सर्लाही– प्रतिनिधि सभा निर्वाचनको हट स्पट मानिएको सर्लाही क्षेत्र नम्बर ४को प्रारम्भिक मतगणनामा कांग्रेस सभापति गगन कुमार थापा रास्वपा उम्मेदवार अमरेश कुमार सिंहभन्दा पछि परेका छन् ।
अमरेशले १ हजार २३९ मत पाउँदा थापाले ७६८ मत पाएका छन् ।
जनमतका राकेश मिश्राले २५०, नेकपा एमालेका उम्मेदवार अमनिश कुमार यादवले १९९ र नेकपा उम्मेदवार डा रजनिश रायले १८ मत पाएका छन् । जसपाका रामेश्वर राय यादवले २ मत पाएका छन् ।
बिहान १० बजेदेखि मतगणना सुरु भए पनि पहिलोपटक औपचारिक रुपमा प्रारम्भिक मत सार्वजनिक भएको हो ।
गोडैताको श्री वेणी भोला नमूना माविमा मतगणना भइरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।