काठमाडौँ — सेयर कारोबार नेप्से परिसूचक ३८.५२ अंकले बढेको छ । चुनावअघिको अन्तिम काराेबार दिन नेप्से १ दशमलव ४४ प्रतिशतले बढेर २ हजार ७ दशमलव १२.४९ विन्दुमा उक्लिएको छ । कुल २५४ कम्पनीको सेयर मूल्य बढ्यो, ६ कम्पनीको मूल्य घट्यो भने २ कम्पनीको मूल्य स्थिर रह्यो ।
व्यापार बाहेक सबै उपसमूहहरू बढ्यो । व्यापार ३१ अंकले घट्यो भने जीवन बिमा १३६.०४, उत्पादन तथा प्रशोधन १३७.८१ र होटल तथा पर्यटन ११६.६२ अंकले बढ्यो ।
कुल ६१ हजार ३२९ पटकको सेयर किनबेचमा ६ अर्ब २३ करोड रुपैयाँको सेयर कारोबार भएको छ । सालपा विकास बैंकको ९.९९, पञ्चकन्या माई हाइड्रोपावरको ९.८९, रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य ९.८२ प्रतिशतले बढ्यो । शुभम पावर लिमिटेडको २.५३ प्रतिशतले घट्यो ।
आँखु खोला जलविद्युत्को ३४ करोड६५ लाख, रिदि पावर कम्पनीको २७ करोड ७४ लाख,एसवाई प्यानल नेपालको २४ करोड ६७ लाख,मन्जुश्री फाइनान्सको २२ करोड ६० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।