• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ २, २०८२ Fri, Jan 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

प्रि–स्याट प्रश्नपत्र ‘लिक’ घटना : ११९ परीक्षार्थीसम्म पुगेको निष्कर्ष, यी हुन् कारबाही सिफारिसमा परेका प्रहरी

64x64
नारायण अधिकारी बुधबार, साउन २७, २०७८  ११:२१
1140x725

काठमाडौं– प्रहरी प्रधान कार्यालयले शान्ति मिशनका लागि आन्तरिक रुपमा लिएको प्रि–स्याट परीक्षाको प्रश्नपत्र ‘लिक’ प्रकरणको अनुसन्धान गरेको समितिले १ सय १९ जना परीक्षार्थीसँग परीक्षा अगावै प्रश्नपत्र पुगेको निष्कर्ष निकालेको छ। 

प्रहरी नायव महानिरीक्षक वसन्त लामा नेतृत्वको छानबिन समितिले एक साता लगाएर गरेको अनुसन्धानमा प्रहरी मुख्यालयको युएन शाखाबाट चोरी भएको प्रश्नपत्र एक व्यक्तिबाट अर्को हुँदै १ सय १९ परीक्षार्थीसँग परीक्षा अगावै पुगेको निष्कर्ष निकालेको हो। बुधबार बिहान प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीसमक्ष समितिले ५५० पृष्ठ लामो छानबिन प्रतिवेदन बुझाएको छ।

प्रतिवेदनमा युएन शाखाका परिचर सुरेश बमले चोरी गरेको प्रि–स्याटको प्रश्नपत्र परीक्षा अगावै १ सय १९ जनासम्म पुगेको उल्लेख भएको समितिका एक सदस्यले नेपाल लाइभलाई जानकारी दिए। साउन १५ र १६ गते लिइएका चारवटै सिफ्टका प्रश्नपत्र परीक्षा अगावै १ सय १९ जनासँग पुगेको समितिले निष्कर्ष निकालेको छ।  

चारवटै सिफट्का परीक्षाका प्रश्नपत्र बाहिरिएको निष्कर्ष निकालेपछि पुन: परीक्षा गर्नुपर्ने सिफारिस समितिले गरेको छ। 

को-को परे कारबाहीमा?

भाइबर, म्यासेन्जर, ह्वाट्सएप लगायत विभिन्न सामाजिक सञ्जाल र व्यक्तिलाई भेटेर प्रश्नपत्रसमते दिइएको गरी १ सय १९ जनासँग प्रश्नपत्र पुगेको निष्कर्ष निकालेको समितिले ३५ जनासँग बयान लिएको थियो। १ सय १९ मध्ये ३५ जना पहिलो सिनमा देखिएको भन्दै समितिले उनीहरुसँग बयान लिएको थियो। 

जस क्रममा ३५ जना मध्ये २४ जनालाई भने सामान्य सचेत मात्रै गराइएको छ। उनीहरुलाई यस्ता घटना हुँदा बेलैमा जानकारी गराउनु पर्नेमा नगराएकाले सचेतसम्म गराइएको प्रतिवेदनमा उल्लेख गरिएको छ। ३५ जना मध्ये बाँकी ११ जनालाई भने विभागीय कारबाहीदेखि बर्खास्तसम्मका लागि सिफारिस गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले नेपाल लाइभलाई जानकारी दियो।

यो पनि पढ्नुहोस्

प्रि–स्याट अनुसन्धान प्रतिवेदन : चार वटै सिफ्टको प्रश्नपत्र बाहिरिएको निष्कर्ष, एसपीसहित ३५ जनालाई कारबाही सिफारिसमंगलबार, साउन २६, २०७८

समितिले प्रश्नपत्र चोरी प्रकरणमा प्रत्यक्ष संलग्न भएको भन्दै तीन जनालाई सेवाबाट बर्खास्तीका लागि सिफारिस गरेको छ। जसमा युएन  शाखामै कार्यरत रहेका परिचर सुरेश बम, साइबर ब्यूरोमा कार्यरत  हवल्दार कुमार शाह र सई जनक थापालाई बर्खास्त गर्न सिफारिस गरेको छ। उनीहरुलाई तत्काल निलम्बन गरी बर्खास्तीको प्रक्रिया अघि बढाउन सिफारिस गरिएको स्रोतले नेपाल लाइभलाई जानकारी दियो।

Ncell 2
Ncell 2

त्यसैगरी युएन शाखाका प्रमुख एसपी अनुपम शमशेर राणा, परीक्षा सञ्चालन समितिका एसपी वेद विष्ट, इन्सपेक्टर इश्वरी भण्डारीलाई पनि कारबाहीका लागि सिफारिस गरिएको छ। उनीहरुले आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको निष्कर्ष समितिको छ।  

त्यसैगरी परीक्षार्थीहरु डिएसपी रुपेश खड्का, डिएसपी सुगन्ध श्रेष्ठ, इन्सपेक्टर दिलिप क्षेत्री, सई केदार तिमल्सिना, सई सुनिल भण्डारी, सई केशव कार्की, असई अशोक कार्की, जवान सुनिता नेपालीलाई पनि विभागीय कारबाहीका लागि सिफारिस गरिएको स्रोतले नेपाल लाइभलाई जानकारी दियो।

उनीहरुले प्रश्नपत्र पाएपछि अरुलाई पठाएको समितिले निष्कर्ष निकालेको छ। काठमाडौंसँगै उपत्यका बाहिरका परीक्षा केन्द्रमासमेत प्रश्नपत्र पुगेपछि पुन: परीक्षा सञ्चालन गर्नुपर्ने समितिले सुझाव दिएको छ। 

यसअघि पनि आर्थिक आर्जनकै लागि प्रश्नपत्र बाहिरिने घटना हुने गरेको समितिले निष्कर्ष निकालेको छ। हवल्दार शाह ८ वर्षसम्म युएन शाखामा कार्यरत रहेका बेला उनले यसअघि पनि प्रश्नपत्र चोरी गरि आउट गरेको समितिको निष्कर्ष छ। 

यो पनि पढ्नुहोस्

प्रहरीमा प्रि–स्याट परीक्षाको प्रश्नपत्र ‘लिक’ प्रकरणमा परिचरदेखि डीएसपीसम्मको संलग्नता !बिहीबार, साउन २१, २०७८

 

प्रकाशित मिति: बुधबार, साउन २७, २०७८  ११:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
सुनसरी गोलीकाण्ड : छानबिन समितिले काम थाल्यो त्यसलगत्तै सुनसरीका साहयक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेको संयोजकत्वमा जिल्ला प्रहरी कार्यलय सुनसरीका डीएसपी चन्द्रबहादुर खड... शुक्रबार, पुस १८, २०८२
एम्बुलेन्सबाट ५२१ किलो गाँजा बरामद आइतबार राति केराबारी गाउँपालिका–५ मा प्रहरीले ५ सय २१ किलो गाँजा बरामद गर्नुका साथै तस्करीमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको हो। सोमबार, पुस १४, २०८२
७५० केजी गाँजासहित दुई जना पक्राउ को १ ज ३४५६ नम्बरको जिपबाट उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता केदारमान दोङले बताए । शनिबार, पुस १२, २०८२
ताजा समाचारसबै
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर बिहीबार, माघ १, २०८२
सभापति थापाले भने : ‘निर्वाचन आयोगले विशेष महाधिवेशनको निर्णयलाई अद्यावधिक गर्नेमा विश्वस्त छु’ बिहीबार, माघ १, २०८२
विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस कार्यसमितिले आयोगमा बुझायो विवरण बिहीबार, माघ १, २०८२
कांग्रेस प्रवक्तामा देवराज चालिसे नियुक्त बिहीबार, माघ १, २०८२
देउवाको हस्ताक्षर हटाउने र नवनिर्वाचित टीम आयोगमा अद्यावधिक गर्ने गगन नेतृत्वको कांग्रेसको निर्णय बिहीबार, माघ १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगनलाई प्रधानमन्त्रीको उम्मेदवारसहित संस्थापनलाई ८ बुँदे प्रस्ताव, संस्थापनद्वारा अस्वीकार बुधबार, पुस ३०, २०८२
पार्टीबाट निष्कासनमा परेपछि विश्वप्रकाश–  ‘गगन र म दुवै दृढ छौँ, विशेष महाधिवेशनले सही नेतृत्व दिनेछ’ बुधबार, पुस ३०, २०८२
देउवाले राजीनामा दिन नमानेपछि महामन्त्रीहरूसँगको वार्ता टुंगियो बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोग पुग्यो देउवा पक्षको पत्र, महामन्त्रीद्वयलाई कारबाही गरेको जानकारी बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्