काठमाडौं– रुस र युक्रेनका प्रतिनिधिबीच टर्कीको राजधानी इस्तानबुलमा भएको वार्ता सकिएको छ। वार्तापछि रुसी प्रतिनिधिले वार्ता निकै फलदायी भएको बताएका छन्। वार्तामा नयाँ प्रस्ताव राखिएको र त्यसको समीक्षा गरिने उनीहरुले बताएका छन्।
रुसी प्रतिनिधिले युक्रेनको राजधानी किएभ र चेर्निहाइभमा सैन्य गतिविधिलाई उल्लेख्य रूपमा घटाउने वाचा गरेका छन्। अर्कोतर्फ युक्रेनी प्रतिनिधिमण्डलले युद्धविराममा कुनै सहमति नभइसकेको र धेरै मुद्दा अझै समाधान नभएको बताएका छन्।
युक्रेनी प्रतिनिधिहरूले क्रिमिया वार्ताको छुट्टै भाग हुने बताएका छन्। आगामी दुई साताभित्र थप वार्ताका लागि प्रतिनिधिहरु भेट्ने सहमति भएको छ।
वार्ता सुरु हुनुअघि टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुवै टर्कीका अमूल्य मित्र भएको बताएका थिए।
वार्ता सुरु हुनुअघि टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले लामो समयदेखि दुई देशबीच मध्यस्थताको पहल गर्दै आएका छन्। वार्ताअघि उनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुवै टर्कीका अमूल्य मित्र भएको बताएका थिए।
उनले रुस र युक्रेनका प्रतिनिधिलाई दुवै पक्षको चासो जायज रहेको तर अब वार्तामा ठोस नतिजामा पुग्ने विन्दुमा सबै पुगेको बताए।
वार्तालाई अगाडि बढाउनका लागि राष्ट्रपति एर्दोआनको सम्बोधन निकै महत्वपूर्ण थियो। तर, ठोस प्रगति भने हुन सकेको छैन। उनले दुवै पक्षलाई न्यायपूर्ण शान्तिमा संघर्ष जारी राख्दा कसैको पराजय र लाभ नहुने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।