• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

प्रि–स्याट प्रश्नपत्र ‘लिक’ घटना : ११९ परीक्षार्थीसम्म पुगेको निष्कर्ष, यी हुन् कारबाही सिफारिसमा परेका प्रहरी

64x64
नारायण अधिकारी बुधबार, साउन २७, २०७८  ११:२१
1140x725

काठमाडौं– प्रहरी प्रधान कार्यालयले शान्ति मिशनका लागि आन्तरिक रुपमा लिएको प्रि–स्याट परीक्षाको प्रश्नपत्र ‘लिक’ प्रकरणको अनुसन्धान गरेको समितिले १ सय १९ जना परीक्षार्थीसँग परीक्षा अगावै प्रश्नपत्र पुगेको निष्कर्ष निकालेको छ। 

प्रहरी नायव महानिरीक्षक वसन्त लामा नेतृत्वको छानबिन समितिले एक साता लगाएर गरेको अनुसन्धानमा प्रहरी मुख्यालयको युएन शाखाबाट चोरी भएको प्रश्नपत्र एक व्यक्तिबाट अर्को हुँदै १ सय १९ परीक्षार्थीसँग परीक्षा अगावै पुगेको निष्कर्ष निकालेको हो। बुधबार बिहान प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीसमक्ष समितिले ५५० पृष्ठ लामो छानबिन प्रतिवेदन बुझाएको छ।

प्रतिवेदनमा युएन शाखाका परिचर सुरेश बमले चोरी गरेको प्रि–स्याटको प्रश्नपत्र परीक्षा अगावै १ सय १९ जनासम्म पुगेको उल्लेख भएको समितिका एक सदस्यले नेपाल लाइभलाई जानकारी दिए। साउन १५ र १६ गते लिइएका चारवटै सिफ्टका प्रश्नपत्र परीक्षा अगावै १ सय १९ जनासँग पुगेको समितिले निष्कर्ष निकालेको छ।  

चारवटै सिफट्का परीक्षाका प्रश्नपत्र बाहिरिएको निष्कर्ष निकालेपछि पुन: परीक्षा गर्नुपर्ने सिफारिस समितिले गरेको छ। 

को-को परे कारबाहीमा?

भाइबर, म्यासेन्जर, ह्वाट्सएप लगायत विभिन्न सामाजिक सञ्जाल र व्यक्तिलाई भेटेर प्रश्नपत्रसमते दिइएको गरी १ सय १९ जनासँग प्रश्नपत्र पुगेको निष्कर्ष निकालेको समितिले ३५ जनासँग बयान लिएको थियो। १ सय १९ मध्ये ३५ जना पहिलो सिनमा देखिएको भन्दै समितिले उनीहरुसँग बयान लिएको थियो। 

जस क्रममा ३५ जना मध्ये २४ जनालाई भने सामान्य सचेत मात्रै गराइएको छ। उनीहरुलाई यस्ता घटना हुँदा बेलैमा जानकारी गराउनु पर्नेमा नगराएकाले सचेतसम्म गराइएको प्रतिवेदनमा उल्लेख गरिएको छ। ३५ जना मध्ये बाँकी ११ जनालाई भने विभागीय कारबाहीदेखि बर्खास्तसम्मका लागि सिफारिस गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले नेपाल लाइभलाई जानकारी दियो।

यो पनि पढ्नुहोस्

प्रि–स्याट अनुसन्धान प्रतिवेदन : चार वटै सिफ्टको प्रश्नपत्र बाहिरिएको निष्कर्ष, एसपीसहित ३५ जनालाई कारबाही सिफारिसमंगलबार, साउन २६, २०७८

समितिले प्रश्नपत्र चोरी प्रकरणमा प्रत्यक्ष संलग्न भएको भन्दै तीन जनालाई सेवाबाट बर्खास्तीका लागि सिफारिस गरेको छ। जसमा युएन  शाखामै कार्यरत रहेका परिचर सुरेश बम, साइबर ब्यूरोमा कार्यरत  हवल्दार कुमार शाह र सई जनक थापालाई बर्खास्त गर्न सिफारिस गरेको छ। उनीहरुलाई तत्काल निलम्बन गरी बर्खास्तीको प्रक्रिया अघि बढाउन सिफारिस गरिएको स्रोतले नेपाल लाइभलाई जानकारी दियो।

Ncell 2
Ncell 2
nimb
nimb

त्यसैगरी युएन शाखाका प्रमुख एसपी अनुपम शमशेर राणा, परीक्षा सञ्चालन समितिका एसपी वेद विष्ट, इन्सपेक्टर इश्वरी भण्डारीलाई पनि कारबाहीका लागि सिफारिस गरिएको छ। उनीहरुले आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको निष्कर्ष समितिको छ।  

त्यसैगरी परीक्षार्थीहरु डिएसपी रुपेश खड्का, डिएसपी सुगन्ध श्रेष्ठ, इन्सपेक्टर दिलिप क्षेत्री, सई केदार तिमल्सिना, सई सुनिल भण्डारी, सई केशव कार्की, असई अशोक कार्की, जवान सुनिता नेपालीलाई पनि विभागीय कारबाहीका लागि सिफारिस गरिएको स्रोतले नेपाल लाइभलाई जानकारी दियो।

उनीहरुले प्रश्नपत्र पाएपछि अरुलाई पठाएको समितिले निष्कर्ष निकालेको छ। काठमाडौंसँगै उपत्यका बाहिरका परीक्षा केन्द्रमासमेत प्रश्नपत्र पुगेपछि पुन: परीक्षा सञ्चालन गर्नुपर्ने समितिले सुझाव दिएको छ। 

यसअघि पनि आर्थिक आर्जनकै लागि प्रश्नपत्र बाहिरिने घटना हुने गरेको समितिले निष्कर्ष निकालेको छ। हवल्दार शाह ८ वर्षसम्म युएन शाखामा कार्यरत रहेका बेला उनले यसअघि पनि प्रश्नपत्र चोरी गरि आउट गरेको समितिको निष्कर्ष छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यो पनि पढ्नुहोस्

प्रहरीमा प्रि–स्याट परीक्षाको प्रश्नपत्र ‘लिक’ प्रकरणमा परिचरदेखि डीएसपीसम्मको संलग्नता !बिहीबार, साउन २१, २०७८

 

प्रकाशित मिति: बुधबार, साउन २७, २०७८  ११:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार दिउँसो इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलस्थित बुलबुल यादवको घरमा खानतलासी गर्दा ९१५ किलो ६८० ग्राम गाँजा बरामद भएको जिल्ला प्रह... आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार गौमुखी गाउँपालिका–३ घर भएका घर्ती आइतबार दिउँसो करिब २ बजे कारागारको बाथरुममा झुण्डिएको अवस्... आइतबार, कात्तिक १, २०८३
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर दुर्घटनामा परेको गाडीका चालक फरार छन् । आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्