• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, साउन १२, २०८३ Tue, Jul 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
पालिकामा महिला-२

चन्दननाथकी मेयर कान्तिका भन्छिन्– अब देशभर महिलाको नेतृत्व बढ्छ

64x64
धनु विश्वकर्मा सोमबार, चैत २१, २०७८  ०७:०५
1140x725

काठमाडौं– २०७४ सालको स्थानीय तह निर्वाचनमा जुम्लाको चन्दननाथ नगरपालिकामा नेपाली कांग्रेसले कान्तिका सेजुवाललाई मेयरको उम्मेदवार बनाउने निर्णय गर्दा पार्टीभित्रकै धेरैले चित्त बुझाएका थिएनन्। ‘महिलाले मुख्य पदमा जित्न सक्दैनन्’ भन्नेहरू पनि थिए। 

उनका अन्य तीनै जना प्रतिश्पर्धी पुरुष थिए। तर, सेजुवाल भने जित्नेमा निश्चिन्त थइन्। त्यहीअनुसार मिहिनेत पनि गरेकी थिइन्। यद्यपि, उनी जित्नका लागि मात्र उम्मेदवार बनेकी थिइन्। चन्दननाथ नगरपालिकाको मुहार फेर्न चाहन्थिन्।

उनलाई जनताले पत्याए। उनले दुई हजार ८०६ मत ल्याएर जित हासिल गरिन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का शान्तिलाल महतले दुई हजार ६६ मत पाए। उनी कर्णाली प्रदेशकै एक जना मात्र पालिका प्रमुख हुन्।

सेजुवालको राजनीतिक यात्रा त्यतिमा मात्र रोकिएन। मेयरको हैसियतमा सफलतापूर्वक गरेका कामहरूबाट उनी उत्साहित थिइन्। राजनीतिमा अरु ठूलो दायरमा सक्रिय हुने सोच बनाइन्। नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट उनी केन्द्रीय सदस्य निर्वाचित भइन्।

उनी मेयर निर्वाचित हुँदा नयाँ संविधानअनुसार स्थानीय तहमा पहिलो पटक नेतृत्व आएको थियो। त्यसैले पहिलो वर्ष त सिक्ने र बुझ्ने गर्दा नै समय बितेको उनको अनुभव छ। 

कर्मचारी समायोजनले पनि समस्या बनाएको उनले बताइन्। निर्वाचित भएको तेस्रो वर्षदेखि त कोरोना महामारी सुरु भइहाल्यो। त्यति बेला नागरिकको ज्यान बचाउन व्यवस्थापनमा निकै संघर्ष गर्नु परेको उनी बताउँछिन्। त्यति बेला क्वारेन्टिन र आइसोलेसन सेन्टर बनाउन निकै खटिनु परेको उनको भनाइ छ।

‘कोभिड संक्रमितलाई उत्साह जगाउन र अन्य नागरिकलाई सचेत बनाउन घरघर गएर कोशेली झोला वितरण गरेका थियौँ,’ उनले भनिन्, ‘त्यसपछि पनि स्वास्थ्य सेवा व्यवस्थापन र खोपका लागि मिहिनेत गरेका हौँ। अहिले चन्दननाथका सबै नागरिकलाई खोप दिएका छौँ।’

मेयर निर्वाचित भइसकेपछि आफूले पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, कृषि र सामाजिक सुरक्षामा केन्द्रित रहेर काम गरेको उनी बताउँछिन्। ‘कर्णाली पूर्वाधारमा पछि छ। जुम्लामा पनि ठूला पूर्वाधार छैनन्। शिक्षा, स्वास्थ्यलगायत अन्य क्षेत्रमा पनि पहिला पूर्वाधारमै काम गर्नुपर्ने अवस्था छ,’ उनले भनिन्, ‘दुर्गमको नगरपालिका भएको हुनाले बजेट कम हुन्छ। तर, त्यसको सदुपयोग हुँदा धेरै काम गर्न सकिन्छ भनेर हामीले देखाएका छौँ।’

nimb
nimb
Ncell 2
Ncell 2

पूर्वाधार विकास
चन्दननाथ नगरपालिकाले सडक पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गरेको छ। नगरपालिकाका १० वटै वडा अहिले सडक सञ्जालमा जोडिएका छन्। 

त्यति मात्र नभइ दुई वटा जलविद्युत आयोजना पनि सञ्चालन गरिएको छ। ती आयोजनाबाट २०० किलोवाट विद्युत उत्पादन हुन्छ। जुम्लामा केन्द्रीय प्रसारण लाइन गत साउनमा मात्र पुगेको हो। ११ केभी प्रसारण लाइन पुगेकाले त्यसले जुम्लाको माग धान्न नसक्ने नगरपालिकाले जनाएको छ। 

चन्दननाथ नगरपालिकाबाट मुगुको रारा ताल जाने ‘पर्यटक मार्ग’को ट्रयाक खोलिएको छ। यो मार्गले कर्णालीकै पर्यटन विकासमा टेवा दिने उनी बताउँछिन्। 

स्वास्थ्य क्षेत्रमा सुधार
नगरपालिकाले नौ वटा स्वास्थ्य संस्था स्थापना गरेको छ। तीमध्ये एउटा बर्थिङ सेन्टरसहितको सामुदायिक स्वास्थ्य चौकी, तीनवटा हेल्थ पोष्ट र एउटा सहरी स्वास्थ्य क्लिनिक छन्। यो क्षेत्रमा सुरक्षित सुत्केरी सेवा नहुँदा धेरै महिलाले ज्यान गुमाउनु परेको कारण उक्त समस्या कम गर्न नगरपालिकाले काम गरिरहेको उनी बताउँछिन्।

उनले स्थास्थ्य संस्थाका पूर्वाधार निर्माणलाई पनि प्राथमिकतामा राखेकी छिन्। तीन वटा स्वास्थ्य संस्थाका आफ्नै भवन छन्।

एकल महिलालाई कृषिका लागि बाँझो जग्गा
जुम्ला कृषिमा आत्मनिर्भर छैन। यहाँको उत्पादनले तीन महिना पनि खान पुग्दैन। रोजगारीका क्रममा भारत र खाडी मुुलुक जानेको संख्या बढ्दो छ। नगरपालिकाले उत्पादन बढाउन कृषिमा अनुदान दिने नीति लिएको छ। कृषकलाई ओखर र स्याउका करिब ३५ हजार बिरुवा वितरण गरिएको सेजुवालले बताइन्। 

यो पनि पढ्नुहोस्

दाबी पालिका प्रमुखमा, गठबन्धनले 'उप' पनि गुम्ने जोखिम

जुम्ला स्याउका लागी राम्रो सम्भावना भएको ठाउँ हो। तर, यहाँका स्याउले बजार नपाउँदा बोटमा कुहिएर जाने गरेको किसानको गुनासो छ। जुम्लाको स्याउ सुर्खेत, नेपालगन्ज र काठमाडौंसम्म जान थालेको र अब निर्यातलाई सहज बनाइने उनले बताइन्। 

नगरपालिकाले महिला उद्यमीलाई विशेष प्रोत्साहन गरेको छ।  एकल महिलाको लागी बाँझो जग्गा वितरण गरिएको छ। जग्गा बाँझो राख्ने व्यक्तिहरूसँग सहकार्य गरेर १० जनालाई यसरी कृषिका लागि दिइएको उनले जानकारी दिइन्। 

यहाँका अधिकांश नागरिकले कृषिसँगै पशुपालन गर्ने गरेका छन्। नगरपालिकाले कृषकलाई अनुदानमा भैँसी र बाख्रा वितरण गरेको छ। मेयर सेजुवालका अनुसार २० वटा भैँसी, दुई वटा राँगा र महिला कृषकलाई ३०० वटा बाख्रा वितरण गरिएको छ। अति विपन्न नागरिकलाई भेडा पनि वितरण गरिएको छ।

नमूना विद्यालय निर्माण
नगरपालिकामा १९ वटा सामुदायिक विद्यालय छन्। तीमध्ये दुई वटालाई नमूना बनाइएको छ। अरु दुई वटा नमूना बन्ने क्रममा छन्। 

‘यो नगरपालिका शिक्षा क्षेत्रमा निकै पछाडि छ। सबैले निजी विद्यालयमा पढाउन सक्दैनन्,’ उनले भनिन्, ‘सामुदायिक विद्यालय गुणस्तरीय नभएको गुनासो धेरै आएपछि हामीले तिनलाई नमूना बनाउने अभियान नै चलाएका छौँ।’

महिलालाई चुनौती र अवसर
महिला भएकै कारण जनताले काममा विश्वास गर्न समय लागेको उनी बताउँछिन्। ‘महिला भन्ने बित्तिकै काम गर्न सक्दैनन् भन्ने मानसिकता छ, मैले काम गरेर देखाएर त्यस्तो मानसिकता केही भए पनि बदल्न योगदान गरेको छु,’ उनले भनिन्।

महिला वा पुरुषले काम गर्ने भन्दा पनि प्रणाली बलियो बनाउनुपर्ने उनी बताउँछिन्। महिलामाथि संरचनागत विभेद भइरहेकाले त्यसलाई बदल्न पनि बलियो प्रणाली बनाउनु परेको उनको भनाइ छ। ‘महिलाहरूले गर्न सक्दैनन् वा हुँदैन भनेर कतै लेखिएको छैन। समाजको संरचना नै पितृसत्तात्मक भएकाले विभेद गरिएको छ। सुरुमा महिलालाई विश्वास गर्ने वातावरण नै थिएन। अहिले त्यस्तो सोच थोरै भए पनि परिवर्तन भएको छ,’ उनले भनिन्।

आफूलाई महिला मात्र नभइ सबैले सहयोग गरेकै कारण सफलता हात पारेको उनी बताउँछिन्। बरु फरकफरक पार्टीबाट आएका जनप्रतिनिधि भएको हुँदा बहुमतीय प्रणालीबाट निर्णय गनु परेको हुनाले त्यसले केही अप्ठ्यारो भएको उनको भनाइ छ।

अबको निर्वाचनमा महिला सहभागिता उत्साहजनक हुने उनको आँकलन छ। ‘जसरी अघिल्लो निर्वाचनमा उपमेयर, उपाध्यक्षमा सीमित राख्ने कोसिस भयो र उक्त पद महिलाकै लागि भन्ने गरी काम भयो, अबको निर्वाचनमा त्यो संभव छैन,’ उनले भनिन्, ‘अहिले देशभर १८ वटा स्थानीय तहमा महिला प्रमुख छन्। अब यो संख्या बढ्छ।’ यसपटक ‘उप’ भएरै भए पनि महिलाले राजनीति बुझ्ने राम्रो मौका पाएको उनले बतइन्।

प्रकाशित मिति: सोमबार, चैत २१, २०७८  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो, डीआईजी खनाललाई पठाइयो यस्तै, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय, काठमाडौं तानिए... सोमबार, साउन ११, २०८३
सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश सरकारले संघीय सांसदलाई स्वकीय सचिवको सुविधा दिने निर्णय गरेपछि त्यसविरुद्ध दायर भएको रिटमा सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको हो... सोमबार, साउन ११, २०८३
राष्ट्रपति पौडेलसँग प्रमुख विपक्षी दलका नेता आङ्देम्बेको भेट सोमबार बिहान शीतल निवासमा करिब एक घण्टा पौडेलसँग आङ्देम्बेले भेटवार्ता गरेका हुन् । सोमबार, साउन ११, २०८३
ताजा समाचारसबै
कप्तानगञ्ज घटनाको विरोधमा प्रदर्शन चर्कियो, कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड मंगलबार, साउन १२, २०८३
दुईतर्फी सञ्चालनमा आयो नारायणगढ-मुग्लिन सडक मंगलबार, साउन १२, २०८३
मोरङमा डिजे बजाउन निषेध मंगलबार, साउन १२, २०८३
नारायणी अस्पतालका चिकित्सकले किन दिए सामूहिक राजीनामा ? मंगलबार, साउन १२, २०८३
सुनको मूल्य तोलामा ४ हजार ३०० रुपैयाँ घट्यो मंगलबार, साउन १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो, डीआईजी खनाललाई पठाइयो सोमबार, साउन ११, २०८३
सुनसरी झडपमा घाइते थप एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
सुनसरी गोलीकाण्डबारे सांसद थापाले भने– गोली चलाउनुपर्ने अवस्था थिएन, प्रशासनले स्पष्ट जानकारीसमेत दिएको छैन सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो, डीआईजी खनाललाई पठाइयो सोमबार, साउन ११, २०८३
सुनसरी झडपमा घाइते थप एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्