Vianet Content Block Ad new Vianet Content Block Ad new
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, चैत ११, २०८२ Wed, Mar 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रधानमन्त्री ओलीको 'सनक'ले जताततै अस्थिरताको बीजारोपण

64x64
नेपाल लाइभ शनिबार, वैशाख १८, २०७८  १३:४८
1140x725

काठमाडाैं- पुस ५ गते प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसपछि अस्थिर बनेको राजनीति केन्द्र हुँदै प्रदेशसम्म पुगेको छ।

सर्वोच्च अदालतले फागुन ११ को फैसलामार्फत् प्रतिनिधि सभा विघटनका लागि सिफारिस गर्ने प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक ठहर गरिदियो। फागुन २३ को सर्वोच्चको फैसलाले तत्कालीन नेकपालाई पूर्वदल, एमाले र माओवादी केन्द्रमा पुर्‍याइदिएको थियो। सर्वोच्चको फैसलाले एमाले ब्युँतिए पनि उक्त दल एक हुने सम्भावना न्यून छ। एमालेभित्र देखिएको विवादको प्रत्यक्ष असर कर्णाली प्रदेश सभाबाट देखिएको छ।

कर्णाली प्रदेशमा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन एमालेले ५ चैतमा फिर्ता लिएको थियो। समर्थन फिर्ता लिएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने बाध्यात्मक अवस्थामा शाही पुगे। प्रदेश सभामा सर्वाधिक संख्या रहेको एमालेको बलमा मुख्यमन्त्री बनेका उनी सरकारबाट हट्ने डिलमा पुगिसकेका थिए। तर, उनले माधवकुमार नेपालपक्षीय सांसदको सहयोग प्राप्त गरे। नेपालपक्षीय चार सांसदले 'फ्लोर क्रस' गरेर शाहीलाई बहुमत पुर्‍याइदिए।

संकटको बेला बहुमत पुर्‍याउन साथ दिएका तीन सांसदलाई एक दिनपछि उनले मन्त्री बनाए। वैशाख ४ मा नन्दसिंह बुढालाई उद्योग, पर्यटन, वन तथा वातावरण, अम्मर थापालाई भौतिक पूर्वाधार र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा कुर्मराज शाहीलाई शपथ खुवाए। वैशाख ३ मा भएको संसद् अधिवेशनमा उनीहरुसहित माधवपक्षका नेता प्रकाश ज्वालाले पनि 'फ्लोर क्रस' गरेका थिए।

केन्द्रीय राजनीति हाबी भएको प्रदेशको घटनापछि ओलीपक्षले चार जनालाई कारबाही गर्‍यो। फ्लोर क्रस गर्ने चारजना प्रदेश सांसदलाई वैशाख १० मा पार्टीबाट निष्कासन गरिएको थियो। सांसदबाट पदमुक्त भए पनि छ महिनासम्म मन्त्री बन्न पाउने प्रावधानको आधारमा दोस्रोपटक उनीहरुलाई शपथ खुवाइएको छ। कारबाहीमा परेका तीन मन्त्रीलाई मुख्यमन्त्री शाहीले बिहीबार शपथ खुवाएका छन्।

संसदीय व्यवस्थाको 'कुरुप' अभ्यास गण्डकीमा

संसदीय व्यवस्थाको 'कुरुप' पक्ष गण्डकी प्रदेशमा देखिएको छ। पुस ५ पछि अस्थिरताको जग बसालेका प्रधानमन्त्री ओलीको कार्यको विकृत रुप गण्डकीमा देखिएको हो। अविश्वासको प्रस्ताव आउने भएसँगै गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले वैशाख १ को मध्यरातमा संसद् अधिवेशन अन्त्यको सिफारिस गरेका थिए। वैशाख २ मा अविश्वासको प्रस्ताव दर्ता लगत्तै विपक्षी दलले विशेष अधिवेशनको समावेदन गरे।

अविश्वासको प्रस्तावमा कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादीका २८ जना सांसदले हस्ताक्षर गरेका थिए। राष्ट्रिय जनमोर्चाले अविश्वासको प्रस्तावमा हस्ताक्षर नगरे पनि गुरुङविरुद्धको प्रस्तावलाई समर्थन गर्ने प्रतिबद्धता जनाएको छ।

Ncell 2
Ncell 2

१३ वैशाखबाट संसद्‍को विशेष अधिवेशन आव्हान भयो। मुख्यमन्त्री गुरुङविरुद्धको मतदानका लागि बुधबार कार्यसूची तय भएको थियो। अविश्वासको प्रस्तावको पक्षमा बहुमत पुग्ने देखिएसँगै सत्तापक्षले नयाँ खेल खेल्यो। जनमोर्चाका सांसद खिमविक्रम शाही सम्पर्कविहीन भए। पछि उनी अस्पतालमा भेटिए। संसद्को विकृत इतिहास पुनः दोहोरियो। बुधबारको संसद्‍मा अनुपस्थित अर्का विवादित पात्र राजीव गुरुङ (दीपक मनाङ्‍गे)ले सम्पर्कविहीन भएकै कारण मन्त्री पद पाए। गुरुङले बिहीबारदेखि मन्त्रालय सम्हालेका छन्। सामाजिक विकास मन्त्रालय फुटाएर खेलकुद मन्त्रालय गुरुङलाई दिइएको हो।

यो पनि पढ्नुहोस्

गण्डकी प्रदेश :  सांसद शाहीको जीवन रक्षाको माग गर्दै जनमोर्चाले दियो सभामुखलाई निवेदनबुधबार, वैशाख १५, २०७८

गण्डकीमा माओवादी केन्द्रबाट मन्त्री बनेका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले चैत २५ मा राजीनामा दिएका थिए।

लुम्बिनीमा अर्को रमिता

लुम्बिनी प्रदेशमा पार्टीभित्र देखिएको किचलोले जसपा विभाजनउन्मुख छ। वैशाख ६ मा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेहरु नै जसपाबाट मन्त्री बनेका छन्। प्रदेशको राजनीतिले जसपाको केन्द्रसमेत हल्लिएको छ। मन्त्री बनेकालाई पार्टी अध्यक्ष उपेन्द्र यादवपक्षले कारबाही गरेको छ। त्यसैको आधारमा प्रदेश सभाले कारबाहीमा परेका सांसदको नामावली हटाएको छ। अर्कोतर्फ, पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरले उनीहरुलाई थमौती गरेका छन्। सांसदबाट पदमुक्त भएको औपचारिक निर्णय भएपछि ठाकुरको पत्रको औचित्य सकिएको छ। सांसदबाट मुक्त भएका चारजना अदालत गुहार्न पुगेका छन्।

यो पनि पढ्नुहोस्

लुम्बिनीका चार सांसदलाई कारबाही गर्ने निर्णयविरुद्ध निर्वाचन आयोग पुगे महन्थ ठाकुरशुक्रबार, वैशाख १७, २०७८

नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाले ६ वैशाखमा मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए। सत्ता जोगाउन सोही दिन पोखरेलले अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने जसपाका सांसदलाई मन्त्री बनाइदिए। जसपाका विजयबहादुर यादव भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री, सन्तोषकुमार पाण्डे भौतिक पूर्वाधार विकासमन्त्री, कल्पना पाण्डे शिक्षा तथा सामाजिक विकासमन्त्री र सुमन शर्मा रायमाझी भौतिक पूर्वाधार विकास राज्यमन्त्री नियुक्त भएका थिए। यादव, पाण्डे र रायमाझीले अविश्वासको प्रस्तावमासमेत हस्ताक्षर गरेका थिए।

प्रतिपक्ष दलको समावेदनअनुसार वैशाख १९ मा लुम्बिनी प्रदेशको विशेष अधिवेशन बोलाइएको छ। जसपा र माओवादी केन्द्रका दुई सांसद कारबाहीमा परेकाले कुल सांसद संख्या ८१ कायम भएको छ। ४१ सांसद एमालेका रहेकाले पोखरेललाई एकल बहुमत हुने देखिएको छ। तर, माधवपक्षमा खुलेका एमालेका दुई सांसदको भूमिका यहाँ महत्वपूर्ण हुनसक्छ।

यो पनि पढ्नुहोस्

कारबाही सांसदलाई, चोट व्यवस्थालाईबिहीबार, वैशाख १६, २०७८

बागमती प्रदेश सरकारमा प्रतिनिधि सभा विघटन भएको पाँच दिनपछि नै असर परेको थियो। पुस १० मा माओवादी केन्द्रका आन्तरिक मामिलामन्त्री शालिकराम जम्मकट्टेल र सामाजिक विकासमन्त्री युवराज दुलालले राजीनामा दिएका थिए। सोही दिन एमालेको माधव पक्षका प्रदेश सांसद अरुण नेपालले उद्योगमन्त्रीबाट राजीनामा दिएका थिए।

पुसदेखि रिक्त रहेको मन्त्रालयमा मुख्यमन्त्री डोरमणि पौडेलले प्रधानमन्त्री ओलीपक्षीय सांसदलाई नियुक्त गरेका छन्। नयाँ मन्त्रीले बुधबार शपथ लिए। केशवराज पाण्डे आन्तरिक मामिला तथा कानुनमन्त्री, सरेश नेपाल उद्योग पर्यटन वन तथा वातावरणमन्त्री र सरस्वती बस्नेत सामाजिक विकासमन्त्री बनेकी छन्।

अविश्वास प्रस्तावको सिलसिला प्रदेश १ को सरकारविरुद्ध पनि दोहोरिने सम्भावना उत्तिकै छ।

प्रकाशित मिति: शनिबार, वैशाख १८, २०७८  १३:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
यस्तो छ २३ र २४ भदौको घटना जाँचबुझ आयोगको प्रतिवेदन
‘भीडन्त’ रोक्न प्रधानमन्त्रीदेखि प्रहरी प्रमुखसम्मले ४ घण्टासम्म कुनै भूमिका खेलेनन् : जाँचबुझ आयोगको प्रतिवेदन
सम्बन्धित सामग्री
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष केसीले पद तथा गोपनीयताको शपथ लिएका हुन् । बुधबार, चैत ११, २०८२
ज्येष्ठ सदस्य केसीले आज शपथ लिने प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट एक सय ६५ र समानुपातिक निर्वाचन प्रणालीबाट एक सय १० जना निर्वाचित भएका छन् । बुधबार, चैत ११, २०८२
नेपाली बाहेकको भाषामा शपथ लिन ४७ सांसदले टिपाए नाम सांसदद्वय उज्ज्वलकुमार झा र मातृकाप्रसाद यादवले मैथिली भाषामा शपथ लिँदैछन् । कृपाराम रानाले राना थारू भाषामा शपथ लिने तयारी गरेका छन... मंगलबार, चैत १०, २०८२
ताजा समाचारसबै
जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय बुधबार, चैत ११, २०८२
यस्तो छ २३ र २४ भदौको घटना जाँचबुझ आयोगको प्रतिवेदन बुधबार, चैत ११, २०८२
‘भीडन्त’ रोक्न प्रधानमन्त्रीदेखि प्रहरी प्रमुखसम्मले ४ घण्टासम्म कुनै भूमिका खेलेनन् : जाँचबुझ आयोगको प्रतिवेदन बुधबार, चैत ११, २०८२
प्रहरीले बुझायो इनिशा मृत्यु प्रकरणको अनुसन्धान प्रतिवेदन बुधबार, चैत ११, २०८२
१६औँ योजना कार्यान्वयनका लागि कार्ययोजना सार्वजनिक बुधबार, चैत ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज पनि घट्यो सुनको मूल्य मंगलबार, चैत १०, २०८२
पदभार ग्रहणपछि केसीले भने- सभामुखको आसनमा बसेपछि दलगत पूर्वाग्रहभन्दा माथि उठ्नुपर्छ बुधबार, चैत ११, २०८२
रवि लामिछानेको मुद्दा हेर्दाहेर्दैमा, बिहीबार सुनुवाइ हुने मंगलबार, चैत १०, २०८२
यस्तो छ २३ र २४ भदौको घटना जाँचबुझ आयोगको प्रतिवेदन बुधबार, चैत ११, २०८२
कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन आक्रमण, इन्धन डिपोमा आगलागी बुधबार, चैत ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेविसंघको नीतिगत निर्णय : कांग्रेससँग सम्वन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने शुक्रबार, चैत ६, २०८२
रवि लामिछानेको अभिव्यक्तिप्रति बाबुराम भट्टराईको टिप्पणी- फलेको हाँगो निहुरिन्छ भन्ने झल्कियो बुधबार, चैत ४, २०८२
राष्ट्रिय मान्यता प्राप्त ६ दलमध्ये २ दलले प्रमुख सचेतकको सुविधा नपाउने आइतबार, चैत ८, २०८२
इजरायलमा इरानको भीषण हमला, नेतन्याहू भन्छन्- आजको रात निकै कठिन आइतबार, चैत ८, २०८२
इरानको न्युक्लियर सेन्टरमा आक्रमण, इजरायलद्वारा आरोप अस्वीकार, अमेरिकी कारबाहीमा टिप्पणी नगर्ने दाबी शनिबार, चैत ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्