• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक २९, २०८३ Sun, Nov 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

भोलिबाट एनपिएल–३ः चम्कदै विदेशी ‘स्टार', कता जाँदैछ नेपालका उदीयमान युवाहरूको भविष्य ?

64x64
नेपाल लाइभ आइतबार, कात्तिक ८, २०८३  १६:४२
1140x725
Ncell 2
Ncell 2
nimb
nimb
max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

काठमाडौ - कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानले फेरि एकपटक इतिहासको रचना गर्ने समय अब धेरै पर छैन ।
औपचारिकरूपमा सोमबारदेखि सुरू हुने नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणले नयाँ सपनाको साक्षी बन्ने अन्तिम तयारी पूरा गरेको छ।
यो आयोजन नेपाली खेलकुदको एउटा उत्सव मात्र होइन, उपलब्धिको साक्षी पनि हो । यो सँगै नेपाली क्रिकेटको व्यावसायिक उचाई र रुपान्तरणको गतिलो दस्तावेज पनि हो।
तर यसपटकको प्रतियोगिता थप चर्चित बन्ने कारण छ विदेशी खेलाडीहरूको उल्लेख्य उपस्थिति । प्रतियोगिता नजिकिँदै गर्दा विभिन्न फ्रेन्चाइज टिमहरूले आफ्ना विदेशी कोटाका स्टार खेलाडीलाई पूर्णरूपमा पक्का गरी कीर्तिपुरको मैदानमा उतार्ने अन्तिम प्रक्रिया पूरा गरिसकेका छन्। विदेशी खेलाडीहरूको आगमनले बजारको ग्राफ उकालो लागेको छ।
संघर्षबीच मौलाएका नेपाली प्रतिभा र विदेशी ‘स्टार’ को सङ्गमपछिको परिणामको प्रतीक्षा निश्चय महत्त्वपूर्ण हुनेछ ।
विदेशी अनुहारको आगमन र फेरिएको व्यावसायिक ग्राफ 
त्यसो त अघिल्ला दुई शृङ्खलामा पनि विदेशी खेलाडी नआएका होइनन्। पहिलो श्रृङखलामा भारतीय स्टार खेलाडी शीखर धवनको आगमनसँगै प्रारम्भ भएको विदेशी खेलाडी नेपालमा आएर खेल्ने कुरा यसपटक आइसीसीको नीतिपछि संस्थागत हुन पुगेको छ ।
आईसीसीले एनपीएललाई मान्यता दिएसँगै यसपटक विश्वका चर्चित ‘स्टार’ हरू मोइन अली, शाकिब अल हसन, रबी बोपारा, मार्क वाट, हुसैन तलात, आरिफुल इस्लाम, अकबर अली, सेफ अली जैब, स्कट कुगेलेइन, निरोशन डिकवेला, हरमित सिङ्ह, शाहबजादा फरहान, जिमि निसन, डेविड वार्नर, केएस भरत, सचान अर्चग, आन्द्¥इ रसल, एन्जेलो म्याथ्युज, चरित असलन्का, सुभम रन्जने, इफ्तिखार अहमद, रदर्फोर्ड, मेहन्दी हसन, फ्याबियन एलनजस्ता विश्व खेल जगतका स्थापित नामहरूले नेपाली माटोमा पाइला टेक्ने सुनिश्चित भएको छ ।
यसबाट क्रिकेट बजारमा जुन ऐतिहासिक तरङ्ग पैदा भएको छ, त्यसले आम खेलप्रेमीहरूलाई रोमाञ्चित र अचम्मित बनाएको छ। तर आइसीसीसँग राम्रो सम्बन्ध रहेको भनिएको क्रिकेट एसोसिएसन नेपाल ९क्यान०ले आयोजना गर्ने यो खेल महोत्सवमा आइसीसीका अध्यक्ष जय शाहको मुलुकबाट उल्लेख्य खेलाडी सहभागी नहुनु अर्थपूर्ण छ ।
खेल समीक्षक साहित्यकार रमेश रन्जन भन्छन,‘यसले प्रश्न त उठछ नै । आइसीसीले मान्यता दिए पनि बिआइसीसीले एनपीएललाई खुलेर मान्यता दिन सकेको छैन शायद । त्यसैले भारतका पर्याप्त खेलाडी सहभागी भएको देखिएन,’ उनी भन्छन,‘ भारतीय खेलाडीको उपस्थिति नेपाल र नेपालीका लागि महत्वपूर्ण छ ।’
अग्रज खेल पत्रकार तथा समीक्षक मुकुन्द दाहालका अनुसार नेपालमा भारतीय खेलाडीको अलगै ‘क्रेज’ छ । नेपालका थुप्रै खेलाडीले भारतीय खेलाडीलाई हेर्दै आफ्नो क्यारियर अगाडि बढाएका छन ।
विदेशी खेलाडी नेपालमा आएर खेल्ने कुरा महत्वपूर्ण त हो तर यो बाह्य चम्किलो प्रकाश, ठूलो धनराशी र स्टारडमको भिडभाडबीच नेपाली क्रिकेटको आफ्नै जरा र यहाँका उदीयमान युवाहरूको भविष्य कता जाँदैछ भन्ने गम्भीर प्रश्नले अहिले बौद्धिक तथा खेल वृत्तमा बहस सिर्जना गरेको छ।
अग्रज खेल पत्रकार तथा समीक्षक दाहाल भन्छन,‘यसपटकको प्रतियोगितामा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी०को आधिकारिक मान्यता र प्रत्येक फ्रेन्चाइज टिमले आठ जनासम्म विदेशी खेलाडी अनुबन्ध गर्न पाउने नीतिले मैदानभित्र र बाहिरको तापक्रमलाई अर्कै उचाइमा पुर्याएको छ। यो सकारात्मक हो,’ उनी थप्छन,‘तर नेपाली प्रतिभाको भविष्य सुनिश्चित गर्ने रणनीतिको भने अभाव देखियो ।’
विदेशीलाई अवसर कि स्वदेशी प्रतिभाको अवमूल्यन रु
विदेशी खेलाडीहरूको यो बाक्लो उपस्थितिले नेपालको व्यावसायिक खेलकुदको आकार र ब्रान्डिङलाई त निकै फराकिलो बनाएको छ, तर यसले नेपाली खेलकुद वृत्तमा मिश्रित प्रतिक्रिया र वैचारिक मन्थन पनि जन्माएको छ। यस विषयमा क्रिकेटका प्रशंसक एवम विश्लेषक सन्जय ढुङ्गानाको भनाइ महत्त्वपूर्ण छ ।
उनी भन्छन,‘विदेशको ताराको उज्यालोले नेपालको अध्यारोको अन्त्य हुन्छ कि हुन्न रु सोचनीय छ,’ उनी भन्छन, ‘नेपाली प्रतिभालाई गौण बनाएर ल्याइने विदेशी खेलाडीका भरमा मात्र नेपालको खेलकुदको अपेक्षित विकास हुन सक्दैन ।’
नेपाल पत्रकार महासङ्घ धनुषाका अध्यक्ष पुरन गुप्ता यसलाई विशुद्ध सकारात्मक र ऐतिहासिक छलाङका रूपमा हेर्छन । उनी आफ्नो प्रष्ट धारणा राख्दै भन्छन, ‘एनपीएलमा विश्वस्तरीय खेलाडीहरूको सहभागिता हुनु भनेको नेपालको खेलकुद पर्यटन र अन्तर्राष्ट्रिय ब्रान्डिङका लागि एउटा सुनौलो अवसर हो। यसले हाम्रो क्रिकेटको बजारलाई मात्र फराकिलो बनाएको छैन, विश्वमा नेपालको साखलाई अझ उँचो बनाउन र नयाँ लगानी भित्र्याउन मद्दत गरेको छ।’
अर्कोतर्फ, घरेलु मैदानमा खेल्ने स्थानीय र उदीयमान प्रतिभाहरू ओझेलमा पर्ने चिन्ता पनि उत्तिकै बलियो रूपमा उठेको छ। सप्तरीका पूर्व खेलाडी मोहन मिश्रको भोगाइ र विश्लेषण अलि फरक र गम्भीर छ ।
उनी भन्छन, ‘विदेशी खेलाडीहरूसँग एउटै ड्रेसिङ रुम सेयर गर्नु र मैदानमा उनीहरूकाविरुद्ध प्रतिस्पर्धा गर्नु हाम्रा युवाहरूका लागि ठूलो सिकाइ हो, यसमा कुनै शंका छैन। तर, अर्को पाटोबाट गम्भीर भएर हेर्दा, जब मुख्य र निर्णायक भूमिकाहरूमा विदेशीहरू मात्र हाबी हुन्छन्, तब घरेलु खेलाडीहरूले आफ्नो क्षमता प्रदर्शन गर्ने र अनुभव बटुल्ने पर्याप्त मञ्च गुमाउने जोखिम पनि उत्तिकै ठूलो छ।’
यसै विषयमा सर्लाहीका क्रिकेटप्रेमी तथा विश्लेषक विश्वमणी दाहाल भने सन्तुलित हुन खोज्छन । उनी भन्छन्,‘यसलाई अतिरञ्जित रूपमा पूर्ण खतरा वा केवल अवसर मात्र भन्न मिल्दैन। नियम अनुसार मैदानमा एकसाथ चार जना मात्र विदेशी खेलाडी खेल्न पाउनेछन् र सात जना नेपाली खेलाडी त सँधै मैदानमै हुनेछन्। मुख्य कुरा हामीले विदेशीहरूको यो उपस्थितिलाई कति छिटो र प्रभावकारी रूपमा आफ्नो सिकाइमा रूपान्तरण गर्न सक्छौं भन्ने हो। यदि सही व्यवस्थापन र ‘ट्युटरिङ’ भयो भने यो नेपाली खेलाडीहरूका लागि आफ्नै स्तरलाई अन्तर्राष्ट्रिय मापदण्डमा पुर्याउने गतिलो माध्यम बन्न सक्छ।’
जे होस, एनपीएलको यो तेस्रो संस्करणले नेपाली क्रिकेट मैदानमा चौका र छक्काको उचाइ मात्र बढाएको छैन, यसले नेपाली खेलकुदको अर्थतन्त्र, व्यवस्थापकीय परिपक्वता र दूरदर्शितालाई पनि उजागर गरेको छ ।
विदेशी स्टारको चमकले नेपाली माटोमा पसिना बगाउने युवा प्रतिभाहरूको भविष्यलाई कुनै पनि हालतमा ओझेलमा पार्न दिनु हुँदैन। भोलिदेखि कीर्तिपुरको मैदानमा गुन्जिने हजारौं दर्शकको ताली र हुटिङले जसरी विदेशी खेलाडीको कलात्मक खेललाई सम्मान गर्छ, ठीक त्यसरी नै नेपाली माटोका होनहार खेलाडीको संघर्ष, क्षमता र अवसरलाई पनि न्याय गर्न सक्नुपर्छ। यही सन्तुलनले मात्र एनपीएललाई दीर्घकालीन रूपमा सफल र सार्थक बनाउनेछ।

-यो फिचर नेपाल न्यूज बैंकबाट लिइएको हो । फिचर धर्मेन्द्र झाले लेखेका हुन् ।

प्रकाशित मिति: आइतबार, कात्तिक ८, २०८३  १६:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खुलामञ्चको हरियाली फर्काउन चितवनबाट दुबो ल्याएर रोपियो
रोनाल्डोको सम्मानमा पोर्चुगलका सबै खेलाडीले लगाए ७ नम्बर जर्सी
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सम्बन्धित सामग्री
एनपीएलमा आज २ खेल हुँदै नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित मैदानमा हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भ... आइतबार, कात्तिक २९, २०८३
लुम्बिनी पहिलो क्वालिफायरमा प्रवेश, विराटनगर आउट हारसंगै विराटनगर बाहिरिएको छ। शनिबार, कात्तिक २८, २०८३
एनपीएल खेल्न विदेशबाट आएका चर्चित तीन क्रिकेटर सगरमाथाको आधार शिविरमा दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेविड मिलर, पाकिस्तानका अलराउन्डर हुसैन तलात र स्कटल्यान्डका मार्क वाटले विश्वको सर्वोच्च शिखर सगरमाथ... शनिबार, कात्तिक २८, २०८३
ताजा समाचारसबै
खुलामञ्चको हरियाली फर्काउन चितवनबाट दुबो ल्याएर रोपियो आइतबार, कात्तिक २९, २०८३
रोनाल्डोको सम्मानमा पोर्चुगलका सबै खेलाडीले लगाए ७ नम्बर जर्सी आइतबार, कात्तिक २९, २०८३
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? आइतबार, कात्तिक २९, २०८३
प्रधानमन्त्री बालेनले दिए मैथिली भाषामा छठको शुभकामना आइतबार, कात्तिक २९, २०८३
प्रधानमन्त्रीले चाल्ने कदममा रास्वपाको पूर्ण समर्थन : प्रवक्ता खरेल आइतबार, कात्तिक २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ शनिबार, कात्तिक २८, २०८३
मिनिबस पल्टँदा दुई जनाको मृत्यु, १५ घाइते शनिबार, कात्तिक २८, २०८३
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
ट्याक्टरसँग ठोक्किएको मोटरसाइकल चालकको मृत्यु शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
लोकपर्व छठ र यसका विभिन्न महत्वहरु आनन्द अस्तित्व
विश्वव्यापी बन्दै छठ पर्व नेपाल लाइभ
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? नेपाल लाइभ
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्