• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, साउन १२, २०८३ Tue, Jul 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

अनुत्पादक अनुदान र चालु खर्चका लागि आन्तरिक ऋण प्रयोग नगर्न सरकारलाई सुझाव

प्राकृतिक स्रोत तथा वित्त आयोगको १८ सुझाव 
64x64
नेपाल लाइभ बुधबार, वैशाख २९, २०७८  ११:०३
1140x725

काठमाडौं– राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सरकारलाई आगामी आर्थिक वर्षको बजेट स्रोत व्यवस्थापमा आन्तरिक ऋण उठाएर अनुत्पादक अनुदान र चालु खर्चका लागि प्रयोग नगर्न सुझाव दिएको छ।

आयोगले आगामी आर्थिक वर्ष २०७८/७९ बजेटले कुल गार्हस्थ उत्पादनको ५६ दशमलव ५ प्रतिशत रकम मात्रै आन्तरिक ऋणको रुपमा उठाउन पाउने गरी सरकारलाई सिफारिस गरेको छ। यसअघि कुल गार्हस्थ उत्पादनको ५ प्रतिशत सीमाभित्र बसेर ऋण संकलन गर्नुपर्ने व्यवस्था थियो।

आयोगको सिफारिसको आधारमा सरकारले २ खर्ब ३० अर्ब भन्दा बढी आन्तरिक ऋण उठाउन पाउने छ। तर, सरकारले सवा २ खर्ब आन्तरिक ऋण उठाउने गरी लक्ष्य लिएको छ।

आयोगले तत्कालको समष्टिगत आर्थिक स्थिति, प्रदेश तथा स्थानीय तहले परिचालन गर्ने आन्तरिक ऋणको अवस्था र बजारको स्थितिलाई समेत विश्लेषण गरी आर्थिक वर्ष २०७८/७९ को प्रक्षेपित कुल गार्हस्थ उत्पादनको ५ दशमलव ५ प्रतिशत नबढ्ने गरी संघलाई आन्तरिक ऋण उठाउन सिफारिस गरेको छ।

यसैगरी, आयोगले प्रदेश र स्थानीय तहका लागि आगामी आर्थिक वर्ष २०७८/७९ मा नेपाल सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँट र प्रदेश सरकारको आफ्नो आन्तरिक स्रोतबाट प्राप्त हुने राजस्व र स्थानीय तहको आफ्नो आन्तरिक स्रोतबाट प्राप्त हुने राजस्व योगफलको १२ प्रतिशतमा नबढ्ने गरि आन्तरिक ऋण लिन सक्ने सीमा तोकेको छ।

आन्तरिक ऋण उठाउँदा ध्यान दिनु पर्ने १८ शर्त

१. सार्वजनिक ऋणको उद्देश्य स्पष्ट हुनुपर्ने। ऋण उठाउँदा उच्च तथा दीगो आर्थिक वृद्धि, रोेजगारी सिर्जना र उत्पादकत्व वृद्धिका लागि हुनुपर्ने। अनुत्पादक अनुदान र वा चालु खर्चका लागि आन्तरिक ऋण प्रयोग गर्न नहुने।

२. आर्थिक स्थायित्व हुने गरी पूँजी निर्माण र दीर्घकालीन लाभ दिने प्रकृतिका उत्पादनशील कार्यका लागि आन्तरिक ऋणको परिचालन हुनु पर्ने।

nimb
nimb
Ncell 2
Ncell 2

३. राष्ट्रिय विकासका लक्ष्य हासिल गर्न राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्ने कार्यमा सार्वजनिक निजी, सहकारी र अन्य क्षेत्रबीचको सहभागितामा तथा साझेदारी बढाउन मद्दत पुग्ने गरी तीनै तहका सरकारबीच समन्वय कायम गरी परिचालन हुनु पर्ने।

४. तीनै तहले ऋणबाट खर्च व्यहोर्नेगरी बजेट अनुमान गर्दा र ऋण उठाउँदा आयोगले सिफारिस गरेको  सीमाभित्र रहनुपर्ने।

५. ऋण व्यवस्थापन रणनीति तर्जुमा गरी जोखिम  र लागतको विश्लेषण गर्नुपर्ने।

६. लागत र जोखिमका आधारमा  वैकल्पिक रणनीतिहरुको पहिचान, विश्लेषण र श्रेणीक्रम  यकीन गर्नुपर्ने ।

७. आन्तरिक बजार विकासको आक्रामक रणनीतिको अवलम्बन गर्ने हो भने मुद्राको स्तरीकरण समेत गर्नु उपयुक्त हुने।

८. स्थानीय शहरी पूर्वाधारका क्षेत्रका ऋण प्रवाह गर्ने प्रयोजनका साथ स्थापना भएका नगर विकास कोष जस्ता विशिष्टीकृत वित्तीय मध्यस्थकर्ता संस्था र अन्य कानुन बमोजिम ऋण परिचालन गर्न सक्ने निकायले गर्ने ऋण लगानीको रकमलाई आयोगले सिफारिस गरेको सम्बन्धित संघीय इकाईको आन्तरिक ऋणको सीमाभित्र व्यवस्थित गर्नुपर्ने।

९. बजेट विनियोजन र स्रोत व्यवस्थापनको अनुमान अनुरुप आन्तरिक ऋण उठाउँदा ऋण परिचालन गरिने योजनाको कार्यान्वयन स्थितीसँग तादात्म्यता कायम गर्नु पर्ने।

१०. सार्वजनिक वित्त नीतिले भविष्यको वित्तीय आवश्यकता र ऋण व्यवस्थापकको व्यवस्थापन क्षमतालाई प्रभाव पार्ने हुँदा बढ्दो आन्तरिक ऋणभारले ऋणको भुक्तानी क्षमताको विश्वासको स्तर बढाउन वा जोखिम प्रिमियम घटाउन कठिन भै भविष्यमा ऋणको लागत अझ बढ्न जाने हुन्छ। विभिन्न सार्वजनिक संस्थानहरुका लागि ऋण लिने जमानी बसेको कारणले सिर्जना भएको प्रासंगिक दायित्वको परिमाण बढ्दै जाने तर ती संस्थानहरुको ऋण तिर्ने क्षमता अझ कमजोर हुँदै गएको परिस्थितिमा भविष्यमा यस्ता दायित्व बहन गर्ने कुरामा थप सचेत हुन आवश्यक छ किनकी यस्तो दायित्व बढ्दै जाँदा ऋण व्यवस्थापनको उद्देश्य हासिल हुन थप कठिन हुँदै जान्छ। 

११. प्रदेश तथा स्थानीय तहले आन्तरिक ऋण लिन आवश्यक पर्ने थप कानुनी, संरचनात्मक र प्रक्रियात्मक व्यवस्था गर्नु पर्दछ।

१२. तीन तहले लिने आन्तरिक ऋणको एकीकृत व्यवस्थापन, लेखांकन र प्रतिवेदन प्रणालीको विकास गरी कार्यान्वयन गर्नु जरुरी हुन्छ।

१३.  ऋणको  परिचालनले अर्थतन्त्रमा अनुकुल एवं प्रतिकूल दुवै प्रभाव पार्न सक्ने हुँदा आन्तरिक परिचालन गर्दा अर्थतन्त्रमा अनुकुल प्रभाव  पार्ने गरी लागत लाभको  विश्लेषण समेत गरेर आन्तरिक ऋणको परिचालन गर्नुपर्ने।

१४. ऋणको भुक्तानी गर्दा अतिरिक्त बोझ महसुस गर्नु  नपर्ने गरी तथा भावी पुस्ताले भुक्तानी गर्नुपर्दा पनि असहजता महसुस गर्न नपर्ने गरी उपयुक्त उपकरण छनोट  गरी आन्तरिक ऋणको परिचालन गर्नु पर्ने।

१५. सार्वजनिक ऋणको परिचालनको प्रवृत्ति बढ्दो क्रममा रहेको छ। साँवा भुक्तानीको प्रवृत्ति कुनै वर्ष घट्ने र कुनै वर्ष बढ्ने गरेको देखिन्छ भने ब्याज भुक्तानीको प्रवृत्ति निरन्तर बढ्दो क्रममा देखिन्छ। यसले ऋणको दायित्वमा झनै बढोत्तरी ल्याउने हुन्छ। तसर्थ ऋण सेवा खर्चमाा कमी ल्याउने गरी साँवा भुक्तानी पनि सोही अनुसार व्यवस्थित गर्ने व्यवस्था मिलाउनु पर्छ।

१६. दीर्घकालीन संरचनागत तत्वहरुमा पुनरावलोकन गर्नुपर्ने।

१७. ऋण व्यवस्थापनको पारदर्शिता र उत्तरदायित्व निर्धारण गरी वित्तीय बजार र ऋण लिनेबीचमा विश्वासको वातावरण अझ सुदृढ  बनाउन जरुरी हुन्छ।

१८. बजेट अंक समायोजन हुँदा यथासम्भव आन्तरिक ऋणको सीमांकन समेत समायोजन गर्नेतर्फ ध्यान दिनु पर्ने।
 

प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  ११:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नारायणी अस्पतालका चिकित्सकले किन दिए सामूहिक राजीनामा ?
सुनको मूल्य तोलामा ४ हजार ३०० रुपैयाँ घट्यो
पुँजी बजारको दिगो विकासका लागि गुणस्तरीय नियमनमा अर्थमन्त्री वाग्लेको जोड
सम्बन्धित सामग्री
सुनको मूल्य तोलामा ४ हजार ३०० रुपैयाँ घट्यो महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला दुई लाख ८४ हजार २०० रुपैयाँ कायम भएको छ। मंगलबार, साउन १२, २०८३
पुँजी बजारको दिगो विकासका लागि गुणस्तरीय नियमनमा अर्थमन्त्री वाग्लेको जोड उनले उच्च नैतिकता, पारदर्शिता र लगानीकर्ताको हितलाई केन्द्रमा राखेर काम गर्न बोर्ड नेतृत्वलाई निर्देशन दिए । नयाँ अध्यक्ष नियुक्तिपछ... मंगलबार, साउन १२, २०८३
आन्तरिक राजस्व विभागले भन्यो: बिजुलीको भ्याट १ साउनबाट मात्र कार्यान्वयन आर्थिक ऐन २०८३ ले मूल्य अभिवृद्धि कर ऐन २०५३ संशोधन गरी सरकारले विद्युत् सेवा प्रदान गर्ने अन्तिम उपभोक्तालाई ५ प्रतिशत तथा अन्य व्य... सोमबार, साउन ११, २०८३
ताजा समाचारसबै
नारायणी अस्पतालका चिकित्सकले किन दिए सामूहिक राजीनामा ? मंगलबार, साउन १२, २०८३
सुनको मूल्य तोलामा ४ हजार ३०० रुपैयाँ घट्यो मंगलबार, साउन १२, २०८३
पुँजी बजारको दिगो विकासका लागि गुणस्तरीय नियमनमा अर्थमन्त्री वाग्लेको जोड मंगलबार, साउन १२, २०८३
स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन मन्त्रालयको अपिल, दोषीमाथि कारबाही प्रक्रिया जारी मंगलबार, साउन १२, २०८३
मुग्लिन-नारायणगढ सडकखण्डको खहरेमा सुक्खा पहिरो खस्याे, यातायात दुईतर्फी अवरुद्ध मंगलबार, साउन १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो, डीआईजी खनाललाई पठाइयो सोमबार, साउन ११, २०८३
सुनसरी झडपमा घाइते थप एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
सुनसरीमा सामाजिक सद्भाव कायम राख्न सर्वपक्षीय सहमति सोमबार, साउन ११, २०८३
आन्तरिक राजस्व विभागले भन्यो: बिजुलीको भ्याट १ साउनबाट मात्र कार्यान्वयन सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो, डीआईजी खनाललाई पठाइयो सोमबार, साउन ११, २०८३
सुनसरी झडपमा घाइते थप एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्