• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, मंसिर २, २०८३ Wed, Nov 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

भारत भ्रमणको तरखरमा रहेका प्रधानमन्त्रीलाई पूर्व परराष्ट्रमन्त्रीहरुको थरीथरीका सुझाव

64x64
नेपाल लाइभ बुधबार, मंसिर २, २०८३  २२:०७
1140x725

काठमाडौं - प्रधानमन्त्री बालेन्द्र साह बालेनको आसन्न भारत भ्रमणलाई लक्षित गर्दै पूर्वपरराष्ट्रमन्त्रीहरूले राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर भारतीय पक्षसँग आत्मविश्वासका साथ प्रस्तुत हुन सुझाव दिएका छन् । 

नेपाल न्यूज बैंकसँग कुरा गर्दै उनीहरूले नेपाल र भारतबीचका विद्यमान समस्या समाधानका लागि कूटनीतिक संयन्त्रलाई सक्रिय बनाउन, आपसी विश्वास अभिवृद्धि गर्न र आर्थिक साझेदारीका नयाँ सम्भावना खोज्न प्रधानमन्त्री बालेनलाई आग्रह गरेका छन् ।

बालेन यही मंसिर ६ र ७ गते दुईदिने भारत भ्रमणमा जाँदै छन् । उनको भ्रमणको पूर्वसन्ध्यामा पूर्वपरराष्ट्रमन्त्रीहरूले नेपाल–भारत सम्बन्धका विविध पक्ष, लामो समयदेखि थाती रहेका मुद्दा तथा आर्थिक विकासका सम्भावनालाई प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् ।

पूर्वपरराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका नेता डा.प्रकाशशरण महतले प्रधानमन्त्रीको भारत भ्रमण दुई देशबीचको सम्बन्धमा विश्वास अभिवृद्धि गर्ने अवसर बन्नुपर्ने बताए ।

नेपाल न्यूज बैंकसँग कुरा गर्दै उनले भारत नेपालको नजिकको छिमेकी र अत्यन्तै अन्तरसम्बन्धित देश भएकाले प्रधानमन्त्रीको भ्रमण सकारात्मक भएको बताए ।

उनले भने, ‘भारत हाम्रो छिमेकी र ज्यादै अन्तरसम्बन्ध भएको देशमा प्रधानमन्त्री भ्रमण गर्ने कुरा राम्रो कुरा हो । यसले दुई देशको सम्बन्धमा एउटा विश्वासको सम्बन्ध बनोस् र दुई पक्षीय चासो र चिन्ताहरूलाई समग्र रूपमा सम्बोधन हुने कोसिस होस् भन्ने मेरो शुभकामना छ ।’

पूर्वपरराष्ट्रमन्त्री डा.महतले विदेश सम्बन्ध सञ्चालन गर्दा सबैभन्दा पहिले आफ्नो राष्ट्रिय स्वार्थलाई केन्द्रमा राख्नुपर्ने बताए । साथै, सम्बन्धित अर्को देशका चासो र चिन्तालाई समेत बुझेर कूटनीतिक संवाद अघि बढाउनुपर्ने उनको भनाइ छ ।

उनले राष्ट्रिय स्वार्थका विषयमा देशभित्र भाषण गरेर मात्रै उपलब्धि हासिल नहुने भन्दै सम्बन्धित कूटनीतिक मञ्चमा तथ्य, तर्क र आधारसहित प्रस्तुत हुनुपर्नेमा जोड दिए ।

Ncell 2
Ncell 2
nimb
nimb

महतले थपे, ‘अब यहाँ देशभित्र भाषण गरेर ठूला ठूला कुरा गरेर केही अर्थ छैन । सम्बन्धित ठाउँमा तर्कसहित, आधारसहित प्रस्तुत हुन सक्नुपर्छ ।’

त्यस्तै, नेपाली कांग्रेसका नेता एवं पूर्वपरराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले नेपाल र भारतबीचको बहुआयामिक सम्बन्धलाई दृष्टिगत गर्दा प्रधानमन्त्रीको भ्रमण महत्वपूर्ण र स्वाभाविक भएको बताए ।

उनका अनुसार दुई देशबीच आर्थिक, सामाजिक, सांस्कृतिक तथा परम्परागत सम्बन्ध रहँदै आएको छ । यद्यपि, निकट छिमेकीबीचको सम्बन्धमा विभिन्न मुद्दा उठिरहने भएकाले तिनको समाधानका लागि निश्चित प्रक्रिया र संयन्त्र आवश्यक रहेको उनले बताए ।

पूर्वपरराष्ट्रमन्त्री साउदले भने, ‘बहुआयामिक सम्बन्धलाई दृष्टिगत गरेर त्यसमा आर्थिक, सामाजिक, सांस्कृतिक र परम्परागत सम्बन्ध छ । यी सबै सम्बन्धलाई दृष्टिगत गरेर त्यस्तो किसिमको भ्रमण आफैँमा महत्वपूर्ण हुन्छ र स्वाभाविक पनि हुन्छ ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नेपाल–भारतबीच केही पुराना र केही तत्काल प्रभाव पार्ने प्रकृतिका मुद्दा रहेको उल्लेख गर्दै उनले वार्ता र संवादमार्फत समाधान खोज्नुपर्ने बताए ।

साउदले सीमा विवादलगायत लामो समयदेखि समाधान हुन नसकेका विषयलाई टुंगोमा पु-याउन दुवै देशबीच कूटनीतिक तहमा संयन्त्र स्थापना गरी वार्ताको प्रक्रिया अघि बढाउनुपर्ने बताए ।

यसैगरी, नेकपा एमालेका नेता एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री बालेनले भारतीय समकक्षीसँगको भेटवार्तामा सिंगो राष्ट्र आफ्नो साथमा रहेको सन्देश लिएर जानुपर्ने बताए ।

उनले महत्वपूर्ण विदेश भ्रमणअघि पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, राजनीतिक दलका नेता तथा विज्ञहरूसँग छलफल गरेर राष्ट्रिय सहमति निर्माण गर्ने परम्परालाई निरन्तरता दिनुपर्ने धारणा राखे ।

पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘प्रधानमन्त्रीजी भारतीय समकक्षीसँग कुरा गर्दा सिङ्गो राष्ट्र आफ्नो साथमा छ भन्ने कुराको सन्देश लिएर जानसक्नुहोस् । त्यसका लागि विगतमा जुन निरन्तर परम्परा रहँदै आएको छ । यस्ता महत्वपूर्ण भ्रमण अगाडि पूर्वप्रधानमन्त्रीहरू, पूर्वपरराष्ट्रमन्त्रीहरू, विभिन्न राजनीतिक दलका नेताहरू, विज्ञहरूसँग सुझावहरू लिने एक खालको राष्ट्रिय सहमति निर्माण गर्ने एजेन्डाहरूमा र त्यही सहमतिको बलमा,सहमतिको स्ट्रेन्थ बोकेर वार्ताको टेबुलमा जाने विगतको यो राम्रो परम्परा रहेको छ, त्यो कायम होस ।’

राष्ट्रिय सहमतिका आधारमा वार्तामा प्रस्तुत हुँदा प्रधानमन्त्रीलाई थप सामर्थ्य प्राप्त हुने उनको भनाइ छ । यद्यपि, वर्तमान प्रधानमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यशैली हेर्दा सबै पक्षसँग संवाद हुनेमा आफूलाई आशंका रहेको पनि उनले बताए ।

उनले प्रधानमन्त्री बालेनलाई भारतसँगको वार्तामा कुनै हीनताबोध नराखी सार्वभौम राष्ट्रको प्रतिनिधिका रूपमा आत्मविश्वासका साथ प्रस्तुत हुन आग्रह गरे ।

‘आत्मविश्वासका साथ भारतीय प्रधानमन्त्रीसमक्ष प्रस्तुत हुनुहोस् भन्ने हाम्रो आग्रह छ । देशहरू ठूला होलान्, साना होलान्, साइज, जनसंख्या, अर्थतन्त्रको आकारको हिसाबले तर वार्ताको टेबुलमा बस्दा दुईवटा सार्वभौम राष्ट्रका प्रधानमन्त्रीहरू बस्छन् । त्यस बारेमा कुनै पनि हीनताबोध नगरिकन एउटा दरिलो आत्मविश्वासका साथ त्यहाँ प्रस्तुत हुन जरुरी हुन्छ,’ उनले भने ।

ज्ञवालीले नेपाल–भारतबीचका समस्यालाई लुकाएर वा पन्छाएर सम्बन्ध बलियो नहुने भन्दै सीमा विवादलगायतका विषय खुलस्त रूपमा उठाउनुपर्ने बताए । समस्या समाधानका लागि यसअघि नै तय भएका कूटनीतिक संयन्त्रलाई सक्रिय बनाउनुपर्नेमा पनि उनले जोड दिए ।

पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीका अनुसार सीमा समस्याका लागि दुवै देशका परराष्ट्र सचिवस्तरीय संयन्त्र बनाउने निर्णय सन् २०१४ मै भएको थियो । त्यस्तै, सन् १९५० को सन्धिका कतिपय प्रावधान संशोधन गर्नुपर्ने र वाणिज्य सन्धि पुनरावलोकन गर्नुपर्ने विषय पनि लामो समयदेखि उठ्दै आएका छन् । यी विषयमा बनेका संयन्त्रलाई सक्रिय बनाएर समाधानतर्फ अघि बढ्नुपर्ने उनले बताए ।

त्यसैगरी, ज्ञवालीले प्रधानमन्त्रीको भ्रमणमा विगतका विवाद र समस्यामा मात्रै केन्द्रित नभई भविष्यमा नेपाल र भारतबीच बलियो आर्थिक साझेदारी कसरी निर्माण गर्न सकिन्छ भन्ने विषयलाई पनि प्राथमिकता दिनुपर्ने बताए ।

उनले पञ्चेश्वर परियोजना तीन दशकदेखि अघि बढ्न नसकेको तथा पश्चिम सेती, अपर कर्णाली, पोकेट कर्णाली र तल्लो अरुणजस्ता जलविद्युत् परियोजनामा अपेक्षित प्रगति हुन नसकेको विषय उठाउनुपर्ने बताए ।

पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझावमा नेपाल–भारत सम्बन्धलाई थप विश्वासिलो र परिणाममुखी बनाउन राष्ट्रिय स्वार्थमा आधारित कूटनीतिक संवाद, विद्यमान समस्याको समाधानका लागि संयन्त्रको सक्रियता, राष्ट्रिय सहमति तथा आर्थिक साझेदारीका नयाँ सम्भावनाको खोजी मुख्य विषयका रूपमा देखिएका छन् ।

प्रकाशित मिति: बुधबार, मंसिर २, २०८३  २२:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारत भ्रमणको तरखरमा रहेका प्रधानमन्त्रीलाई पूर्व परराष्ट्रमन्त्रीहरुको थरीथरीका सुझाव
पक्राउ परेका दुई पूर्वश्रममन्त्रीमाथि १ अर्ब ६६ करोड ठगीको आरोप , मलेसिया रोजगारीमा सिन्डिकेट बनाएकोमा अनुन्धान हुने
दुई पूर्वश्रममन्त्रीसहित ६ जनालाई सिआईबीले किन गर्यो पक्राउ
सम्बन्धित सामग्री
भारत भ्रमणको तरखरमा रहेका प्रधानमन्त्रीलाई पूर्व परराष्ट्रमन्त्रीहरुको थरीथरीका सुझाव पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझावमा नेपाल–भारत सम्बन्धलाई थप विश्वासिलो र परिणाममुखी बनाउन राष्ट्रिय स्वार्थमा आधारित कूटनीतिक संवाद,... बुधबार, मंसिर २, २०८३
पक्राउ परेका दुई पूर्वश्रममन्त्रीमाथि १ अर्ब ६६ करोड ठगीको आरोप , मलेसिया रोजगारीमा सिन्डिकेट बनाएकोमा अनुन्धान हुने सीआईबीका अनुसार नेपाल र मलेसिया सरकारबीच भएको समझदारीपत्र (एमओयू) विपरीत श्रमिकबाट गैरकानुनी रूपमा रकम संकलन गरी विदेश पठाउने कार्यम... बुधबार, मंसिर २, २०८३
दुई पूर्वश्रममन्त्रीसहित ६ जनालाई सिआईबीले किन गर्यो पक्राउ प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार दुवै पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरेको हो। बुधबार, मंसिर २, २०८३
ताजा समाचारसबै
भारत भ्रमणको तरखरमा रहेका प्रधानमन्त्रीलाई पूर्व परराष्ट्रमन्त्रीहरुको थरीथरीका सुझाव बुधबार, मंसिर २, २०८३
पक्राउ परेका दुई पूर्वश्रममन्त्रीमाथि १ अर्ब ६६ करोड ठगीको आरोप , मलेसिया रोजगारीमा सिन्डिकेट बनाएकोमा अनुन्धान हुने बुधबार, मंसिर २, २०८३
दुई पूर्वश्रममन्त्रीसहित ६ जनालाई सिआईबीले किन गर्यो पक्राउ बुधबार, मंसिर २, २०८३
चोरीका गरगहना तथा नगदसहित जय बागेश्वरीबाट एक जना पक्राउ बुधबार, मंसिर २, २०८३
कर्मचारी सरुवा सूचना : सोल्टी होटल व्यवस्थापनविरुद्ध श्रमिक युनियनहरू आन्दोलनमा बुधबार, मंसिर २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
आईजीपी पुनर्बहालीका लागि सर्वोच्चको इजलासमा बहस, दानबहादुर कार्कीलाई आजै काममा फर्काउने आदेश गर्न वरिष्ठ अधिवक्ताहरूको जोडबल बुधबार, मंसिर २, २०८३
गृहमन्त्रीकी आमाको भिडिओ सार्वजनिक गर्ने युट्युबर पक्राउ बुधबार, मंसिर २, २०८३
काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा बुधबार, मंसिर २, २०८३
निरन्तर ओरालो लागेको सुनको मूल्य कतिसम्म पुग्छ ? मंगलबार, मंसिर १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
छठ घाटमा राजनीतिक उपस्थिति : ‘भक्ति’ कि ‘शक्ति’ को खोजी धर्मेन्द्र झा
रावणका दश शिरदेखि लुसिफरको पतनसम्मः नेपालको राजनीतिमा शक्ति र अहंकार सुरेश गिरी
लोकपर्व छठ र यसका विभिन्न महत्वहरु आनन्द अस्तित्व
विश्वव्यापी बन्दै छठ पर्व नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्