काठमाडौं– नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनअन्तर्गत सभापति पदका लागि भएको दोस्रो चरणको निर्वाचनपछि जारी मतगणनामा शेरबहादुर देउवा विजयी भएका छन्।
दोस्रो चरणको निर्वाचनमा खसेको कूल मत ४५६४ मध्ये देउवाले २२८८ मत प्राप्त गरेका छन्। जुन जितका लागि आवश्यक न्यूनतम मतभन्दा बढी हो।
यद्यपि मतगणना जारी छ। ताजा अवस्थामा सभापतिका अर्का उम्मेदवार शेखर कोइरालाले १५०१ मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।