इलाम– इलाम क्षेत्र नम्बर २ को मतगणना अनुसार नेकपा एमाले र श्रम संस्कृति पार्टीका उम्मेदवारबीच प्रतिस्पर्धा कायमै देखिएको छ ।
एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई पछि पार्दै श्रम संस्कृति पार्टीका उम्मेदवार सुदीप राई अघि लागेका छन् ।
श्रम संस्कृति पार्टीका उम्मेदवार सुदीपले १ हजार ५ सय ४ मत ल्याउँदा सुहाङले १ हजार ३ सय ६० मत ल्याएका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्यले ७ सय ३३ र रास्वपा उम्मेदवार गोकुल राईले ४ सय २० मत पाएका छन् ।
नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार ओमबहादुर गुरुङले १ सय ३८ मत पाएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।