• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, साउन २४, २०८३ Sun, Aug 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

पुबुदु फेरि नेपाली क्रिकेट सम्हाल्न आउँदै!

64x64
दीप सुवेदी बिहीबार, मंसिर २३, २०७८  २०:४७
1140x725

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकलाई लिएर सिर्जित ‘सस्पेन्स’ अझै कायम छ। आवेदन दिएका ६० मध्ये पाँच जनासँग अन्तर्वार्ता लिएर दुई जनाको नाम फाइनल गरेको नेपाल क्रिकेट संघ (क्यान) तीमध्ये कसलाई मुख्य प्रशिक्षक बनाउने भन्ने निश्चित भएको छैन।  

क्यान स्रोतका अनुसार कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लको संयोजकत्वमा गठित पाँच सदस्यीय मुख्य प्रशिक्षक छनोट समितिको रोजाइमा दुई जना छन्, भारतीय मोन्टी देसाई र श्रीलंकाली मूलका क्यानाडेली पुबुदु दासानायके। देसाई मुख्य प्रशिक्षक बन्ने सम्भावना बलियो छ। उनी वेष्ट इन्डिजका ब्याटिङ प्रशिक्षक हुन्। अर्को महिनादेखि वेष्ट इन्डिजसँग उनको सम्झौता सकिँदैछ। 

देसाई त्यसपछि नेपाल आउने चर्चा चुलिएको छ। नेपाली क्रिकेटलाई नजिकबाट नियालेका देसाईले नेपालको ब्याटिङ लाइन सुधार गर्ने अपेक्षा मुख्य प्रशिक्षक छनोट समितिले गरेको छ। देसाई १२ वर्षदेखि विभिन्न टिमको ब्याटिङ प्रशिक्षक छन्। उनले अफगानिस्तान, नेपाल, युएई, क्यानडा, इन्डियन प्रिमियर लिग (आईपीएल) टोली गुजरात लायन्स, राजस्थान रोयल्स र भारतीय घरेलु क्रिकेटमा आन्द्र प्रदेशलाई ब्याटिङ प्रशिक्षण दिइसकेका छन्।

त्यसअघि सन् २०१७ मा नेपाली यू–१९ टोलीले भारतलाई हराउँदा देसाई नेपालका ब्याटिङ ‘कन्सल्ट्यान्ट’ थिए। सन् २०१५ मा आयरल्यान्ड र स्कटल्यान्डमा भएको विश्वकप टी–२० छनोटमा देसाई नेपाली टोलीसँगै थिए। सन् २०१४ को विश्वकपमा पनि देसाई नेपाली टोलीमा आबद्ध थिए। 

तर, देसाईसँग क्यानले पारिश्रमिक र सुविधाका विषयमा छलफल गर्दा कुरा नमिलेको क्यान स्रोतले बताएको छ। ‘मोन्टी देसार्ईले महंगो पारिश्रमिक मा गरेका छन्। उनले सुरुआतमा २० हजार डलर मासिक तलब माग गरेका थिए। तर, पछि १५ दिन आउन सक्ने बताउनु भएको छ,’ क्यानका एक पदाधिकारीले नेपाल लाइभसँग भने, ‘क्यानले त्यति धेरै तलब दिन कठिन हुने र १२ हजार डलरसम्म दिनसक्ने कुरा गरेको छ।’

उनका अनुसार देसार्ई क्यानको प्रस्तावमा राजी भएका छैनन्। साथै, आईपीएलको बेला बिदा दिनुपर्ने सर्त पनि अघि सारेका छन्। ‘हामीलाई एक वर्ष समय दिने प्रशिक्षक चाहिएको हो। नियुक्ति पाएदेखि एक वर्ष नेपालमै बिताउनु पर्नेछ। तर, उहाँले बीचमा बिदा दिनुपर्नेलगायतका केही माग राख्नु भएको छ,’ ती पदाधिकारीले भने, ‘यसरी त हाम्रो खेलाडीहरू फुर्सदिला हुन्छन्। आगामी खेलका लागि फोकस गर्न सक्दैनन्।’

नेपाली खेलाडीका लागि भारतमा एक्सपोजर हुन सक्ने र टेस्ट टिमको ब्याटिङ प्रशिक्षक भइसकेका कारणले देसाईलाई प्राथमिक्तामा राखिएको ती पदाधिकारीले बताए। १५औं संस्करणको आईपीएल २०२२ को अप्रिल २ (चैत १९) बाट सुरु हुने छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले खेल तालिका तयार नभए पनि सम्बन्धित सरोकारवालाहरूलाई अप्रिल २ (चैत १९) बाटै प्रतियोगिता हुने आन्तरिक जानकारी गराइसकेको छ।

बीसीसीआईका अनुसार आईपीएलका सबै खेल भारतमै हुनेछन्। यसअघिका संस्करणको लिग चरणमा ६० खेल हुने भए पनि यसपटक दुई टिम थपिएका कारण ७४ खेल हुनेछन्। क्यानका ती पदाधिकारीका अनुसार देसार्ईलाई नयाँ टिमबाट प्रशिक्षकको अफर आएको छ। यदि, नयाँ टिम फाइनलमा पुगे जुन ४ वा ५ (जेठ २१ वा २२) सम्म देसार्ईलाई बिदा दिनुपर्ने हुन्छ। यसरी लामो समय बिदा दिँदा खेलाडीको तयारीमा असर पर्ने क्यानको अडान छ।

nimb
nimb
Ncell 2
Ncell 2

‘नयाँ टिम फाइनलमा पुग्न सक्दैन भन्ने हुँदैन। क्रिकेटमा जे पनि हुन्छ। यदि, फाइनलमा पुगे २/३ महिनासम्म कसरी बिदा दिन सकिन्छ?,’ ती पदाधिकारी भन्छन्, ‘टी–२० विश्वकप २०२२ को ग्लोबल छनोट भए नेपालले त्यहीअनुसार तयारी गर्नुपर्छ। त्यसैले उनको सर्त मान्न सकिँदैन।’

अष्ट्रेलियामा आयोजना हुने आईसीसी टी–२० विश्वकप २०२२ को ग्लोबल छनोटमा नेपाल समूह ‘ए’ मा छ। नेपाल रहेको समूहको खेल सन् २०२२ फेब्रुअरी १५ देखि २५ (फागुन ३ देखि १३)सम्म ओमानमा आयोजना हुनेछ। समूह ‘ए’ मा नेपालसँगै आयरल्यान्ड, ओमान, युएई, फिलिपिन्स, जर्मनी, क्यानडा र बहराइन छन्। समूहको शीर्ष दुई टोलीले अष्ट्रेलियामा हुने टि–२० विश्वकपमा स्थान पक्का गर्नेछन्। 

प्रशिक्षक नुहँदा क्यानले बन्द प्रशिक्षणमा खेलाडी बोलाउन सकेको छैन। अलिहे खेलाडीहरु आफैँ तयारीमा जुटिरहेका छन्। क्यान तत्कालै प्रशिक्षक नियुक्त गरेर खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने तयारीमा छ।

यसकारण दासानायके नेपालको प्रशिक्षक लगभग पक्का जस्तै भएको बताइन्छ। यदि, दासानायकेलाई नियुक्त गरिए उनी दोस्रो पटक नेपालको प्रशिक्षक बन्नेछन्। दोस्रो रोजाइमा रहेका पुबुदुसँग तलबबारे क्यानको छलफल भएको छैन। यसअघि राजीनामा दिएका प्रशिक्षक डेभ वाट्मोरले १० हजार अमेरिकी डलरको आसपासमा तलब बुझ्ने गरेका थिए। योभन्दा कम रकममा दासानायकेलाई मनाउन सकिने ती पदाधिकारीको विश्वास छ।

‘उहाँले यति नै तलब चाहिन्छ भन्नु भएको छैन। उहाँ हाल कुनै टिमसँग आबद्ध हुनुभएको पनि छैन। नेपाली क्रिकेटलाई राम्रोसँग बुझ्नु भएको र खेलाडीको क्षमता अभिवृद्धि गर्न सक्षम पनि देखिनुहुन्छ। त्यसैले उहाँ छनौट हुने लगभग पक्का छ,’ ती पदाधिकारीले भने। 

यसअघि वाट्मोरलाई मुख्य प्रशिक्षकका लागि छनोट गर्दा ५१ वर्षीय दासानायकेले पनि आवेदन दिएका थिए। उनले नेपाल छोडेर गएपछि पनि नेपाली क्रिकेटबारे चासो राख्ने गरेका छन्। यसअघि उनी सन् २०११ मा नेपालको प्रशिक्षक नियुक्त भएका थिए। त्यतिबेला उनले श्रीलंकन प्रशिक्षक रोय डायसको स्थान लिएका थिए। सन् २०१५ मा क्यानसँग विवाद भएपछि राजीनामा दिएका थिए।

यद्यपि, उनी आईसीसीको अनुरोधमा सन् २०१७ मा विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि नेपालको ‘कन्सल्ट्यान्ट’ प्रशिक्षक बनेका थिए। त्यतिबेला उनले नामिबियामा भएको सिरिज र एमसीसीविरुद्धको सिरिजमा नेपाली टिम सम्हालेका थिए।

दासानायकेको नेतृत्वामा नेपाली क्रिकेट टोलीले सन् २०१४ को टी–२० विश्वकपमा गतिलो छाप छोडेको थियो। बंगलादेशमा भएको विश्वकपमा अफगानिस्तान र हङकङलाई हराएको नेपालले बंगलादेशलाई गतिलो चुनौती दिएको थियो। दासानायकेकै प्रशिक्षणमा क्यानडाले पनि सन् २०११ मा एक दिवसीय विश्वकप खेलेको थियो। त्यसपछि उनी नेपाल आएका थिए। 

उनको नेतृत्वमा नेपाल विश्वकप क्रिकेट लिग डिभिजन फोर, थ्री र एसीसी ट्रफी एलिट च्याम्पियन भयो। उनले सम्हालेको नेपाली टिमले एसीसी टी–२० उपविजेता हुँदै आईसीसी छनोट पार गरेर टी–२० विश्वकप खेलेको थियो।

नेपाल छाडेपछि उनी सन् २०१६ मा अमेरिकाको प्रशिक्षक नियुक्त भएका थिए। उनले सन् २०१९ मा अमेरिकाको प्रशिक्षक पदबाट राजीनामा दिएका थिए। उनले राजीनामा दिएको दुई महिनापछि अमेरिकाले एकदिवसीय अन्तराष्ट्रियको मान्यता पाएको छ। उनी तीन वर्षअघि एभरेस्ट प्रिमियर लिग (ईपीएल) टिम भैरहवा ग्लाडिएर्टसको प्रशिक्षक नियुक्त भएका थिए। यसबीचमा उनी दुई पटक नेपाल आइसकेका छन्। पछिल्लो पटक उनी गत सेप्टेम्बरमा नेपाल आएका थिए।

दासानायकेको लक्ष्य नेपालले एकदिवसीय मान्यता दिलाउनु थियो। तर, बीचमा नै बाहिरिएपछि त्यो सपना अपुरो रह्यो। हाल, नेपालले एकदिवसीय मान्यता पाइसकेको छ। अब नेपाली टिमलाई सम्हाल्दा दासानायकेलाई यो मान्यतालाई कायम राख्नुपर्ने चुनौती छ। त्यसैगरी आसन्न टी–२० विश्वकपमा छनोट गराउने अर्को चुनौती पनि हुनेछ।

प्रकाशित मिति: बिहीबार, मंसिर २३, २०७८  २०:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि सुरु हुँदै प्रतियोगिता आगामी अक्टोबर २६ देखि नोभेम्बर २१, (कार्तिक ९ देखि मंसिर ५ सम्म) सञ्चालन हुने भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ... शनिबार, साउन २३, २०८३
एनपिएलमा पहिलो विदेशले पाए कप्तानी जनकपुर बोल्ट्सको कप्तानी हरमितले गर्ने जनकपुर बोल्ट्सले शनिबार आफ्नो समाजिक प्लेटफर्मबाट हरमितलाई अनुबन्धन गरेको घोषणा गरेको हो । शनिबार, साउन २३, २०८३
नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने, सन्दीप र सोपालको स्थानमा हेमन्त र ललितलाई केहीबेरमै सुरु हुने खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ। कप्तान रोहित पौडेलले टस जितेर पहिले बलिङ रोजेका हुन्। बुधबार, साउन १३, २०८३
ताजा समाचारसबै
त्रिभुवन विश्वविद्यालयमा सीएसआईटी पढ्न चाहने विद्यार्थीको संख्या बढ्यो आइतबार, साउन २४, २०८३
कांग्रेस नेता खड्काले किसनुजी अाश्रम पुगेर दिए यस्ताे सन्देश आइतबार, साउन २४, २०८३
बालेन प्रधानमन्त्री भएपछि हेलो सरकारले के गर्‍यो ? आइतबार, साउन २४, २०८३
जगत बरामको आरोप : आदिवासी-जनजातिलाई दलहरूले धाेका दिए, संविधान संशाेधनमार्फत माग पूरा गरियोस् आइतबार, साउन २४, २०८३
थाइल्यान्डको एक विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या ९ पुग्यो आइतबार, साउन २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
जेलमुक्त पत्रकार खेम भण्डारीले के भने ? (भिडियो) शनिबार, साउन २३, २०८३
कालिकोटमा स्वास्थ्यकर्मीमाथि आक्रमण : स्थानीय किन आक्रोशित भए? शनिबार, साउन २३, २०८३
मध्यरातमा प्रधानमन्त्रीले किन लेखे–एक्लै लड्नुपर्ने हुन्छ? शनिबार, साउन २३, २०८३
विद्रोही पक्षले भेला सार्दैछन् ? शनिबार, साउन २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपाल महिला संघको अबको भूमिका के? डा. डिला संग्रौला
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? सुरेश गिरी
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
जेलमुक्त पत्रकार खेम भण्डारीले के भने ? (भिडियो) शनिबार, साउन २३, २०८३
नेपाल लाइभको प्रधान सम्पादकमा दाहाल बिहीबार, साउन २१, २०८३
कर प्रणालीमा व्यापक सुधार गर्दै सरकार शुक्रबार, साउन २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्