• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ २, २०८२ Fri, Jan 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

प्रहरीमा प्रि–स्याट परीक्षाको प्रश्नपत्र ‘लिक’ प्रकरणमा परिचरदेखि डीएसपीसम्मको संलग्नता !

64x64
नारायण अधिकारी बिहीबार, साउन २१, २०७८  १९:४१
1140x725

काठमाडौं– संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जाने प्रहरीका लागि प्रहरी प्रधान कार्यालयले आन्तरिक रुपमा लिएको ‘प्रि–स्याट परीक्षा’को प्रश्नपत्र ‘लिक’मा प्रहरी प्रधान कार्यालयका परिचरदेखि प्रहरी नायब उपरीक्षक (डीएसपी)सम्मको संलग्नता रहेको खुलेको छ। 

प्रश्नपत्र लिक भएको विषय सार्वजनिक भएपछि गठन भएको छानबिन समितिले यसमा परिचरदेखि डीएसपीसम्मको संलग्नता रहेको 'तथ्य' फेला पारेको हो। 

प्रश्नपत्र लिक भएको सार्वजनिक भएपछि प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको सचिवायलयका प्रहरी नायब महानिरीक्षक (डीआईजी) वसन्तकुमार लामाको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन भएको थियो।

समितिले गरेको अनुसन्धानका क्रममा प्रश्नपत्र लिक गर्ने कार्यमा प्रहरी प्रधान कार्यालयको युएन शाखाका परिचर र डीएसपीको संलग्नता खुलेको हो। ‘अहिलेसम्म उच्च तहका अधिकृतमध्ये डीएसपीसम्मको संलग्नता रहेको देखिन्छ। अनुसन्धान जारी रहेकाले थप तथ्य खुल्दै जाला,’ समितिका एक प्रहरी अधिकृतले नेपाल लाइभसँग भने।

प्रहरी प्रधान कार्यालयको युएन शाखामै रहेका परिचर सुरेश बमबाटै प्रश्नपत्र लिक भएको देखिएको समिति स्रोतले जानकारी दियो। बमबाट उक्त प्रश्नपत्र प्रहरीको केन्द्रीय साइबर ब्यूरोमा कार्यरत हवल्दार कुमार शाहसम्म पुगेको थियो। त्यसपछि उक्त प्रश्नपत्र एक डीएसपीसम्म पुगेको छानबिन समिति स्रोतले जानकारी दियो।

‘अहिलेसम्म धेरै पिक्चर आइसकेको छ। अब यसलाई पूर्णता दिने काम अन्तिम चरणमा पुगेको छ,’ समितिका एक अधिकृत भन्छन्।

कार्यालय समय सकिएर सबै जना घर गइसकेपछि परिचर बमले उक्त प्रश्नपत्र युएन शाखाका एसपी अनुपम शमशेर राणाको कोठाबाट निकालेको पाइएको छ। प्रश्नपत्र लिकमा प्रत्यक्ष रुपमा परिचर बम र हवल्दार शाहको संलग्नता देखिएपछि उनीहरुलाई प्रहरी प्रधान कार्यालयमै रहेको १ नम्बर गणमा राखेर अनुसन्धान गरिएको छ। 

परीक्षामा नै संलग्नता नहुने परिचर बमले किन प्रश्नपत्र चोरे, त्यसपछि प्रि–स्याटको परीक्षामा नै संलग्नता नभएको हवल्दार शाहलाई किन त्यो प्रश्नपत्र दिइयो ? हवल्दारबाट उक्त प्रश्नपत्र कहाँ–कहाँ गयो भन्नेबारे प्रहरीले अनुसन्धान जारी राखेको छ।

Ncell 2
Ncell 2

 ‘अचम्म के छ भने प्रि–स्याट परीक्षामा नै संलग्नता नहुनेहरुबाट प्रश्नपत्र लिक भएको देखियो। परिक्षामा सहभागी नहुने परिचारले परीक्षा नै नदिने व्यक्तिलाई उक्त प्रश्नपत्र फवार्ड गर्नुले यसमा केही विषय अझै अनुसन्धान गर्नुपर्ने देखिएको छ,’ समितिका अधिकारी भन्छन्।

प्रश्नपत्र लिक हुनुमा विभिन्न व्यक्तिको विभिन्न खाले भूमिकाहरु देखिएका छानबिन समितिका अधिकृतको भनाइ छ। 'कोही व्यक्तिको प्रत्यक्ष संलग्नता रहेको देखिन्छ भने कोहीको सामान्य भूमिका देखिएको छ,' छानबिन समितिका ती अधिकृत भन्छन्। 

छानबिन समितिका अधिकृतका अनुसार प्रत्यक्ष चोरीमा तल्लो दर्जाका प्रहरीको भूमिका देखिएको छ भने डीएसपीसम्मका अधिकारीको भूमिका बाह्य रुपमा देखिएको छ। तल्लो दर्जाका कर्मचारी डीएसपी तहका अधिकारीबाटै परिचालित भएको हुनसक्ने विश्लेषण गरेर अनुसन्धान जारी राखिएको समितिका अधिकृतको भनाइ छ।

अनुसन्धान अन्तिम चरणमा
छानिबिन समितिका संयोजक लामाका अनुसार अनुसन्धान अन्तिम चरणमा पुगेको छ। आइतबार वा सोमबारसम्म छानबिन सकेर प्रतिवेदन बुझाइने लामाले जानकारी दिए। 

शान्ति मिसनमा जाने प्रहरी कर्मचारीको छनौटका लागि प्रहरी प्रधान कार्यालयले दुई चरणमा परीक्षा लिने गर्छ। पहिलो चरणमा प्रि–स्याट परीक्षा लिइन्छ। प्रि–स्याटमा उत्तिर्ण हुने प्रहरी कर्मचारीले मात्रै स्याट परीक्षा दिन पाउँछन्।  

स्याट परीक्षा संयुक्त राष्ट्रसंघका प्रतिनिधिको राहेबरमा लिनुपर्ने हुन्छ। त्यसका लागि अन्तिम परीक्षा लिनु अगावै प्रहरी प्रधान कार्यालयले प्रि–स्याटमा पास भएकाहरुको सूचि पठाउनु पर्ने हुन्छ।

आउँदो अक्टोबरमा अन्तिम परीक्षा हुने भएकाले त्यो अगाडि नै प्रि–स्याटमा पास हुनेको विवरण पठाउनु पर्नेछ। स्याट परीक्षाका लागि प्रि–स्याट पास हुनेको विवरण पठाउन धेरै समय नभएकाले पनि प्रश्नपत्र लिक भएको घटनाका सन्दर्भमा चाँडो निष्कर्षमा पुग्ने गरी अनुसन्धानलाई तीव्र पार्दै अन्तिम चरणमा लगिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

यदी पुनः परीक्षा सञ्चालन गर्नु भएको अवस्थामा पनि चाँडै अनुसन्धान सकेर प्रतिवेदन बुझाउँदा सहज हुने भएकाले तीव्र रुपमा अनुसन्धान गरी अन्मित चरणमा पुर्‍याइएको समितिले जनाएको छ। 

प्रि–स्याट उत्तिर्ण हुनेको सूचि पाएपछि युएनले स्याटको अन्तिम परीक्षा विभिन्न लटमा लिनेगर्छ।

प्रश्नपत्र लिक भएको विषय सार्वजनिक भएपछि छानबिनमा समितिले काठमाडौं उपत्यका बाहिरका प्रहरीलाई समेत बोलाएर उक्त विषयमा सोधपुछ गरिरहेको छ। 

शंकास्पद केही व्यक्तिलाई भने नियन्त्रणमै राखेर अनुसन्धान गरिएको छ भने केहीलाई सोधपुछ गर्दै छाडिएको छ। 

प्रहरी प्रधान कार्यालयले गत शुक्रबार र शनिबार प्रि–स्याटको परीक्षा लिएको थियो। ती मध्ये शनिबारको एक सिफ्टको प्रश्नपत्र आउट भएको पाइएको हो।

यो पनि पढ्नुहोस्

प्रहरीमा शान्ति मिसनको परीक्षाको प्रश्नपत्र लिक भएको आशंका, छानबिन समिति गठनमंगलबार, साउन १९, २०७८


 

प्रकाशित मिति: बिहीबार, साउन २१, २०७८  १९:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
सुनसरी गोलीकाण्ड : छानबिन समितिले काम थाल्यो त्यसलगत्तै सुनसरीका साहयक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेको संयोजकत्वमा जिल्ला प्रहरी कार्यलय सुनसरीका डीएसपी चन्द्रबहादुर खड... शुक्रबार, पुस १८, २०८२
एम्बुलेन्सबाट ५२१ किलो गाँजा बरामद आइतबार राति केराबारी गाउँपालिका–५ मा प्रहरीले ५ सय २१ किलो गाँजा बरामद गर्नुका साथै तस्करीमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको हो। सोमबार, पुस १४, २०८२
७५० केजी गाँजासहित दुई जना पक्राउ को १ ज ३४५६ नम्बरको जिपबाट उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता केदारमान दोङले बताए । शनिबार, पुस १२, २०८२
ताजा समाचारसबै
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर बिहीबार, माघ १, २०८२
सभापति थापाले भने : ‘निर्वाचन आयोगले विशेष महाधिवेशनको निर्णयलाई अद्यावधिक गर्नेमा विश्वस्त छु’ बिहीबार, माघ १, २०८२
विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस कार्यसमितिले आयोगमा बुझायो विवरण बिहीबार, माघ १, २०८२
कांग्रेस प्रवक्तामा देवराज चालिसे नियुक्त बिहीबार, माघ १, २०८२
देउवाको हस्ताक्षर हटाउने र नवनिर्वाचित टीम आयोगमा अद्यावधिक गर्ने गगन नेतृत्वको कांग्रेसको निर्णय बिहीबार, माघ १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगनलाई प्रधानमन्त्रीको उम्मेदवारसहित संस्थापनलाई ८ बुँदे प्रस्ताव, संस्थापनद्वारा अस्वीकार बुधबार, पुस ३०, २०८२
पार्टीबाट निष्कासनमा परेपछि विश्वप्रकाश–  ‘गगन र म दुवै दृढ छौँ, विशेष महाधिवेशनले सही नेतृत्व दिनेछ’ बुधबार, पुस ३०, २०८२
देउवाले राजीनामा दिन नमानेपछि महामन्त्रीहरूसँगको वार्ता टुंगियो बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोग पुग्यो देउवा पक्षको पत्र, महामन्त्रीद्वयलाई कारबाही गरेको जानकारी बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्