• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

मलाई सुन्दरताको होइन, आत्मविश्वासको घमण्ड छ : ऋचा शर्मा [भिडियो]

64x64
नेपाल लाइभ बिहीबार, जेठ १०, २०७५  ११:१६
1140x725

काठमाडौं– सन् २००७ को मिस नेपाल बन्न आतुर थिइन् अभिनेत्री ऋचा शर्मा। तर क्राउन पहिरिन हतारिएका पाइलाहरु रोकिए। उनले उत्कृष्ट दसमा चित्त बुझाउनुपर्‍यो।

ऋचाको मिस नेपाल बन्ने सपना त टुंगियो तर चलनचल्तीको दैनिकीभन्दा फरक पहिचानसहितको जीवन जिउने साहस भने उनमा ताजै थियो। मिस नेपालको यात्रामा सिकेको सिप र आत्मविश्वासले उनलाई थप ऊर्जा दिइरहेको थियो।

आफूमा भएको क्षमतामाथि उनलाई विश्वास थियो। त्यही विश्वासको जगमा उनले विभिन्न टेलिभिजनमा भिजे, मोडलिङ हुँदै टेलिचलचित्रमा हात हालिन्। मोडलिङमा सुरुवाती अवस्थामै पाएको सफलताका कारण उनीमाथि केही गनिएका म्युजिक डाइरेक्टरहरुको नजर पर्न गयो। म्युजिक भिडियोमा एकएक गर्दै काम पाउन थालिन्। यसले मोडलिङमा उनको आगामी बाटो फराकिलो बन्दै गएको दृश्यबोध गराउँथ्यो। जसलाई नेपाली चलचित्रसम्म पुग्न जगको रुपमा हेरिँदै आएको छ।

म्युजिक भिडियोको यात्रासँगै पहिलोपटक फिल्म ‘फस्ट लभ’बाट ऋचा नेपाली फिल्म क्षेत्रमा प्रवेश गरिन्। प्रमुख भूमिकामा देखिएकी ऋचाले पहिलो फिल्मबाटै उत्कृष्ट अभिनेत्रीको रुपमा स्थान बनाउन सफल भइन्।

सन् २००७ देखिको ११ वर्षे करिअरमा ऋचाका १ सय ५० बढी म्युजिक भिडियो, १७ बढी फिल्म तथा विभिन्न सर्ट मुभी र टेलिचलचित्र सार्वजनिक भइसकेका छन्। संख्यात्मक हिसाबले चलचित्रको संख्या अन्य नाम चलेका अभिनेत्रीहरुको भन्दा कम लागे पनि अभिनयको यात्रामा ऋचाको पहिचान दर्शकको आँखामा बेग्लैगरी बसेको पाइन्छ।

फरक फिल्ममा फरक पात्रको रुपमा पर्दामा देखिन रुचाउने ऋचाको स्वभाव नै त्यस्तै रहेछ। ‘हामी रियल लाइफमा त्यती भाग्यमानी छैनौँ, जति रिल लाइफमा छौँं। किनभने रिल लाइफमा हामीले धेरै तर फरक–फरक जीवनको अनुभव गर्न पाएका हुन्छौँ,' ऋचाले भनिन्, ‘अर्कातिर एउटी अभिनेत्रीको अभिनय यात्रा पनि छोटो हुन्छ र यो छोटो यात्रामा धेरैभन्दा धेरै भेराइटिका काम गरौँ भन्ने मेरो लक्ष्य हो।’ उनको बुझाइमा आफ्नो छोटो अभिनय यात्रालाई सार्थक र जीवन्त बनाइराख्न जस्तोसुकै नौलो अभ्यास गर्न पनि तयार रहनुपर्छ।

Ncell 2
Ncell 2
nimb
nimb

अभिनेत्री ऋचा केही समययता अभिनयसँगै फिल्म निर्माणमा समेत आफूलाई स्थापित गराउन प्रयासरत छिन्। फिल्म भिसा गर्ल, आधा लभ निर्माणबाट मिश्रित अनुभव सँगालेकी ऋचाले यसपटक ‘सुनकेसरी’ निर्माण गरी दर्शकमाझ आउँदै छिन्।

फिल्म जेठ ११ बाट नेपाल र अस्ट्रेलियामा सबटाइटलसहित एकसाथ प्रदर्शनमा आउँदै छ। विधागत रुपमा हरर (भूतको कथामा बनेको) फिल्म भनिएको ‘सुनकेसरी’ले नेपाली दर्शकका लागि केही स्वाद दिनेमा भने आश गर्न सकिन्छ। तर यही शैलीमा नेपालमा यसअघि पनि फिल्म नबनेका भने होइनन्। सामान्यतया अर्गानिक सामाजिक कथावस्तु, हास्यप्रधान तथा माया–प्रेमका कथामा रमाइरहेका नेपाली दर्शकका लागि ‘हरर’ फिल्मले त्यति छोएको पाइन्न। ‘सुनकेसरी’अघि बनेका फिल्महरु एक दिन एक रात, मसान, आत्मा, डार्क हाउस, माला, हँसिया, पर्व जस्ता ‘हरर’ फिल्मले नेपाली बक्स अफिसमा लामो तथा फराकिलो यात्रा गर्न पाएनन्।

नेपालमा ‘हरर’ फिल्मको इतिहास र चर्चा निकै साँघुरो रुपमा मात्रै भएकोले अर्पण थापा र ऋचा शर्माको ‘सुनकेसरी’का लागि त्यो चिर्ने अवसर भने यसपटक पूरापूर रहेको देखिन्छ।

Xtrem

Xtrem

यस विषयमा ऋचा भने ढुक्क छिन्। विश्व सिने इतिहासको उदाहरण दिँदै ऋचा भन्छिन्, ‘विश्वका स्थापित फिल्म उद्योगहरुको अध्ययन गर्ने हो भने ‘हरर जनरा’का फिल्मबाट नै उनीहरुले स्थायित्व पाएका छन् भने नेपाल यसबाट किन चुक्ने? त्यसकारण मैले नेपाली सिनेमा क्षेत्रभित्र फरक बाटोमा हिँड्न चाहेको हुँ।’

ऋचाले आफ्नो कामप्रतिको आत्मविश्वास झल्काउँदै थपिन्, ‘सफल नहुने भन्ने कुरै हुँदैन। किनकी ‘सुनकेसरी’का लागि आजसम्म जेजति गरेँ, ती सबैबाट सन्तुष्ट छु। अब सम्पूर्ण जिम्मेवारी दर्शकमाझ छोडिसकेँ, जे हुन्छ फिल्म प्रदर्शनपछि थाहा हुन्छ।’

ऋचा र अर्पणले करिब २ करोड रुपैयाँ लगानी गरेर फिल्म ‘सुनकेसरी’ तयार गरेका हुन्। फिल्ममा ऋचासहित रवीन्द्र झा र सनी ढकाल तथा अस्ट्रेलियन कलाकारहरुलाई देख्न सकिन्छ। अस्ट्रेलियाको सिड्नीस्थित भुताहा घरमा छायांकन गरिएको फिल्ममा ऋचाले साहसका साथ खतरा मोलेको स्वीकार गरिन्।

समय–समयमा चर्चामा आइरहने ऋचालाई घमण्डी अभिनेत्रीको ट्याग लाग्ने गरेकोमा कुनै दुःखेसो छैन। बरु उनले यसमा गर्व गर्दै भनिन्, ‘महिला घमण्डी हुनैपर्छ। ममा सुन्दरताको घमण्ड छैन तर म आफ्नो आत्मविश्वासको घमण्ड गर्छु र सबैलाई आत्मविश्वासको घमण्ड गर्न सुझाउँछु पनि।’

वास्तविक जीवनका घटनामा आधारित रहेर फिल्म बनाउन आफू सदैव तयार रहेको बताउँछिन् ऋचा। केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओलीले फिल्मकर्मीहरुलाई भूत, प्रेत र अन्धविश्वासयुक्त फिल्म नबनाउन सुझाएका थिए। तर उक्त कार्यक्रममा ऋचा भने अनुपस्थित थिइन्।

प्रधानमन्त्रीले यस्तो सुझाव दिइरहँदा यसको ठिकविपरीत ऋचाको फिल्म ‘सुनकेसरी’को भने पोस्ट प्रोडक्सनको अधिकांश कार्य सकिएको थियो। तर उक्त सुझावका सम्बन्धमा प्रधानमन्त्रीको विचारसँग सहमत छैनन् उनी। ‘सायद उहाँले त्यस्ता फिल्म बनाउन रोक्नुभन्दा पनि विदेशबाट आउने त्यस प्रकारका फिल्म रोक्नुपर्दछ’, उनी भन्छिन्, ‘फिल्म निर्माण 8भन्दा पृथक् हुन सक्दैन। मैले पनि ‘सुनकेसरी’ 8भन्दा पर रहेर निर्माण गरेकी छैन। फिल्म 8 भित्रको यथार्थ प्रतिविम्ब हो। फिल्मको कथावस्तु विस्तार गर्दै जाँदा केही कुराहरु काल्पनीक हुनु स्वाभाविक पनि लाग्छ।’

अभिनय र फिल्म निर्माणपछि फिल्मको स्क्रिप्ट लेखनमा समेत आफ्नो उपस्थितिको संकेत गर्दै ऋचाले आफ्नो चाहना अनुरुपको भूमिका निर्वाह गर्ने अवसर अझैसम्म नजुरेको बताइन्। आफूले चाहेजस्तो भूमिकामा दर्शकमाझ उपस्थिति जनाउनकै लागि भए पनि लेखनमा आउने चाहना छ उनको।

कलायात्रामा पृथक् प्रस्तुतिका लागि अभिनयको भोक अझै पनि नवकलाकारमा जस्तै रहेको बताउने ऋचाको ‘सुनकेसरी’ यात्राले कहाँसम्मको दुरी पार गर्ने हो, समयले बताऊला!

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०७५  ११:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दसैं यात्रामा मनपरी भाडा र भीड रोक्न सरकारलाई निर्देशन
नेशनल मेडिकल कलेजका चिकित्सकको आन्दोलनप्रति चिकित्सक संघको ध्यानाकर्षण, प्रधानमन्त्रीलाई पत्र
बाढीपहिरोका कारण कांग्रेस महाधिवेशनको मिति धकेलिँदै, १९ कि २१ गतेबाट गर्ने भन्नेमा छलफल
सम्बन्धित सामग्री
दसैं यात्रामा मनपरी भाडा र भीड रोक्न सरकारलाई निर्देशन सोमबार बसेको समिति बैठकले यात्रुको चापअनुसार पर्याप्त सवारीसाधन थप्न, तोकिएका बसपार्कबाटै सञ्चालन गर्न तथा निर्धारित स्थानबाट मात्र... सोमबार, असोज १२, २०८३
नेशनल मेडिकल कलेजका चिकित्सकको आन्दोलनप्रति चिकित्सक संघको ध्यानाकर्षण, प्रधानमन्त्रीलाई पत्र संघका अनुसार कलेज प्रशासनले एमडी/एमएस प्रथम वर्षका आवासीय चिकित्सकहरूविरुद्ध अनावश्यक मुद्दा लगाएको, सार्वजनिक बिदाका दिनमा समेत बिद... सोमबार, असोज १२, २०८३
खाद्य आयातको अनुमति मिलाइदिने भन्दै २८ लाख असुल, विभागका अधिकृतसहित चार जनाविरुद्ध मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारी, बसन्त कुमार बस्याल क्षेत्री, सुरेश चौधरी र रश्मिता श्रेष्ठ... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
दसैं यात्रामा मनपरी भाडा र भीड रोक्न सरकारलाई निर्देशन सोमबार, असोज १२, २०८३
नेशनल मेडिकल कलेजका चिकित्सकको आन्दोलनप्रति चिकित्सक संघको ध्यानाकर्षण, प्रधानमन्त्रीलाई पत्र सोमबार, असोज १२, २०८३
बाढीपहिरोका कारण कांग्रेस महाधिवेशनको मिति धकेलिँदै, १९ कि २१ गतेबाट गर्ने भन्नेमा छलफल सोमबार, असोज १२, २०८३
कांग्रेसको महाधिवेशनमा युवाको दबदबा, ४४ हजारले पाए पद र झण्डै एक लाख बने प्रतिस्पर्धी सोमबार, असोज १२, २०८३
खाद्य आयातको अनुमति मिलाइदिने भन्दै २८ लाख असुल, विभागका अधिकृतसहित चार जनाविरुद्ध मुद्दा सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्