काठमाडौं–अछामको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका भरतकुमार स्वाँर १० हजार ७५९ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी भीम रावलले १० हजार २३३ मत पाए ।
रावल ५२६ मतले पराजित भएका हुन् । रावलले यसअघि लडेका पाँचमध्ये तीनमा जित र दुई निर्वाचनमा पराजय भोगेका थिए । कांग्रेसले भने यो क्षेत्रमा २६ वर्षपछि जित निकालेको हो ।
यसअघि अछाम– १ मा कांग्रेसका गोविन्दबहादुर शाह २०५६ सालमा विजयी भएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।