• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ २६, २०८३ Fri, Sep 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

८४ वर्षीया आमाको उजुरीले श्रीमानसहित जेल पुगिन् राष्ट्र बैंककी निर्देशक

छोरीज्वाईंको इन्कारी बयान
64x64
नारायण अधिकारी बिहीबार, वैशाख ९, २०७८  ०७:०७
1140x725

काठमाडौं- नेपाल राष्ट्र बैंककी निर्देशक सुष्मा रेग्मी रिजाल र उनका पति, जल उत्पन्न प्रकोप विभागका पूर्वमहानिर्देशक कमलप्रसाद रेग्मी अहिले केन्द्रीय कारागार सुन्धारामा जेल जीवन बिताइरहेका छन्।

समाजमा प्रतिष्ठित जीवन बिताइरहेका उनीहरू मार्गदर्शक बन्नुपर्ने हो। यस्तै व्यक्तिबाट प्रभावित भएर जीवन बदल्ने अनुकरण कतिपयले गरेका पनि हुन्छन्। तर, उच्च ओहदामा रहेपनि सुष्मा र कमलप्रसादको कर्मले अनुकरणीय बाटो समात्न सकेन। बरु लज्जित हुँदै कसैले भन्ला- ‘यस्तो घृणित कर्म कसैले गर्नु नपरोस्।’

गरिबी र अभावका कारण कतिपय आमाको बिल्लीबाठ भएको छ। तर, ८४ वर्षीया शोभा रिजालको हकमा भने फरक छ। सायद ८४ वर्षीया आमाले भन्लिन्, ‘सुखको ऐस सम्पत्तिले दिँदैन।’

८४ वर्षीया शोभालाई नपुग्दो केही थिएन। काठमाडौं र विराटनगरमा घर। विराटनगरमै बिघाैं जमिन। जमिन बेच्दा आएको करिब साढे ४ करोड रकम। तर, दु:खको कुरो, अहिले उनी रुँदै प्रहरी कार्यालय धाउनु परेको छ। आराम गरेर सुत्नुपर्ने बेला रुँदै युट्युबमा अन्तर्वार्ता दिनुपरेको छ। कारण, सम्पत्ति लिएर पनि कसैले पालेन। 

उनै आमाको सम्पत्ति हत्याएको आरोपमा सुष्मा र उनका श्रीमान अहिले जेलमा छन्। यो दम्पतीले सायदै सोचेका थिए होलान् जेलको यात्रा। सरकारी उच्च ओहदामा कार्यरत रहेका यी दम्पती किन जेल जानु पर्‍यो ? उनीहरूको अपराध के हो ? यी प्रश्नको जवाफको केन्द्रमा छिन् ८४ वर्षीया वृद्धा शोभा रिजाल। उनै वृद्धा शोभाले दिएको जाहेरीकै कारण उनीहरूको जेलको यात्रा तय भएको छ।

८४ वर्षीया शोभाले महानगरीय प्रहरी परिसर काठमाडौंमा आफ्नै छोरी ५६ वर्षीया सुष्मा र ज्वाइँ ६४ वर्षीय कमलप्रसादले आफूलाई थाहै नदिई जालसाँजी गरेर आफ्नो सबै सम्पत्ति हत्याएर बिल्लीबाठ बनाएको आरोप लगाउँदै जाहेरी दिएकी थिइन्। सम्पत्ति लिएर पनि हेरचाह नगरी ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूर छोरी-ज्वाईंले गरेको आरोप थियो। सोही आरोपमा उनीहरू पुर्पक्षका लागि जेल चलान भएका हुन्।

आमाको आरोप- सम्पत्ति हत्याए, हेरचाह गरेनन्
विराटनगरमा शोभाको बिघाैं जमिन थियो। काठमाडौं बल्खुमा १२ आनामा घर। उनका ४ छोरी थिए भने १ छोरा। एक्ला छोरा भए पनि शोभाका पति भुपेन्द्रप्रसाद रिजाल र छोरा सुरेन्द्रबीच कुरा मिलेन। अंश छुट्याउन भन्दै १० वर्ष पहिले सर्वोच्च अदालतमा मुद्दा पर्‍यो। मुद्दाको किनारा भने २०७१ सालमा लाग्यो। छोराले बल्खुको घर मात्रै लिने, विराटनगरको ५ विघा जग्गा बाबुआमालाई दिने भए। त्यसपछि शोभा र उनका पति भुपेन्द्रप्रसाद छोराबुहारीबाट छुट्टिएर विराटनगरमा बसे।

भुपेन्द्रलाई कलेजोको क्यान्सरले गाँजिसकेको थियो। शोभा पनि पाठेघर क्यान्सरको बिरामी। उनीहरूसँगै बस्थिन् अपांगता भएकी छोरी गीता। चार छोरी विवाह भएर गएपनि अपांगता भएकी गीता बाबुआमासँगै बस्दै आएकी थिइन्। बाबुआमालाई रोगले गाँज्नु र दिदी गीता पनि अपांगता भएकाले उनीहरूको पालनापोषण आफूले गर्ने भन्दै राष्ट्र बैंककी निर्देशक सुष्मा (हाल जेलमा रहेकी) ले ललितपुर सानेपास्थित आफ्नो घरमा ल्याइन्।

Ncell 2
Ncell 2
nimb
nimb

उपचारकै क्रममा भुपेन्द्रको २०७५ मंसिर १ गते स्टार अस्पतालमा मृत्यु भयो। सुष्माले बाबुआमाको उपचार गरेपनि त्यसका लागि भने २० लाख आफूले पहिल्यै छोरी सुष्मालाई दिएको दाबी आमा शोभाको छ। भुपेन्द्रको मृत्यु हुनअघि नै २०७५ जेठ १८ गते  विराटनगर महानगरपालिका–७ मा रहेको कित्ता नम्बर ९०, ९२, ९४, ९८, ८८, ९६, ९३, ९७, ८९ को जग्गा बेचेको रकम भने छोरी सुष्माले हत्याइसकेकी थिइन्। ‘सबै सम्पत्ति हत्याइसकेपछि म र मेरी अपांगता भएकी छोरी गीतालाई हेरचाह नगरेपछि छोराबुहारी बोलाएर सुष्माको घरबाट मलाई लगेर उपचार गराएका हुन्’, शोभाले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ।

साढे ४ करोड लिएर पनि छोरीज्वाइँले बिल्लीबाठ बनाएको आरोप
शोभाको जाहेरी परेपछि महानगरीय प्रहरी परिसर काठमाडौंले उक्त घटनाको अनुसन्धान गरेको थियो। जाहेरी परेपछि शुरुमा मिलाउनका लागि पटक पटक प्रयास गर्दा पनि नमिलेपछि मुद्दा चलाउने निष्कर्षमा प्रहरी पुगेको थियो। प्रहरी अनुसन्धानका क्रममा झण्डै साढे चार करोड लिएर पनि वृद्धालाई बिल्लीबाठ बनाएको खुलेको छ।

पसिरका प्रवक्ता, एसपी रमेश बस्नेतका अनुसार ४ करोड ३८ लाख ८४ हजार रूपैयाँ राष्ट्र बैंककी निर्देशक सुष्मा र उनका पति जल उत्पन्न प्रकोपका पूर्वमहानिर्देशक कमलप्रसादले हत्याएको पाइएको छ। 

शोभाले माच्छापुच्छ्रे बैंक थापाथलीबाट १ करोड ४४ लाख, भुपेन्द्रको नामको मेगा बैंकको विराटनगरको खाताबाट ९९ लाख, भुपेन्द्रकै नाममा रहेको सुजना फाइनान्सको खाताबाट १ करोड ३ लाख, अरनिको सहकारी विराटनगरबाट ७२ लाख समेत गरी ४ करोड १८ लाख र माच्छापुच्छ्रे बैंकमा खोलेको लकरमा राखेको २२ तोला सुन, १०० तोला चाँदी (१९ लाख ५८ हजार) गरी ४ करोड ३८ लाख ८४ हजार रूपैयाँ लिएको अनुसन्धानबाट खुलेको छ।

यी सबै रकम सही छापा कीर्ते गरी छोरी सुष्माले निकालेको आरोप आमा शोभाको छ। त्यस्तै, शोभाकै नाममा रहेको सेयरसमेत ज्वाइँ कमलप्रसादले बचेको आरोप लागको छ।

सुष्माको दाबी- 'कीर्ते गरेको होइन, अख्तियारी मलाई नै दिइएको थियो'
छोरा सुरेन्द्रसँग अंशवण्डा भएपछि विराटनगरको ५ विघा जग्गा शोभाले बेचिन्। शोभाले माइली छोरी गंगा सुवेदीलाई विराटनगरमै १ कट्ठा १३ धुर जग्गामा साढे २ तले घर किन्दिन्। कान्छी छोरी नुतन कडरियालाई नगद तथा सुन। जेठी गीता अपांगता भएका कारण बाआमासँगै। छोरासँग छुट्टिसकेकाले उनीहरूले साहिँली छोरी सुष्मासँग बस्ने निधो गरे।

बिरामी बाबुआमालाई स्टार अस्पताल, बयोधा अस्पताल, हरिसिद्धी क्यान्सर अस्पताललगायतमा सुष्माले उपचार गराइन्। उपचारकै क्रममा बाबु भुपेन्द्रको निधन भयो। ‘मैले बाबुआमालाई गरेको सेवाबाट प्रभावित भएर विवाहित छोरीको कानुनी हक स्थापित गरी बुवाको बैंक तथा वित्तीय संस्थाको खाताहरू मैले सञ्चालन गर्ने अख्तियारी दिइएको थियो’, सुष्माले बयानमा भनेकी छिन्, ‘जग्गा जमिन समेत मेरो नाममा पास गरिदिनु भएको थियो। आमा पनि वृद्धा र अनपढ, दिदी पनि अपांगता भएका कारण सबै कारोबार मैले नै गर्न मिल्ने गरी अख्तियारी बनाइएको हो। कीर्ते गरेर रकम निकालेको होइन।’

‘हेरचाह नगरेको होइन, फकाएर लगेर षड्यन्त्र गरियो’
आमा शोभाले छोरीज्वाइँले सम्पत्ति लिएर पनि हेरचाह नगरेको भन्दै जाहेरी दिएकी थिइन्। तर छोरीज्वाइँ भने त्यो आरोप स्वीकार गर्दैनन्। उनीहरू आफूहरू घरमा नभएको मौकामा फकाएर आमालाई लगेर षड्यन्त्र गरिएको दाबी गर्छन्।

‘२०७६ फागुन ११ गते म बालुवाटार अफिस गएको थिएँ। घरमा आमा एक्लै हुनुहुन्थ्यो। त्यही मौकामा घरमा भएका सबै सरसामानसहित आमालाई फकाएर दाजु सुरेन्द्रले लगेछन्,’ सुष्माले बयानमा भनेकी छिन्, ‘त्यसपछि मलाई दिइएको सबै सम्पत्ति छोरा सुरेन्द्रलाई दिन आमाले भन्दा आफूले नमानेपछि यो षड्यन्त्र गरिएको हो।’

यो दम्पतीले आफूमाथि लागेको आरोपको इन्कारी बयान दिएपनि प्रहरीले भने उनीहरूलाई दोषी बनाउँदै अभियोगपत्र तयार गरेको थियो। ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुर गरेको आरोपमा मुद्दा चलेका उनीहरू अहिले जेलमा छन्। 

प्रकाशित मिति: बिहीबार, वैशाख ९, २०७८  ०७:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
रसुवा जोड्ने वैकल्पिक मार्गमा यात्रुलाई सास्ती राजमार्ग क्षतिग्रस्त बनेसँगै स्थानीय बासिन्दाले यातायात पहुँच कायम राख्न वैकल्पिक मार्ग निर्माण तथा सञ्चालनमा ल्याउने प्रयास गरिरहेक... बुधबार, भदौ २४, २०८३
जेनजी शहीद गोपालका बुबाआमाको कामना– गोपालहरू मर्नुपर्ने गरी फेरि कुनै आन्दोलन नहोस् आन्दोलनका क्रममा गोपालले ज्यान गुमाएको एक वर्ष पुग्न लाग्दा उनका ८३ वर्षीय बुबा धनपति सेढाईंको मनमा भने छोराको सम्झना अझै ताजा छ। छो... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : ४०८ अर्बको क्षति, पुनर्लाभका लागि ७२३ अर्ब आवश्यक शुक्रबार, भदौ २६, २०८३
कर्णाली शिवराज नेपाल भलिबल लिगको फाइनलमा शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित नुवाकोट र रसुवा जाने एमाले टोलीलाई ओलीको निर्देशन शुक्रबार, भदौ २६, २०८३
भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सेना परिचालन, आज थप ३० जनाको उद्धार शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्