• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

प्रि–स्याट अनुसन्धान प्रतिवेदन : चार वटै सिफ्टको प्रश्नपत्र बाहिरिएको निष्कर्ष, एसपीसहित ३५ जनालाई कारबाही सिफारिस

64x64
नारायण अधिकारी मंगलबार, साउन २६, २०७८  १८:४१
1140x725

काठमाडौं– प्रहरी प्रधान कार्यालयले आन्तरिक रुपमा लिएको प्रि–स्याट परीक्षाको प्रश्नपत्र ‘लिक’ भएको घटनाको अनुसन्धान गरेको समितिले एसपीसहित ३५ जनालाई कारबाही सिफारिस गरेको छ। चार वटै सिफ्टका प्रश्नपत्रहरु बाहिरिएको समितिको निष्कर्ष छ। 

गएको १६ साउनमा लिइएको दोस्रो सिफ्टको प्रश्नपत्र बाहिरिएको जानकारी पाएपछि अनुसन्धान सुरु गरेको समितिले चार वटै सिफ्टका प्रश्नपत्र लिक भएको निष्कर्ष निकालेको हो। प्रहरी प्रधान कार्यालयले १५ र १६ साउनमा दुई–दुई सिफ्ट गरी चार सिफ्टमा प्रि–स्याटको परीक्षा सञ्चालन गरेको थियो। उक्त परीक्षा पुनः गर्नुपर्ने निष्कर्ष पनि समितिले निकालेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ। 

दोस्रो दिनको दोस्रो सिफट्को प्रश्नपत्र लिक भएपछि प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको सचिवालयका प्रहरी नायब महानिरीक्षक (डीआईजी) वसन्तकुमार लामाको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिले चार वटै सिफट्को प्रश्नपत्र आउट भएको निष्कर्ष निकाल्दै प्रतिवेदन बुझाउने तयारी गरेको प्रधान कार्यालय स्रोतले नेपाल लाइभलाई जानकारी दिएको छ। स्रोतले भन्यो ‘सुरुमा एक सिफ्टको मात्रै प्रश्नपत्र लिक भएको भन्ने थियो। पछि अनुसन्धानको क्रममा चार वटै सिफट्को प्रश्नपत्र लिक भएको खुलेको हो।’

यी चार वटै प्रश्नपत्र लिकमा युएन शाखामै कार्यरत परिचर सुरेश बम र साइबर ब्यूरोमा कार्यरत हवल्दार कुमार शाहको प्रत्यक्ष संलग्नता रहेको समितिको ठहर छ। आर्थिक लाभ लिने उद्देश्यले उनीहरुले प्रश्नपत्र लिक गरेको समितिले ठहर गरेको छ। 

शाहको योजनामा परिचर बमले प्रश्नपत्र 'आउट' गरेको पाइएको छ। प्रिन्ट गरिएकामध्ये राम्रोसँग नबुझिने खालका प्रश्नपत्रहरु युएन शाखाका एसपी अनुपम शमशेर राणाको ड्रयरमा राखिएको थियो। बमले ती प्रश्नपत्रहरु चोरी गरी आउट गरेको पाइएको अनुसन्धान समितिले निष्कर्ष निकालेको छ। 

शाहले यसअघि पनि चोरी गर्थे प्रश्नपत्र
हवल्दार शाह आठ वर्षसम्म युएन शाखामा कार्यरत थिए। उनको चालचलन ठीक नभएको भन्दै केही समयअघि मात्रै त्यहाँबाट साइबर ब्यूरोमा सरुवा गरिएको थियो। उनकै योजनामा प्रश्नपत्र चोरी भएको समितिले पत्ता लगाएको हो। अनुसन्धानका क्रममा उनले यसअघि पनि प्रि–स्याटको प्रश्नपत्र चोरी गरेको पाइएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ। 

अनुसन्धान समितिका एक सदस्यले नेपाल लाइभसँग भने, ‘शाहले यस पटक मात्रै होइन यसअघि पनि प्रश्नपत्र आउट गरेको हामीसँग स्वीकार गरेका छन्। उनी प्रि–स्याट प्रश्नपत्र चोरी गर्ने पेशेवर नै रहेछन्।’

शाह आफूले परीक्षा नदिने भए पनि प्रश्नपत्र चोरी गरी आर्थिक लेनदेनमा अरुलाई दिने गरेको समितिले जनाएको छ। यस वापत उनले राम्रो आर्थिक आर्जन गरेको खुलेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

सबै सिफ्टका परीक्षा रद्द गरिने
१६ साउनमा लिइने दोस्रो सिफट्को प्रश्नपत्र आउट भएको जानकारी परीक्षा सुरु हुनुपूर्व नै पाइएकाले प्रहरी प्रधान कार्यालयले उक्त प्रश्नपत्र रद्द गरी अर्कै प्रश्नपत्रबाट परीक्षा सञ्चालन गरेको थियो। जस कारण परीक्षा नै रद्द गर्नुपर्ने अवस्था नरहेको प्रहरी अधिकारीले बताउँदै आएका थिए। 

तर, अनुसन्धानका क्रममा चार वटै सिफ्टका प्रश्नपत्र आउट भएको खुलेपछि सबै परीक्षा नै रद्द गर्नुपर्ने समितिले निष्कर्ष निकालेको छ। ‘पहिला परीक्षा सुरु हुनुभन्दा अघि एक सिफ्टको मात्रै प्रश्नपत्र आउट भएको भन्ने थियो। त्यसपछि अर्कै प्रश्नपत्रबाट परीक्षा लिइएको थियो। तर, अनुसन्धाका क्रममा चार वटै सिफ्टको आउट भएको खुलेपछि रद्द गनुपर्ने निष्कर्ष निकालिएको छ,’ स्रोतले भन्यो।

अब प्रि–स्याटको परीक्षा पुनः लिनुपर्ने भएको छ। युएनका प्रतिनिधिको रोहबरमा स्याटको अन्तिम परीक्षा लिनुपर्ने हुन्छ। परीक्षा लिनुअगावै प्रहरी प्रधान कार्यालयले प्रि–स्याटमा पास भएकाहरुको सूची पठाउनु पर्छ। आउँदो अक्टोबरमा अन्तिम परीक्षा हुने भएकाले त्यो अगाडि नै प्रि–स्याटमा पास हुनेको विवरण पठाउनु पर्ने हुन्छ। त्यस कारण जतिसक्दो चाँडै पुनः परीक्षा सञ्चालन गरिने प्रहरी प्रधान कार्यालय स्रोतले नेपाल लाइभलाई जानकारी दियो।

३५ जनालाई कारबाही सिफारिस
अनुसन्धान समितिले ३५ जनालाई कारबाही सिफारिस गर्ने तयारी गरेको छ। परिचरदेखि एसपीसम्म कारबाहीको सूचीमा रहेको स्रोतले जानकारी दिएको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रश्नपत्र चोरी गर्ने परिचर सुरेश बम र चोरी गर्न लगाउने हवल्दार कुमार शाहको मुख्य भूमिका रहेको निष्कर्ष निकाल्दै समितिले उनीहरुलाई जागिरबाटै बर्खास्त गर्नुपर्ने सिफारिससहितको प्रतिवेदन बुझाउने तयारी गरेको छ। अन्यको हकमा ग्रेड घटुवादेखि तलब वृद्धि रोक्का, नसिहत र सचेतसम्मका कारबाहीको सिफारिस गरिएको स्रोतको भनाइ छ।

‘प्रश्नपत्र लिक हुनेमा विभिन्न व्यक्तिका विभिन्न भूमिका देखिएका छन्। कोही प्रत्यक्ष संलग्न रहेको देखिन्छ भने कोहीको सामान्य भूमिका देखिएको छ। उनीहरुलाई त्यही अनुसार कारबाहीको सिफारिस गर्ने तयारी छ’ स्रोतले नेपाल लाइभसँग भन्यो।

प्रकाशित मिति: मंगलबार, साउन २६, २०७८  १८:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन भारतको सूर्या फुड एन्ड एग्रो लिमिटेडले उत्पादन गर्ने बिस्कुटको पैठारी स्वीकृति स्थगित गर्दै अर्को आदेश नभएसम्म बिक्री नगर्न विभागले... आइतबार, कात्तिक १, २०८३
सुनकोशीमा दुर्घटनाकी घाइते महिलालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो कात्तिक १ गते काठमाडौं बाट खोटाङतर्फ जाँदै गरेको सुमो दुर्घटनामा परेको हो। दुर्घटनामा घाइते भएकी महिलालाई नेपाली सेनाको हेलिकप्टरमार... आइतबार, कात्तिक १, २०८३
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर दुर्घटनामा परेको गाडीका चालक फरार छन् । आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्