• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

८४ वर्षीया आमाको उजुरीले श्रीमानसहित जेल पुगिन् राष्ट्र बैंककी निर्देशक

छोरीज्वाईंको इन्कारी बयान
64x64
नारायण अधिकारी बिहीबार, वैशाख ९, २०७८  ०७:०७
1140x725

काठमाडौं- नेपाल राष्ट्र बैंककी निर्देशक सुष्मा रेग्मी रिजाल र उनका पति, जल उत्पन्न प्रकोप विभागका पूर्वमहानिर्देशक कमलप्रसाद रेग्मी अहिले केन्द्रीय कारागार सुन्धारामा जेल जीवन बिताइरहेका छन्।

समाजमा प्रतिष्ठित जीवन बिताइरहेका उनीहरू मार्गदर्शक बन्नुपर्ने हो। यस्तै व्यक्तिबाट प्रभावित भएर जीवन बदल्ने अनुकरण कतिपयले गरेका पनि हुन्छन्। तर, उच्च ओहदामा रहेपनि सुष्मा र कमलप्रसादको कर्मले अनुकरणीय बाटो समात्न सकेन। बरु लज्जित हुँदै कसैले भन्ला- ‘यस्तो घृणित कर्म कसैले गर्नु नपरोस्।’

गरिबी र अभावका कारण कतिपय आमाको बिल्लीबाठ भएको छ। तर, ८४ वर्षीया शोभा रिजालको हकमा भने फरक छ। सायद ८४ वर्षीया आमाले भन्लिन्, ‘सुखको ऐस सम्पत्तिले दिँदैन।’

८४ वर्षीया शोभालाई नपुग्दो केही थिएन। काठमाडौं र विराटनगरमा घर। विराटनगरमै बिघाैं जमिन। जमिन बेच्दा आएको करिब साढे ४ करोड रकम। तर, दु:खको कुरो, अहिले उनी रुँदै प्रहरी कार्यालय धाउनु परेको छ। आराम गरेर सुत्नुपर्ने बेला रुँदै युट्युबमा अन्तर्वार्ता दिनुपरेको छ। कारण, सम्पत्ति लिएर पनि कसैले पालेन। 

उनै आमाको सम्पत्ति हत्याएको आरोपमा सुष्मा र उनका श्रीमान अहिले जेलमा छन्। यो दम्पतीले सायदै सोचेका थिए होलान् जेलको यात्रा। सरकारी उच्च ओहदामा कार्यरत रहेका यी दम्पती किन जेल जानु पर्‍यो ? उनीहरूको अपराध के हो ? यी प्रश्नको जवाफको केन्द्रमा छिन् ८४ वर्षीया वृद्धा शोभा रिजाल। उनै वृद्धा शोभाले दिएको जाहेरीकै कारण उनीहरूको जेलको यात्रा तय भएको छ।

८४ वर्षीया शोभाले महानगरीय प्रहरी परिसर काठमाडौंमा आफ्नै छोरी ५६ वर्षीया सुष्मा र ज्वाइँ ६४ वर्षीय कमलप्रसादले आफूलाई थाहै नदिई जालसाँजी गरेर आफ्नो सबै सम्पत्ति हत्याएर बिल्लीबाठ बनाएको आरोप लगाउँदै जाहेरी दिएकी थिइन्। सम्पत्ति लिएर पनि हेरचाह नगरी ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूर छोरी-ज्वाईंले गरेको आरोप थियो। सोही आरोपमा उनीहरू पुर्पक्षका लागि जेल चलान भएका हुन्।

आमाको आरोप- सम्पत्ति हत्याए, हेरचाह गरेनन्
विराटनगरमा शोभाको बिघाैं जमिन थियो। काठमाडौं बल्खुमा १२ आनामा घर। उनका ४ छोरी थिए भने १ छोरा। एक्ला छोरा भए पनि शोभाका पति भुपेन्द्रप्रसाद रिजाल र छोरा सुरेन्द्रबीच कुरा मिलेन। अंश छुट्याउन भन्दै १० वर्ष पहिले सर्वोच्च अदालतमा मुद्दा पर्‍यो। मुद्दाको किनारा भने २०७१ सालमा लाग्यो। छोराले बल्खुको घर मात्रै लिने, विराटनगरको ५ विघा जग्गा बाबुआमालाई दिने भए। त्यसपछि शोभा र उनका पति भुपेन्द्रप्रसाद छोराबुहारीबाट छुट्टिएर विराटनगरमा बसे।

भुपेन्द्रलाई कलेजोको क्यान्सरले गाँजिसकेको थियो। शोभा पनि पाठेघर क्यान्सरको बिरामी। उनीहरूसँगै बस्थिन् अपांगता भएकी छोरी गीता। चार छोरी विवाह भएर गएपनि अपांगता भएकी गीता बाबुआमासँगै बस्दै आएकी थिइन्। बाबुआमालाई रोगले गाँज्नु र दिदी गीता पनि अपांगता भएकाले उनीहरूको पालनापोषण आफूले गर्ने भन्दै राष्ट्र बैंककी निर्देशक सुष्मा (हाल जेलमा रहेकी) ले ललितपुर सानेपास्थित आफ्नो घरमा ल्याइन्।

Ncell 2
Ncell 2

उपचारकै क्रममा भुपेन्द्रको २०७५ मंसिर १ गते स्टार अस्पतालमा मृत्यु भयो। सुष्माले बाबुआमाको उपचार गरेपनि त्यसका लागि भने २० लाख आफूले पहिल्यै छोरी सुष्मालाई दिएको दाबी आमा शोभाको छ। भुपेन्द्रको मृत्यु हुनअघि नै २०७५ जेठ १८ गते  विराटनगर महानगरपालिका–७ मा रहेको कित्ता नम्बर ९०, ९२, ९४, ९८, ८८, ९६, ९३, ९७, ८९ को जग्गा बेचेको रकम भने छोरी सुष्माले हत्याइसकेकी थिइन्। ‘सबै सम्पत्ति हत्याइसकेपछि म र मेरी अपांगता भएकी छोरी गीतालाई हेरचाह नगरेपछि छोराबुहारी बोलाएर सुष्माको घरबाट मलाई लगेर उपचार गराएका हुन्’, शोभाले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ।

साढे ४ करोड लिएर पनि छोरीज्वाइँले बिल्लीबाठ बनाएको आरोप
शोभाको जाहेरी परेपछि महानगरीय प्रहरी परिसर काठमाडौंले उक्त घटनाको अनुसन्धान गरेको थियो। जाहेरी परेपछि शुरुमा मिलाउनका लागि पटक पटक प्रयास गर्दा पनि नमिलेपछि मुद्दा चलाउने निष्कर्षमा प्रहरी पुगेको थियो। प्रहरी अनुसन्धानका क्रममा झण्डै साढे चार करोड लिएर पनि वृद्धालाई बिल्लीबाठ बनाएको खुलेको छ।

पसिरका प्रवक्ता, एसपी रमेश बस्नेतका अनुसार ४ करोड ३८ लाख ८४ हजार रूपैयाँ राष्ट्र बैंककी निर्देशक सुष्मा र उनका पति जल उत्पन्न प्रकोपका पूर्वमहानिर्देशक कमलप्रसादले हत्याएको पाइएको छ। 

शोभाले माच्छापुच्छ्रे बैंक थापाथलीबाट १ करोड ४४ लाख, भुपेन्द्रको नामको मेगा बैंकको विराटनगरको खाताबाट ९९ लाख, भुपेन्द्रकै नाममा रहेको सुजना फाइनान्सको खाताबाट १ करोड ३ लाख, अरनिको सहकारी विराटनगरबाट ७२ लाख समेत गरी ४ करोड १८ लाख र माच्छापुच्छ्रे बैंकमा खोलेको लकरमा राखेको २२ तोला सुन, १०० तोला चाँदी (१९ लाख ५८ हजार) गरी ४ करोड ३८ लाख ८४ हजार रूपैयाँ लिएको अनुसन्धानबाट खुलेको छ।

यी सबै रकम सही छापा कीर्ते गरी छोरी सुष्माले निकालेको आरोप आमा शोभाको छ। त्यस्तै, शोभाकै नाममा रहेको सेयरसमेत ज्वाइँ कमलप्रसादले बचेको आरोप लागको छ।

सुष्माको दाबी- 'कीर्ते गरेको होइन, अख्तियारी मलाई नै दिइएको थियो'
छोरा सुरेन्द्रसँग अंशवण्डा भएपछि विराटनगरको ५ विघा जग्गा शोभाले बेचिन्। शोभाले माइली छोरी गंगा सुवेदीलाई विराटनगरमै १ कट्ठा १३ धुर जग्गामा साढे २ तले घर किन्दिन्। कान्छी छोरी नुतन कडरियालाई नगद तथा सुन। जेठी गीता अपांगता भएका कारण बाआमासँगै। छोरासँग छुट्टिसकेकाले उनीहरूले साहिँली छोरी सुष्मासँग बस्ने निधो गरे।

बिरामी बाबुआमालाई स्टार अस्पताल, बयोधा अस्पताल, हरिसिद्धी क्यान्सर अस्पताललगायतमा सुष्माले उपचार गराइन्। उपचारकै क्रममा बाबु भुपेन्द्रको निधन भयो। ‘मैले बाबुआमालाई गरेको सेवाबाट प्रभावित भएर विवाहित छोरीको कानुनी हक स्थापित गरी बुवाको बैंक तथा वित्तीय संस्थाको खाताहरू मैले सञ्चालन गर्ने अख्तियारी दिइएको थियो’, सुष्माले बयानमा भनेकी छिन्, ‘जग्गा जमिन समेत मेरो नाममा पास गरिदिनु भएको थियो। आमा पनि वृद्धा र अनपढ, दिदी पनि अपांगता भएका कारण सबै कारोबार मैले नै गर्न मिल्ने गरी अख्तियारी बनाइएको हो। कीर्ते गरेर रकम निकालेको होइन।’

‘हेरचाह नगरेको होइन, फकाएर लगेर षड्यन्त्र गरियो’
आमा शोभाले छोरीज्वाइँले सम्पत्ति लिएर पनि हेरचाह नगरेको भन्दै जाहेरी दिएकी थिइन्। तर छोरीज्वाइँ भने त्यो आरोप स्वीकार गर्दैनन्। उनीहरू आफूहरू घरमा नभएको मौकामा फकाएर आमालाई लगेर षड्यन्त्र गरिएको दाबी गर्छन्।

‘२०७६ फागुन ११ गते म बालुवाटार अफिस गएको थिएँ। घरमा आमा एक्लै हुनुहुन्थ्यो। त्यही मौकामा घरमा भएका सबै सरसामानसहित आमालाई फकाएर दाजु सुरेन्द्रले लगेछन्,’ सुष्माले बयानमा भनेकी छिन्, ‘त्यसपछि मलाई दिइएको सबै सम्पत्ति छोरा सुरेन्द्रलाई दिन आमाले भन्दा आफूले नमानेपछि यो षड्यन्त्र गरिएको हो।’

यो दम्पतीले आफूमाथि लागेको आरोपको इन्कारी बयान दिएपनि प्रहरीले भने उनीहरूलाई दोषी बनाउँदै अभियोगपत्र तयार गरेको थियो। ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुर गरेको आरोपमा मुद्दा चलेका उनीहरू अहिले जेलमा छन्। 

प्रकाशित मिति: बिहीबार, वैशाख ९, २०७८  ०७:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपाललाई हराउँदै नेदरल्यान्ड्स सुपर सिक्समा बिहीबार, माघ ८, २०८२
मन्त्रिपरिषद् बैठक बस्दै बिहीबार, माघ ८, २०८२
सानेपामा पहिलोपटक विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीको बैठक बस्दै बिहीबार, माघ ८, २०८२
डोजर लाउने मान्छे आए भनेर डराएका छन्- ओली बिहीबार, माघ ८, २०८२
भरपर्दो सुरक्षा योजनाका साथ प्रहरी परिचालन गर्न महानिरीक्षक कार्कीको निर्देशन बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
७० प्रतिशत भोट ल्याएर जित्ने ओलीको दाबी बुधबार, माघ ७, २०८२
पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा अख्तियारबाट मिसिल झिकाउने आदेश बुधबार, माघ ७, २०८२
इलाम पुगेर सुरु गरे बालेनले घरदैलो कार्यक्रम (तस्बिरहरू) बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्