त हुने होइनन् भन्ने चिन्ता छ।तालमेलका नाममा महिला सहभागिता घट्ने सम्भावना बढेको उनी बताउँछिन्। 

महिला भनेर पार्टीले विश्वास नगर्ने बातावरण रहेको भन्दै उनले यो पुरुषप्रधान समाजको उपज रहेको बताएकी छन्। 

प्रमुखको मुख्य दाबेदार नै उपप्रमुख
विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्की पनि महानगर प्रमुखको दाबेदार हुन्। उनले महानगर वा स्थानीय तहका उपप्रमुखहरु नै आगामी निर्वाचनका प्रमुखको पहिलो दाबेदार रहेको बताइन्। 

‘प्रमुखमा अहिलेको दावेदार भनेको उपप्रमुख रहेको हुन्। म उपप्रमुख हुँदा पनि खरो रुपमा उत्रेर काम गरेको छु’ उनले भनिन्। 

दलहरुले आसेपासे र आफन्तलाई टिकट दिने प्रवृत्ति रहेको उनी बताउँछिन्। उपप्रमुख हुँदाको कामको मूल्यांकनका आधारमा प्रमुख आफूले पाउनु पर्ने कार्की बताउँछिन्। उपप्रमुखका रुपमा थालिएका कतिपय काम गर्न बाँकी रहेकाले आगामी कार्यकाल महानगरको नेतृत्वमा जान चाहेको उनको भनाइ छ। 

गत निर्वाचनमा विराटनगरमा कांग्रेसबाट उपप्रमुखको उम्मेदवार बनेकी कार्कीले २० हजार १४६ मत प्राप्त गरेकी थिइन्। उनले नेकपा माओवादी केन्द्रकी उम्मेदवार नमिता न्यौपानेलाई पराजित गरेकी थिइन्। न्यौपानेले ११ हजार ५२४ मत प्राप्त गरेकी थिइन्। कार्कीले नेतृत्वमा महिलालाई विश्वास नगर्ने प्रवृत्तिका कारण आफू पछाडि पर्छु कि भन्ने भय हुने गरेको बताइन्।

प्रकाशित मिति: सोमबार, चैत २८, २०७८  ०९:३१
  • #स्थानीय_तहको_निर्वाचन_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
हिमाल जोगाउनु पृथ्वी, महासागर र मानवता जोगाउनु हो– प्रधानमन्त्री ओली शुक्रबार, जेठ २, २०८२
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोवार ? शुक्रबार, जेठ २, २०८२
दुई अर्ब ६१ करोड राजस्व सङ्कलन शुक्रबार, जेठ २, २०८२
सगरमाथा संवाद सुरु शुक्रबार, जेठ २, २०८२
नेपालमा सुर्तीजन्य पदार्थः कम कर, बढी असर शुक्रबार, जेठ २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
मोहन बस्नेतको सांसद् पद निलम्बन बिहीबार, जेठ १, २०८२
निर्मला पन्त प्रकरण : गाली बेइज्जती मुद्दामा पत्रकार भण्डारीलाई एक महिना कैद बिहीबार, जेठ १, २०८२
टेरामक्स प्रकरण : ३ अर्ब २१ करोड बढी भ्रष्टाचार, पूर्वमन्त्री मोहन बस्नेतसहित १६ जनाविरुद्ध मु्द्दा दायर बिहीबार, जेठ १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
विश्वकप लिग २ : स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी शनिबार, वैशाख २७, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले घोषणा गर्यो भारतविरुद्ध अपरेशन ‘बुन्यान उल मर्सूस’ शनिबार, वैशाख २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्