काठमाडौं– रौटहट क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजेशकुमार चौधरी विजयी भएका छन् । उनी २८ हजार ९४६ मतका साथ विजयी भएका हुन् ।
चैधरीका निकटम प्रतिस्पर्धी नेकपा एमालेका अजयकुमार गुप्ताले १० हजार ६९३ ले मत ल्याए । यसैगरी, नेपाली कांग्रेसका अनिलकुमार झाले ८ हजार ५७४ मत पाएका छन् ।
यो क्षेत्रबाट २०७९ मा चुनाव जितेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल भने यसपटक चौथो स्थानमा रहे । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उनले ७ हजार ६६९ मत ल्याए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।