कैलाली– कैलाली क्षेत्र नम्बर–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आनन्दबहादुर चन्द निर्वाचित भएका छन् ।
३१ हजार ९५३ मत ल्याएका चन्दले पूर्वमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार प्रेमबहादुर आलेलाई पराजित गरे । आलेले ७ हजार ८७६ मत प्राप्त गरेका छन् ।
सो क्षेत्रमा नेपाली कांग्रेसका नर नारायण शाह ११ हजार ९५८ मत सहित दोस्रो भएका छन् । पूर्वमन्त्री आले तेस्रो स्थानमा समिति भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आनन्द बहादुर चन्दलाई विजयी घोषणा गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।