काठमाडौं– बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका ५६ वर्षीय सुरेन्द्रबहादुर श्रेष्ठ पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई मंसिर १० गते काठमाडौंको चाबहिलबाट पक्राउ गरेको हो ।
श्रेष्ठविरुद्ध कोपिला पोखरेलको जाहेरीमा नेपाल सरकार वादी रहेको बैंकिङ कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भएको थियो ।
प्रहरीका अनुसार उक्त मुद्दामा ६४ लाख रुपैयाँ बिगो कायम छ । उनीविरुद्ध २०८२ असार ९ गते प्रहरी वृत्त कालीमाटी र सोही वर्ष मंसिर १ गते जिल्ला प्रहरी परिसर ललितपुरमा समेत बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता भएको अनुसन्धानबाट खुलेको छ ।
काठमाडौं महानगरपालिका–२९ स्थायी घर भई हाल वडा नम्बर ७ चाबहिल बस्दै आएका श्रेष्ठलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।