काठमाडौं– गण्डकी प्रदेशको खेलकुद मन्त्रीमा नियुक्त भएका दीपक मनाङे नामले चिनिने राजीव गुरुङले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
बिहीबारै मन्त्रीमा नियुक्त भएका गुरुङलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका हुन्।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्दै मनाङेलाई मन्त्री नियुक्त गरेका थिए। नरदेवी पुनले सम्हाल्दै आएको सामाजिक विकास मन्त्रालयलाई फुटाएर गुरुङलाई मन्त्री बनाइएको हो।
मनाङबाट प्रदेश सभामा स्वतन्त्र निर्वाचित गुरुङ पछि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका थिए।
अदालतले नेकपाको एकता भंग गरी एमाले र माओवादी केन्द्र ब्युँताएपछि उनी दुवै पार्टीमा लागेका थिएनन्। गुरुङ बुधबारको प्रदेश सभा बैठकमा लामो समय अनुपस्थित भएका थिए।
उनीसँगै सम्पर्कविहीन भएका जनमोर्चाका सांसद खिमविक्रम शाही भने अस्पतालमा भेटिएका थिए। उनलाई कोरोना संक्रमण भएको भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।